ऋचा मेमोरियल टी–२० क्रिकेट : दिल्लीलाई हराउँदै नेपाल पुलिसको सानदार जित

 न्यूज विराट
ऋचा मेमोरियल टी–२० क्रिकेट : दिल्लीलाई हराउँदै नेपाल पुलिसको सानदार जित

विराटनगर । विभागीय टिम नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । पाहुना टिम दिल्ली युनिाईटेड क्रिकेट क्लबलाई ७ विकेटले स्तब्ध बनाउँदै पुलिस विजय भइ २ अंक जोड्न सफल भएको हो ।

विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको खेलमा ८८ रनको सामान्य विजय लक्ष्य पछ्याएको पुलिसले ९ दशवलप ३ बलमा ३ विकेट गुमाई पुरा गर्यो । पुलिसका योगेन्द्र कार्कीले ११ बलमा ५ छक्का हिर्काउँदै अविजित ३२ रन बनाए । सुनिल धमलाले १९ बलमा २३ रन पारी खेल्दा अमित श्रेष्ठले २५ बलमा १९ रनको योगदान दिए । उनले १ छक्का र २ चौका हिर्काए । दिलीप नाथले ७ बलमा १० रन बनाए ।

बलिङमा दिल्लीका प्रदिप कुमारले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए भने अंकित गोस्वामीले १ विकेट मात्र लिए ।

यसअघि दिल्लीले १५ दशमलप ५ बलमा सबै विकेट गुमाई ८७ रनमा समेटियो । सकिट केडियाले २२ बलमा २९ रन बनाए । उनले २ छक्का र ४ चोक्का हिर्काए । प्रदिप कुमारले १३ बलमा १९ रन पारी खेल्दा अंकित गोस्वामीले अविजित १३ रनको योगदान दिए । दिल्लीका अरु ब्याटरले दोहोरो अंक दिन सकेनन् ।

पाहुना टोली दिल्लीलाई हराउन पुलिसका सागर ढकालको बलिङ घातक रहयो । सागरले आक्रमक बलिङ गर्दै ३. ५ बलमा १७ रन खर्चेर ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । रोशन बुढेलले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

सम्बन्धित समाचार

विराटनगरको बाटा रोडमा लागो आगो, एकघण्टापछि नियन्त्रणमा

विराटनगर । विराटनगर ९ बाटा रोडको मुख्य चोकको बिजुलीको पोलमा तार सर्ट भएर आगजनी भएको छ । आज झास अम्बिका वास्त्रालय अगाडी बिजुलीको पोलमा लागेको हो । पोलमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको हो...

दरबार हत्याकाण्डकाे २१ वर्ष पूरा, रहस्यकाे पर्दा अझै खुलेन

नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा हुँदा पनि यो हत्याकाण्डको रहस्यको पर्दा अझै खुलेको छैन । १९ जेठ २०५८ मा राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो । नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा...

काठमाडौं, ९ पुस-विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बस्दैछ । प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की पार्टी प्यालेस बबरमहलमा...

डाक्टर खोज्दाखोज्दै कोशीमा ५५ वर्षीया महिलाले गुमाइन् ज्यान, डाक्टर खरेलको नेतृत्वमा छानविन समिति गठन

विराटनगर  ।  विराटनगरस्थित कोशी अस्पतालको ओपीडी वार्डमा उपचार नपाएर ५५ बर्षीया एक महिलाको  मृत्यु भएको छ । अस्पतालले उपचारमा ढिलासुस्ती गरेको कारणले मोरङको जहदा गाउँपालिका १ की ५५ बर्षीया द्रोपतीदेवी राजवंशीको मृत्यु भएको परिवारको आरोप छ...

प्रदेश १ मा निको हुने बढ्दै, आज १०४२ संक्रमणमुक्त, ७१८ संक्रमित थपिए

विराटनगर, १९ जेठ । प्रदेश १ मा आज १,०४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त...

कर्णालीमा कोरोना भाइरसका कारण १ जनाको मृत्यु

सुर्खेत, ९ असार-कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । दैलख दुल्लु नगरपालिका–३ का ३५ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । असार ३ गते सामान्य उपचारका लागि आएका...

लकडाउनमा प्रहरीको थप कडाइ

काठमाडाैं, बैशाख ३-उपत्यका प्रहरीले लकडाउनमा कडाइ गरेको छ । सरकारले मंगलबार लकडाउन बढाएर १५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेसँगै प्रहरीले पनि लकडाउनमा कडाइ गरेको हो । यसअघि ११ चैतदेखि कोरोना भाइरस (कोभिड—१९) को जोखिम रहेको भन्दै...

प्रदेश १ मा संभावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने निर्णय

विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले गत कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । सोमबार समितिका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्