ग्रामथान गाउँपालिकाका कर्मचारी विवाहमा रमाउँदै, सेवा प्रवाहमा समस्या
बुधबार, २७ बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अधिकांश कर्मचारीहरू विवाहमा जन्ती जाँदा सेवा प्रवाहमा समस्या देखिएको छ । गाउँपालिकाको योजना शाखाका पाँचौँ तहका कर्मचारी केदार त्रितालको विवाहमा ग्रामथान गाउँपालिकाका अधिकांश कर्मचारी जन्ती गएको कारणले सेवा प्रवाहमा समस्या देखिएको हो ।
गाउँपालिकामा ४० जना कर्मचारीको दरबन्दी रहेकोमा आज एक दर्जन कर्मचारी मात्र कार्यालयमा हाजिर छन् । ४० मध्ये करिब १० जना प्राविधिक रहेकोले उनीहरू फिल्डमा रहेका छन् । दुई दर्जन कर्मचारी विवाहमा जन्ती गएको पाइएको छ । करिब ६ वटा शाखामा जिम्मेवारी समालेका प्रमुख नभएको कारणले सेवा लिन गएका सेवाग्राहीले सेवा नपाएको गुनासो गरेका छन् ।
कार्यालय हाजिर नभई जन्ती जानेहरूमा लेखा अधिकृत सातौँ तहका निलेश सापकोटा, योजना शाखाका प्रमुख छैटौँ तहका टेकनाथ घिमिरे, शिक्षा शाखा प्रमुख छैटौँ तहका भीम प्रसाद न्यौपाने, सूचना तथा संचार प्रविधि अधिकृत सूचना शाखाका नारायण चौधरी, प्रशासन सहायक प्रशासन शाखा माला सापकोटा, वातावरण तथा विपत् व्यवस्थापन शाखाका नासु गोमा पौडेल, प्रशासन सहायक प्रशासन शाखाका सुशीला दाहाल, कम्प्युटर अपरेटर प्रशासन शाखा आशिष् श्रेष्ठ, कृषि प्राविधिक कृषि शाखाका सुरेन कुमार माझी, महिला तथा बाल बालिका शाखाकी लक्ष्मी धिताल रहेका छन् । उनीहरू जन्ती गएको बुझिएको छ । एकै पटक ठुलो संख्यामा कर्मचारी जन्ती जाँदा सेवा प्रवाहमा समस्या देखिएको स्थानीयले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साह पनि आज बिदा लिएका छन् । उनले छैटौँ तहका कर्मचारी बालकृष्ण ढकाललाई निमित्त प्रमुखको जिम्मेवारी दिएर विराटनगरमा जिल्ला समन्वय समितिको काममा आएको बताए । ‘गाउँपालिकाको कर्मचारीको आज विवाह हो । त्यही भएर धेरै साथीहरूले बिदा लिनुभएको छ,’ उनले भने, ‘तर, कार्यालयबाट सेवा प्रवाहमा कुनै कठिनाइ भएको छैन । धेरै कर्मचारी साथीहरू फिल्डमा पनि हुनुहुन्छ ।’
ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणावती देवी थारुले हाजिर चेक नगरेको कारणले कति कर्मचारी कार्यालय आए आफूलाई थाहा नभएको बताइन् । ‘आज गयल भएको कर्मचारीको आजको तलब कट्टा हुनेछ । कार्यालय कर्मचारी नभएको विषयमा आफूलाई पनि जानकारी भएन,’ उपाध्यक्ष थारुले भनिन्, ‘भोलिदेखि हाजिरदेखि कर्मचारी आए नआएको कडाइ गर्नेछु ।’ सेवा लिन आएका सेवाग्राहीलाई बन्चित हुन नदिने उनले बताइन् । ‘गाउँपालिकाको कर्मचारीको विवाह कारण आज थोरै कर्मचारी आएको अनुगमनपछि मैले पनि देखे,’ उनले भनिन्, ‘भोलिबाट यस्तो समस्याको अन्त्य हुनेछ ।’
काेराेना महामारी, प्राकृतिक विपत्तीमा प्रभावित नागरिकलाई निरन्तर सहयाेग, राहतमा उपलब्ध गराएका नायक पल शाहले 'रियल हिराे'काे सम्मान पाएका छन् । लकडाउनमा बेरोजगार बनेका सिनेकर्मीलाई राहत तथा सहयोग गर्ने उद्देश्यले सुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई 'रियल हिरो अफ दि...
काठमाडौं, २६ साउन-सरकारले लामो दूरीको सार्वजनिक यातायात, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा पुनः १५ भदौसम्म रोक लगाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम उच्च भएसँगै यस्तो...
विराटनगर, १० भदौ-राटनगरको न्यूरो अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ३१ साउनमा अस्पताल भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मंगलबार राति ११ बजेतिर मृत्यु भएको हो । टाउकोको नशा सुकेर प्यारालाइसिसको...
विराटनगर, ९ साउन-झापाको मेचीनगर नगरपालिकाका १ व्यापारीको हत्या भएको छ । वडा-२ भृकुटीचोकका ५० वर्षीय व्यापारी नारायण आचार्यको हत्या भएको हो । आफ्नै कपडा पसलमा सामान बेच्दै गरेको उनीमाथि ग्राहक बनेर आएका व्यक्तिले धारिलो हतियार...
विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छन् ।विराटनगरमा बिहीबारबाट सुरू भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी हुन् । राष्ट्रपति...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको हो । समितिलाई अध्ययन गरेर प्रतिवेदन बुझाउन १५ दिनको...
काठमाडौं, २६ जेठ-मुलुकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन् । देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरू कर्तव्यपालना...
काठमाडौं, ३१ असार-कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीका लागि कतारबाट नेपाल एयरलाइन्सका ३ तथा हिमालय एयरलाइन्सका ३ गरी ६ वटा उडानहरू तय भएका छन् । दुवै एयरलाइन्सका आगामी १७, १८...