इप्रका रंगेलीलाई सफलता, एकै दिन १८ फरार अभियुक्त पक्राउ
बुधबार, २७ बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले गम्भीर प्रकृतिका अपराधमा संलग्न भइ फरार भएका अभियुक्तहरूलाई धमाधम पक्राउ गर्न थालेको छ । फरार पक्राउ अभियान अन्र्तगत एकै दिन इप्रका रंगेलीले १८ जना फरार अभियुक्त पक्राउ गरेको हो ।
इप्रका रंगेलीका प्रहरी निरीक्षक चन्द्र बहादुर खड्काको नेतृत्वमा लुटपाट र कुटपिट मुद्दामा दोशी ठहर भई सजाय पाएका १८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी बुधबार मोरङ अदालत उपस्थित गराएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले बताए । पक्राउ पर्नेहरुमा मोरङ जहदा गाउँपालिका ४ का ४० वर्षीय रमेश रिषिदेव, सोही ठाउँका ३५ वर्षीय अकाल देवी रिषिदेव, ५० वर्षीय मानिकचन रिषिदेव, ६० वर्षीय फागुलाल रिषिदेव, ४० वषीया लिलम देवि रिषिदेव, .५५ वर्षे मदनलाल रिषिदेव, ४५ वर्षे बिषेश्वर रिषिदेव, ६८ वर्षेे सुकल मुखिया, .५५ वर्षे सितया देवी मुखिया, ७१ वर्षे रामेश्वर मुखिया, ४३ वर्षे बुधन मुखिया, सुनवर्षी नपा २ का ५५ वर्षे प्रमोद साह, सोही ठाउँका ३६ वर्षे गंगा साह, ३९ वर्षे अनिल साह, ६० वर्षे मनोज कुमार साह, ४० वर्षे दिल कुमारी साह, ५६ वर्षे गणेश साह र ५१ वर्षेे पुष्पलाल आचार्य रहेको मोरङ प्रहरीका डिएसपी दाहालले बताए ।
मोरङ अदालतले २०७१ चैत १७ गते र २०७५ कार्तिक १८ गतेको फैसलाबाट उनीहरु दोशी ठहर भएको थियो । अदालतले दोषी ठहर गरेपछि उनीहरु फरार थिए ।
जिल्लाको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुदै कानून प्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभुति दिलाउन लागि परेको मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए । ‘पीडक पक्षलाई कानूनवाट भाग्न वा वच्न सकिदैन भन्ने डर पैदा गर्न फरार अभियुक्त पक्राउमा प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आईरहेको छ,’ उनले भने, ‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनैपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौं । अदालतको फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी फरारी पक्राउ गरिएको हो ।’ अपराध गरेर जतिदिन लुकिछिपि वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन भन्ने सन्देश पनि दिएको एसपी पोखरेलले बताए ।
‘अपराध गरेपछी सजाय भुक्तान नगरी वचेर वस्न सकिदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमवाट समाजमा अपराधको न्यूनिकरण पनि गर्नका लागि सचेतना फैलने आसा गरिएको छ,’ एसपी पोखरेलले भने ।
विराटनगर, ५- नेपाली कांग्रेसका सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आज विहान संसद विघटन गर्न राष्ट्रपतिसँग सिफारिस गरेपछि डाक्टर कोइरालाले विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक...
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले संविधानमा व्यवस्था भए अनुसार ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीसँग प्रतिक्रिया दिदै सत्तारुढ गठबन्धनमा छलफल गरेर संवैधानिक व्यवस्था अनुसार तोकिएको...
विराटनगर । कोशी प्रदेश प्रहरी गण रानीमा लेखापालको रुपमा कार्यरत वरिष्ठ सई लक्ष्मण महतरा चोरीको मोटरसाइकल चढेर हिड्ने गरेको पाइएको छ । विगत दुई वर्षदेखि १५० सिसिको चोरीको पल्सर मोटरसाइकलमा हिडने गरेको पाइएको हो ।...
काठमाडौं, २ जेठ-दार्चुलाको कालापानी/लिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ । बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पाेस्ट (बीओपी) स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको...
विराटनगर । विराटनगरबाट सञ्चालित नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक अब्दुल खत्ताबविरुद्ध मुद्दा दायर भएको छ । विराटनगरका उद्योगपति अरूणकुमार राठीलाई अपहरण गरी कुटपिट गरेको आरोपमा सोमबार खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अंगभंगको...
एजेन्सी, २८ मंसिर ।इन्डोनेसियामा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । फ्लोरेस टापु नजिकै शक्तिशाली भूकम्प गएपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको छ । यसअघि मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिमी तटमा ६.६...
काठमाडौं, कात्तिक १०-प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन् । कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा...
काठमाडौं, ३ मंसिर । ५ सय ८० वर्षपछि लामो अवधिको चन्द्रग्रहण आज लाग्दै छ । तीन घण्टा २८ मिनेट २४ सेकेन्ड अवधिकाे यो चन्द्रग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि बेलुकी ४ बजेर ३२ मिनेटसम्म लाग्ने छ । यो...