सशस्त्र प्रहरीको टोली खलंगाबाट लाग्यो कालापानीतर्फ

 न्यूज विराट
सशस्त्र प्रहरीको टोली खलंगाबाट लाग्यो कालापानीतर्फ

सशस्त्र प्रहरीको टोली भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रतर्फ हिँडेको छ । सशस्त्रको टोली दार्चुला सदरमुकाम खलंगाबाट मंगलबार त्यसतर्फ लागेको हो ।

कालापानी क्षेत्रभन्दा झण्डै १२ किलोमिटर दक्षिणी क्षेत्रमा निर्माण हुने बीओपी (बोर्डर आउट पोस्ट) निर्माण क्षेत्रको स्थलगत अध्ययन गर्न टोली त्यसतर्फ लागेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेक्वार्टर दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टको नेतृत्वमा १५ जना सशस्त्र प्रहरीको टोली त्यस क्षेत्रको अध्ययन गर्न गएको हो ।

ब्यास गाउँपालिका– १, गागामा बन्ने बीओपी निर्माण क्षेत्रको स्थलगत अध्ययन र आफ्नो सीमाको नियमन गर्न टोली त्यसतर्फ लागेको गुल्मपति विष्टले जानकारी दिए ।

टोली १० चैतमा मात्रै खलंगा फर्किनेछ । अहिले बीओपी बन्ने क्षेत्र (ब्यास गाउँपालिका– १, गागा) मा हिउँ जमेकाले त्यस क्षेत्रको वास्तविकता बुझी आवश्यक काम अगाडि बढाउन सजिलो हुने गुल्मपति विष्टले बताए । २५ फागुनदेखि नेपाली सेनाको टोली पनि उत्तरी क्षेत्रको निगरानीका लागि ब्यास गाउँपालिकामा पुगेको छ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College