खनाल र नेम्वाङका योजना बाँडफाँट

 न्यूज विराट
खनाल र नेम्वाङका योजना बाँडफाँट

काठमाडौं, १३ मंसिर-पूर्वप्रधानमन्त्री एवं इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनाल र संविधानसभाका अध्यक्ष एवं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले संसद् विकास कोषको रकम बाँडफाँट गरेका छन् ।

उनीहरूले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ८ करोडका कार्यक्रम  जिल्लाका १० स्थानीय तहका ५२ योजनामा विनियोजन गरेका हुन् । खनालकोे निर्वाचन क्षेत्रमा रहेका नगर र गाउँपालिकामा चार करोड वडा संख्या आधारमा वितरण गरिएको छ ।

खनालले सबैभन्दा धेरै रकम सूर्योदय नगरपालिकालाई १ करोड ३५ लाख, इलाम नगरपालिकालाई १० लाख, माई नगरपालिकालाई ६८ लाख, रोङ गाउँपालिकालाई ६० लाख, सन्दकपुर गाउँपालिकालाई ६७ लाख र माईजोगमाई गाउँपालिकालाई ६० लाख विनियोजन गरेका छन् ।

निर्वाचन क्षेत्र नं १ मा ३९ वडा रहेका छन् । वडा संख्याका आधारमा प्रत्येक स्थानीय तहलाई रकम विनियोजन गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

नेम्वाङको निर्वाचन क्षेत्रका इलाम नगरपालिकालाई एक करोड, देउमाई नगरपालिकालाई ९० लाख ५६ हजार, माई नगरपालिकालाई २८ लाख ५० हजार, माङसेवुङ गाउँपालिकालाई ५७ लाख १४ हजार, चुलाचुली गाउँपालिकालाई ५७ लाख १४ हजार र फाकफोकथुम गाउँपालिकालाई ६६ लाख ६६ हजार विनियोजन गरिएको छ ।

निर्वाचन क्षेत्र नं २ मा ४२ वडा रहेका छन् । वडा संख्यामा आधारमा प्रत्येक स्थानीय तहमा स्थानीय तहका प्रमुखको उपस्थितिमा बजेट विनियोजन गरिएको बताइएको छ । रासस

सम्बन्धित समाचार

२४ घण्टामा देशभर थपिए ३३८ कोरोना संक्रमित

काठमाडौं, २६ साउन=पछिल्लो २४ घण्टाको अवधिमा थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वरले ३३८ जनामा कोरोना संक्रमण देखिएको जानकारी...

आजबाट सेयर बजार बन्द हुने

काठमाडौं, १ जेठ-लकडाउनकै बीच खुलेको शेयर बजारमा तीव्र रूपले ओरालो लाग्दा खुलेको २ दिनमा नै बन्द गर्न धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिएको छ । बजार घटेपछि लगानीकर्ता आक्रोशित बनेसँगै बजार पुन: बन्द गर्ने निर्णयमा...

प्रदेश १ मा आज २६ संक्रमित थपिए, संक्रमितको संख्या ६०४ पुग्यो

विराटनगर, १७ असार–प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०, मोरङ र...

नेपालमा एकै दिन ६२ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं, ५ जेठ-नेपालमा एकै दिन ६२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । एकै दिन बाँकेमा मात्र ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नैनापुरमा रहेका ४७ जनामा...

प्रदेश १ः सांसद न्यौपानेले भने–यो सरकारले धराहरा पनि भत्काउने, रानी पोखरी भत्काउने र सगरमाथाको उचाई घटाउने हो ?

विराटनगर, २१ साउन । संघीय सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको भन्दै प्रदेश १ को प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका सांसदले आक्रोश पोखेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा एमालेका सांसद तुलसीप्रसाद न्यौपानेले भूमि सम्बन्धी...

युवा संघका कार्यकर्ताले गरे रूपन्देहीमा माधव नेपालको पुतला दहन

रूपन्देहीमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुतला दहन गरिएको छ । बुधबार साँझ एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बुटवलको ट्राफिकचोकमा नेता माधव नेपालको पुतला दहन गरेको हो । प्रतिपक्ष दललाई साथ दिएर आफ्नै पार्टीको सरकार ढालेको...

एसईईको प्रश्नपत्र नष्ट गरिने

माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र नष्ट गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र नष्ट गर्ने निर्णय गरेको हो । गत ६ चैतका लागि तोकिएको परीक्षा कोभिडका कारण स्थगित गरिएको थियो । बोर्डका सदस्य-सचिव दुर्गा अर्यालले...

प्रदेश १ मा एनआईसी एशियाको ५ लाख रुपैयाँबराबरको खाद्यसामग्री सहयोग

विराटनगर, चैत २१-एनआईसी एशिया बैंकले प्रदेश १ सरकारसँगको सहकार्यमा ५ लाख रुपैयाँबराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्रीहरू वितरण गरेको छ । बैंकले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बच्न नेपाल सरकारले गरेको लकडाउनको बेला मर्कामा परेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्