प्रादेशिक स्टार्टअप नीति तर्जुमाका लागि सम्वाद

 न्यूज विराट
प्रादेशिक स्टार्टअप नीति तर्जुमाका लागि सम्वाद

विराटनगर । कोशी प्रदेशको स्टार्टअप नीति तर्जुमाका विराटनगरमा सरोकारवालाहरु बीचको सम्वाद कार्यक्रम भएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा विराटनगरमा बिहीबार सम्वाद कार्यक्रम भएको हो ।

प्रादेशिक स्टार्टअप नीति तर्जुमा कार्यलाई समयसापेक्ष बनाउने, प्रदेशभरीका स्टार्टअपहरुको विवरण अध्यावधिक गर्ने, नीतिमा समावेश गर्ने कुराहरुको पहिचान गर्ने, लगानीको तौरतरिका र प्रविधिको प्रयोगबारे धारणा विकास गर्ने लगायतका बिषयमा सम्वाद गरिएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति प्रसाद सिटौलाले नव उद्यमीहरुको व्यवसाय प्रवद्र्धनका लागि सरकारले सहयोग गर्ने बताए । सरकार र उद्यमीबीच राम्रो सम्बन्ध बनाएर अघि बढ्न आफु तयार गरेको मन्त्री सिटौलाले बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपालमा स्टार्टअप कुनैपनि नयाँ आइडियाहरुलाई रोक्न नहुने बताए । उनले नयाँ नयाँ आइडियालाई सरकार र निजी क्षेत्रका विभिन्न क्षेत्रबाट सहयोग गर्दै अगाडि बढाउन सके त्यसबाट मुलुकमा नवप्रवद्र्धन सम्भव हुने बताए । उनले विश्वमा स्टार्टअप संस्कृति धेरै पुरानो भए पनि नेपालमा भर्खर हुर्कदै गरेको र नवउद्यमीहरुको उद्यमशिलता प्रतिको चाख र आर्कषण उल्लेख्य मात्रामा बृद्धि पनि भइरहेको बताए ।
अन्य मुलुकहरुमा सरकारले युवा उद्यमीलाई राष्ट्रिय अर्थतन्त्रको सवलीकरणमा केन्द्रीत गराउन उद्यमशील एवं उद्धमी स्टार्ट अप व्यवसायलाई प्रेरित गर्न सहयोगी नीति कार्यक्रम गरेकोले कोशी प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गरिदिनुपर्नेमा अध्यक्ष राउतले जोड दिए ।
राउतले स्टार्टअप उद्यममा संलग्न उद्यमीहरुले सहजीकरण तथा नियमन सम्बन्धी कानूनको अभाव भोग्नु परेको, नियामक निकायबीच अन्यौलता रहेको, वित्तीय सहयोगको अभाव रहेको, लगानीकर्ताको न्यून उपस्थिति जस्ता समस्या झेल्दै आएको बताए ।


त्यसका साथै संघीय सरकारका विभिन्न निकाय र प्रदेश तथा स्थानीय तहले उद्यमीको नवप्रवर्तनकारी सोचलाई प्रवद्र्धन गर्नुपर्ने उनले बताए । कोशी प्रदेशको आर्थिक विकासमा स्टार्टअप क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले पूर्वाधार र इकोसिस्टमको उपलब्धता, च्यालेञ्ज फण्डको प्रत्याभूति, स्टार्टअप सम्र्वधन केन्द्र, प्रशिक्षक र गति प्रदायकको उपलब्धता र सक्रियता, सुविधाको उपलब्धता, तिनै तहका सरकारका योजना कार्यक्रम र बजेट बिचको सहकार्य बढ्दै जानुपर्नेमा उनले जोड दिए ।

सम्वाद कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव मेघनाथ तिमल्सेनाको अध्यक्षमा आयोजित कार्यक्रममा स्टार्टअप विज्ञहरु जीवन प्रकाश सिटौला र निरज खनालले नेपालमा स्टार्टअपको विकास, पृष्ठभूमि, स्टार्टअप नीतिमा प्रस्तावित व्यवस्थाहरुबारे प्रस्तुतिकरण गरे ।
उक्त प्रस्तुतिकरणमाथि युवा उद्यमी प्रतिक राउत, कृषि विज्ञ डा.राजेन्द्र उप्रेति, मन्त्रालयकी खाद्य अनुसन्धान अधिकृत विमला पोखरेल, इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्रकुमार साह, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, विकल्प द अल्टरनेटिभका बसन्त अधिकारी लगायतले स्टार्टअप क्षेत्रलाई अघि बढाउन सरकारले बनाउनु पर्ने नीतिमाथि सुझाव दिए ।

सम्बन्धित समाचार

महिला उद्यमी सायदासहित चार जना सम्मानित हुने

विराटनगर । महिला उद्यमी सायदा तमसुमसहित चार जना उद्यमीहरू सम्मानित हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औं वार्षिक साधरणसभा तथा महिला उद्यम समिति मोरङको २० औं साधरणसभामा तमसुमसहित चार...

एमाले कार्यदलमा एकताको ‘सहमति’

काठमाडौैं, २५ असार । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने...

लागुऔषधसहित ८ जना पक्राउ

काठमाडौं, २० पुस । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ठूलो मात्रामा लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिका साथबाट करिब पाँच हजार लागुऔषध एम्पुलका क्याप्सुल बरामद गरेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट...

कोरोना संक्रमितको संख्यामा १७ प्रतिशतले कमी : डब्लूएचओ

एजेन्सी, २८ माघ । कोरोना भाइरसबाट विश्वभरी संक्रमित भएकाहरूको संख्यामा १७ प्रतिशतले कमी आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दिएको जानकारीअनुसार पछिल्लो हप्ताको विवरणमा संक्रमितको संख्या घट्दै गएको देखिएको हो । पछिल्लो हप्तामा ३१...

कान्तिपुर कलेजमा विद्यार्थीको भिड, भर्ना भएका विद्यार्थीलाई गराइयो अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक,...

विराटनगर महागरपालिकाकी पूर्वउपमेयर इन्दीरा कार्कीविरुद्ध अख्तियामा भ्रष्टाचार मुद्धा

विराटनगर, २६ असार । विराटनगर महानगरपालिकाकी पूर्वउपमेर इन्दीरा कार्कीविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाका निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । विराटनगर–१५ स्थित...

देशले फेरि लकडाउन धान्दैन : कांग्रेस

नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ को संक्रमण कम हुँदै...

फामेर्सी अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ

विराटनगर, १३ फागुन । विराटनगरबाट एक अधिकृत घुससहित पक्राउ परेका छन् । औषधी व्यवस्था विभाग विराटनगरका फामेर्सी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । बिहीबार अपरान्ह...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्