प्रधानमन्त्रीले ‘राजा महाराजा’ शैलीमा जन्मदिन मनाएको भन्दै रिजालको आपत्ति

 न्यूज विराट
प्रधानमन्त्रीले ‘राजा महाराजा’ शैलीमा जन्मदिन मनाएको भन्दै रिजालको आपत्ति

काठमाडौं, फागुन १३–प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद मीनेन्द्र रिजालले ५ वटा हेलिकप्टर लिएर प्रधानमन्त्रीले तामझामका साथ जन्मदिन मनाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद रिजालले प्रधानमन्त्रीले ‘राजा महाराजा’ शैलीमा जन्मदिन मनाएको भन्दै आपत्ति जनाएका हुन् ।

’त्यो घरलाई पनि लाग्यो होला आफ्नो खड्गप्रसाद होइन, राजा महाराजा हो’, रिजालले भने, ‘त्यो घरको आत्माले तपाईंलाई चिनेन होला । त्यो घरको अगाडि उभिएर जनता कुन लोकमा र तपाईं कुन लोकमा हुनुहुन्छ भन्ने सोच्नुभयो ?’ प्रधानमन्त्रीले ४ हजारलाई साडी र कोट बाँडेको कुरा बाहिर आएको विषयप्रति पनि सांसद रिजालले चासो राखे ।

उनले भ्रष्टाचार र अनियमितताका विषयमा संसद्लाई जवाफ दिन सभामुखमार्फत प्रधानमन्त्रीसँग माग गरे । ‘कम्युनिस्ट सरकारका कामलाई देखेर जनता आक्रोशित बनेका छन्’, उनले भने, ‘अब सदनमा आउनुस् र आश्वस्त बनाउनुस् भ्रष्टाचार गर्न दिन्न भनेर, तपाईं संसद्ले छानेको प्रधानमन्त्री हो ।’

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College