क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दिपेश कँडेल विराटनगरमा सम्मानित
मङ्गलबार, ०७ चैत, २०७९,
न्यूज विराट
विराटनगर । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् । नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई जनही नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले सम्मानपत्र प्रदान गरे । दुवै खेलाडी विराटनगरका हुन् । दीपेशले युएईको यु–१९ टोलीविरुद्ध ह्याट्रिक विकेट लिएर नेपाललाई यु–१९ विश्वकपमा छनोट गराउन महत्त्तवपूर्ण भूमिका निर्वाह गरेका थिए ।
ललितले विश्वकप लिग–२ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए । महासंघले ललितका बुबा–आमालाई पनि सम्मान गरेको छ । महासंघले नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोसन सिंहलाई पनि सम्मान गरेको छ । सम्मान कार्यक्रममा नेपाल खेलकुद महासंघको केन्द्रीय सदस्य शान्ता डंगोल (साना) को पनि उपस्थीति रहेको थियो ।
ललित र दिपेशलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले जनही १ लाख ११ हजार र विराटनगर महानगरपालिकाले जनही एक लाख एक हजारसहित सम्मान गर्ने भएको छ ।
विराटनगर । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाका नवीन सिलवालले जितेका छन् । विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा विराटनगरमा भएको प्रतियोगिताको उपाधि नवीनले उदयपुरका विनय चौधरीलाई २२–२०,...
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट...
विराटनगर, ७ चैत । मोविलाइजेशन रकम २० प्रतिशत कायम गर्न निर्माण व्यवसायीहरूले माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश १ को १३ औं साधारणसमा निर्माण व्यवसायीहरूले मोसिवलाईजेशन शुल्कमा एकरुपता ल्याइ २० प्रतिशत बनाउन...
विराटनगर । विराटनगरमा रहेको एल्लो हर्बलको स्किन केयर बजारमा आएको छ । कोरियन टेक्नोलोजी प्रविधिबाट उत्पादन भएको ‘एल्लो हर्बलको स्किन केयरहरू बजारमा आएको हो । एल्लो हर्बलको स्किन केयरमा फेस वास, भिटा मनी सी सिरप,...
विराटनगर । विराटनगर– १९ मिलन चोककी २८ बर्सिया प्रियङ्का सुनारको हत्या आफ्नै श्रीमानको योजनामा भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्दै प्रियाकाको हत्या गर्न २९ वर्षीय श्रीमान् रमेश साहसहित प्रहरीले...
सुर्खेत, १० असार-कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनको २१ औँ बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस अवरोध गरेपछि स्थगित भएको छ । बैठक प्रारम्भ प्रदेशसभा सभामुख राजबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयले ल्याएको बजेटमाथिको छलफल गर्न आह्वान...
काठमाडौं, १५ कात्तिक-सत्तारूढ नेकपाभित्र बढ्दै गएको विवाद सचिवालय बैठकबाट टुंगो लगाउने भएको छ । शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा सचिवालय बैठक बोलाएर हाल देखिएका समस्याका विषयमा...
विराटनगर, १ पुस । विराटगरमा उपचारका लागि आउने सर्बसाधारणलाई कमिशन दिने औषधी पसल र अस्पतालमा पठाउने चार जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१९ का ४६ वर्षीय विनोद राय, विराटनगर–५ का ६०...