विराटनगर । विराटनगरमा ३६ औं गणगौर पूजा महोत्सव २०७९ मनाएको छ । नेपाल मारवाडी गणगौर पूजा समितिले विविद्य कार्यक्रम आयोजना गरी गणगौर पूजा महोत्सव सोमबार मनाएको हो ।
महोत्सवको अवसर पारेर फेन्सी डे«स, सोह्र श्रृंगार, मारवडी पत्र लेखन प्रतियोगिता आयोजना गरिएको नेपाल मारवाडी गणगौर पूजा समिति अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गरिएको थियो ।
सोही अवसरमा पत्रकार सुशिला पाठकसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान पनि गरियो । यस्तै मारवडी सामुदायकी रिना बर्मा, अदिति जैन, प्रज्ञा भंसाली, शालु अग्रवाललाई सम्मान गरियो । सम्मानित व्यक्तिहरुलाई कार्यक्रमको प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै उपसभामुख रानाले यस्ता कार्यक्रममा भाषा, धर्मसंस्कृतिको संरक्षण ठुलो सहयोग पुग्ने बताइन् ।
महिलाहरुले घरपरिवारमा सुख शान्तिका लागि गणगौर पूजा गर्छन् । यो पूजा माडावारी महिलाहरुले परापूर्व कालदेखि नै मनाउँदै आइरहेको छ । घर परिवारमा सुख, शान्ति राख्नका लागि महिलाहरुले गणगौर पूज गर्ने चलन रहेको अध्यक्ष राठीले बताए ।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग भएको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् । कोशीमा...
कोरोना भाइरसको महामारीका कारण झण्डै सात महिनादेखि बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार छिट्टै नै सञ्चालनमा आउने भएको छ । कम्पनीले आफ्नो २३औँ वर्ष प्रवेशको अवसर पारेर स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई केबुलकार खोल्ने...
अख्तियारका पूर्वप्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले आइतबार थुनामा राख्ने आदेश दिएको छ । बालुवाटारस्थित ललिता निवास क्षेत्रकाे सरकारी जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका उनलाई उनकाे बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले थुनामा पठाउने आदेश दिएको...
विराटनगर । एचआईभीरएड्स सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि सचेतना सँगै बजेट पनि प्रयाप्त बिनायोजन गरिनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटा र ए।एच।एफ नेपालको आयोजनामा विराटनगरमा बुधबार भएको विकेन्द्रीकृत बजेट विनियोजन...
काठमाडौं, २० जेठ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने निर्देशिका जारी गरेको छ । कोरोना भाइरसका कारण शैक्षिक क्षेत्र प्रभावित भएपछि सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्न निर्देशिका बनाएको हो।...
बुटवल, ३ वैशाख-प्रदेश–५ ले सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको हो । प्रदेशभरीका १ सय ९ स्थानीय...
विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंक संचालनमा ल्याएको छ । शिक्षण अस्पताल भित्र निजि क्षेत्रबाट संचालित एक मात्र विश्वस्तरिय ब्लड बैंक संचालनमा ल्याएको हो । संचालनमा आएको ब्लड बैंकमा...
बागलुङ, १३ वैशाख-बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । युवतीको पाँचौ र छैँटौ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनी कोरोनामुक्त भएको धवलागिरी अञ्चल अस्पतालले जनाएको छ । बागलुङ...