राशिफल

क्रिसमस डे नेपालसहित विश्वभर मनाइँदै, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

 न्यूज विराट
क्रिसमस डे नेपालसहित विश्वभर मनाइँदै, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौं, पुस ९–इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ । ‘क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले इसाई धर्मावलम्बीका लागि सार्वजनिक विदा दिएको छ । ख्रीष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।

क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना सन्देश दिएका छन् । क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ । नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको बताइन्छ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि र्पुयाएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मालम्बीहरुको महानपर्व ‘क्रिसमस डे’ का अवसरमा आज एक शुभकामना सन्देश दिदैै स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपाली सबैको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् । नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम भएको मुलुक भएको भन्दै बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व र संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख छ ।

‘क्रिसमस डे’ लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको पनि सन्देशमा उल्लेख छ । यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने पनि उनले कामना गरेकी छन् । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुले समेत शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...