दिव्यज्योती अस्पतद्धारा विराट बहिरा माविमा स्वास्थ्य शिविर, दुई सय बढीको स्वास्थ्य जाँच
शनिबार, ०४ चैत, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित विराट बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको आँखा तथा कान परीक्षण गरिएको छ । विराटनगरमा रहेको दिब्यज्योती अस्पतालले उक्त विद्यालयमा शिविरको आयोजना गर्दै अध्ययनरत विद्यार्थीहरुको आखाँ तथा कान परीक्षण गरिदिएको हो ।
साँकेतिक भाषाका सहयोगीहरु राखेर अस्पतालले विद्यार्थीको आखाँ तथा कान परीक्षण गरेको अस्पतालका अध्यक्ष कमलेश कर्णले जानकारी दिए । २१ औं जलबिन्दु सचेतना सप्ताहको क्रममा विद्यार्थीहरुका निम्ति निः शुल्क शिवीर आयोजना गरिएको उनले बताए । सो क्रममा २ सय बढी विद्यार्थीहरुको आखाँ तथा कान परीक्षण गरिएको विद्यालयकी प्रधानाध्यापक मीनु अधिकारीले जानकारी दिइन् । परीक्षण गरिएका विद्यार्थीहरु मध्ये ६५ जनामा आखाँ तथा कानको उपचार गर्न अस्पतालसम्मै पुग्नुपर्ने अवस्थाका विरामी फेला परेको उनले बताए ।
अस्पतालसम्म पुग्नुपर्ने अवस्थाका विरामीलाई दिब्यज्योति अस्पतालले नै सबै प्रकारको निःशुल्क उपचार गरिदिने प्रधानाध्यापक अधिकारीले बताए । कोचाखालमा रहेको उक्त विद्यालयमा बाल कक्षा देखी १२ सम्म २ सय ३२ जना विद्यार्थी अध्ययनरत रहेको जनाईएको छ ।
काठमाडौं, पुस ९–इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ । ‘क्रिसमस डे’...
विराटनगर । प्रथम संस्करणको टि– २० रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो । आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी...
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य पदबाट हटाएका कृष्ण थापालाई सांसद पदमा पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई सांसद पदमा पुनर्बहाली गर्न आदेश दिएको हो । थापाले आफू...
विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको धेरै समस्या अर्थतन्त्रमा आएको शिथिलताका कारण भएको बताएका छन् । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आफू इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बजेट खर्च नहुने...
विराटनगर, फागुन २८–कोरोना भाइरसको परामर्श तथा प्राथमिक परिक्षणका लागि विराटनगर विमानस्थलमा हेल्थ डेक्स स्थापना गरिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा सञ्चालन गर्ने गरि हेल्थ डेस्कको स्थापना गरिएको...
विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको विराटनगर बास्केटबल कप प्रतियोगितामा दुई वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरमा मंगलबार भएको खेलमा पुरुषतर्फ पोखरीया स्कुललाई १३ –११ अङकले पराजित गर्दै बुढानिलकण्ठ स्कुल...
विराटनगर, २८ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ। क्लबले एक कार्यक्रमकाबीच पाँचौ पटक मानव सेवा आश्रम र सो आश्रमका दुई वटा शाखामा...
विराटनगर । विराटनगरमा रहेको मदरल्याण्ड एकाडेमी र डनबस्को स्कुल दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा बिहीबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीले सेन्टजोसेफ स्कुललाई २–१ गोलले पराजित...