विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

 न्यूज विराट
विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

विराटनगर । विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । आइतबार एक कार्यक्रम आयोजना गरी विराटनगर महानपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषिणा गरिएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको विशेष समारोहमा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरियो । विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेका स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ । विराटनगर महानगरपालिकामा १७ हजार ५०२ बालबालिकाहरुलाई खोप लगाइसकिएको छ । १७ हजार ५०२ बालबालिकाहरुमध्ये १ हजार ५९२ जना बालबालिकाहरु पूर्ण खोप लगाउनबाट छुटेका थिए । उनीहरुलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीहरुले खोप लगाइसकेपछि मात्रै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
जिल्ला समन्व्य समिति मोरङका अध्यक्ष अजम्बर राईले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै मेयर नागेश कोइराला, उपमेयर शिल्ला निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई प्रमाणपत्र प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको बताए । विराटनगर प्रदेशको राजधानी र कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले पूर्ण खोप सुनिश्चितता भएको पालिका हुनु गौरवको विषय भएको चर्चा गरे ।
‘आज विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको छ,’ उनले भने, ‘प्रदेशको राजधानी पनि यहीं भएकाले राम्रा कामको केही प्रतिशत जस हामीलाई पनि आउँछ । विराटनगरको विकासका लागि प्रदेश सरकारले सधैं सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’ डिजिटलाइज गरेर नयाँ जन्मिने बालबालिकाहरुको अभिलेख राख्नुपर्नेमा उनले सुझाव दिए ।
मेयर नागेश कोइरालाले सबैको साथ र सहयोगले नै विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सफल भएको बताए । कार्यक्रममा कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बू, संघीय सरकारका स्वास्थ्य सचिव डा. रोशन पोखरेल, जिल्ला समन्व्य समिति मोरङका अध्यक्ष अजम्बर राई, विराटनगर महानगरपालिकाकाकी उपमेयर शिल्ला निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सुनसरीको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायलगायतले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे ।

जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म १३ प्रकारको खोप बालबालिकालाई अगाइसकेपछि मात्रै खोपको मात्रा पूरा हुने गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए । कार्यक्रममा विराटनगर वडा नम्बर १ का काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ६ का हरिशचन्द्र सहनी, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, ९ का विश्वनाथ भगत, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र नेउपाने, १२ का हिरालाल कामत, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धव भुजेल, १७ का समिम कमर मिया, १८ का जितेन्द्रकुमार साह र १९ का श्याम घिमिरेलाई मेयर कोइराला र उपमेयर कार्कीले पूर्ण खोप सुनिश्चितता वडा भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा सुनसरी र इलाम विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएको छ । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई ४ विकेटले पराजित गरेको छ...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई खाजा ख्वायो

विराटनगर । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई खाजा खुवाएको छ । विराट बाहिरा माविमा अध्ययनरत विद्यार्थीहरुलाई क्लबले खाजा कार्यक्रम आयोजना गरेको हो । बालबालिकाहरूलाई पौष्टिक, ताजा पकाइएको खाजा...

प्रादेशिक स्टार्टअप नीति तर्जुमाका लागि सम्वाद

विराटनगर । कोशी प्रदेशको स्टार्टअप नीति तर्जुमाका विराटनगरमा सरोकारवालाहरु बीचको सम्वाद कार्यक्रम भएको छ ।नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा विराटनगरमा बिहीबार सम्वाद कार्यक्रम भएको हो । प्रादेशिक...

काठमाडौंमा १५ हजार ८ सय ६३ जना सक्रिय संक्रमित

काठमाडौं, १८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ सय १९ जना पुरुष र ६ सय...

लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन पार्टी सक्षम छः कोइराला

मोरङ, पस १९–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको जनाएका छन्। नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिवार आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै...

कमेडी च्याम्पियनको फिजिकल अडिसन सुरु, ६ फेब्रुअरीदेखि प्रसारण हुने

'कमेडी च्याम्पियन सिजन २' को फिजिकल अडिसन सुरु भएको छ । बुधबारदेखि निर्माण टिमले फिजिकल अडिसनको छायांकन सुरु गरेको हो । फिजिकल अडिसनको छायांकन चार दिनसम्म गरिनेछ । कमेडी च्याम्पियनको दोस्रो सिजनका लागि निर्माण टिमले...

खनाल र नेम्वाङका योजना बाँडफाँट

काठमाडौं, १३ मंसिर-पूर्वप्रधानमन्त्री एवं इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनाल र संविधानसभाका अध्यक्ष एवं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले संसद् विकास कोषको रकम बाँडफाँट गरेका छन् ।...

विराट क्याम्पसको सम्पत्ति र दायित्व हस्तान्तरण

विराटनगर, ४ भदौ–विराटनगर–१४ स्थित को विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । सामाजिक विकास मन्त्रालयमा बिहिबार आयोजित कार्यक्रमका वीच क्याम्पसका अध्यक्ष भूराज राईले करिव ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्