तुलसी सहकारीमा अपचलन प्रकरण : अध्यक्ष शर्मासहित आठ संचालक विरुद्ध ठगी मुद्दा

 न्यूज विराट
तुलसी सहकारीमा अपचलन प्रकरण : अध्यक्ष शर्मासहित आठ संचालक विरुद्ध ठगी मुद्दा

   

विराटनगर । सर्वसाधरणले बचत गरेको अर्वो रुपैयाँ हिनामिना गरेको आरोपमा विराटनगर – ३ मा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालक विरुद्ध मोरङ प्रहरीले ठगी मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान सुरू गरेको छ ।

प्रहरीले ठगी मुद्दामा सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवाससहित तीन जना संचालकलाई आइतबार पक्राउ गरी अनुसन्धान सुरू गरेको हो ।

पक्राउ परेकी सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिब सविना न्यौपाने र प्रबन्धक खवासलाई मोरङ अदालतमा आइतबार ठगी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए । सहकारीका संचालकहरुले २१ हजार ७१३ जना सर्वसाधरणको जम्मा गरेको एक अर्ब ४८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उनीहरू मध्ये आइतबारसम्म १ सय २१ जना पीडितले १२ करोड ९ लाख ४ हअजार ४ सय ८७ रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएको एसपी पोखरेलले बताए । ‘यो प्रराम्भिक ठगीमा जाहेरी दिनेको निवेदन हो । हामीले सूचना जारी गरेका छौं । ठगीमा पर्ने व्यक्ति र रकम पनि बढनेछ,’ एसपी पोखरेलले भने, ‘अहिले आएको यो प्रराम्भिक चरणको रिपोर्ट हो । उजुरी पर्ने र ठगी रकम क्रम बढ्दो छ ।’ उनका अनुसार यो मोरङको मात्र हो । झापा, सिराह र गाइघाटको विवरण आउनै बाँकी छ ।
‘बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेको हुँदा बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत लगायत खाताहरूमा बचत भएको देखिन्छ,’ एसपी पोखरेलले भने, ‘संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा परी जाहेरवालाहरूले आफ्नो तथा बालबच्चा सहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठुलो रकम बचत गरेको देखिएको छ ।’

सहकारीका ८ जना सञ्चालकविरुद्ध उजुरी परेको छ । त्यसमध्ये प्रबन्धक खवास, उपाध्यक्ष गौतम र सचिब न्यौपाने लाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको छ । फरार सूचीमा अध्यक्ष शर्मा, संचालक सदस्यहरूमा आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, अविजाल विश्वकर्मा र बन्टि अधिकारी रहेका छन् । उनीहरूको हकमा मोरङ प्रहरीले आइतबार पक्राउ अनुमति मोरङ अदालतसँग गरेको छ । अदालतले पनि पक्राउ अनुमति दिइसकेको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।

तुलसी सहकारीबाट ठगीमा परेका पीडितहरुको लागि मोरङ प्रहरीले जुनियर अपिसरको नेतृत्वमा छुट्टै निवेदन दिने काउन्टर राखेर जाहेरी लिन थालेको छ । एक अर्वभन्दा बढी रकम अपचलन भएकाले सिआइबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको रिटको टोलीको सहयोग लिएर मोरङ प्रहरीले अनुसन्धान सुरु गरेको छ । ठूलो संख्यामा सर्वसाधरणले बचत गरेको रकम अपचलन भएकोले मोरङ प्रहरीका डिएसपी रन्जन कुमार दाहालको नेतृत्वको अनुसन्धान टोली गठन गरेर अनुसन्धान सुरु भएको छ ।

यो सहकारीमा सर्वसाधारणको १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ निक्षेप छ । मुख्य कार्यालय विराटनगर रहेको यो सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा शाखा कार्यालय छन् ।

बचतकर्ताले आफ्नो रकम फिर्ता नपाएपछि आन्दोलन गर्दा एक महिनादेखि विराटनगर–३ स्थित सहकारीको मुख्य कार्यालयसहित झापा, उदयपुर र सिराहमा रहेका शाखा बन्द छन् ।

सहकारीले अवैध तरिकाले इन्टर कम्पनी नटराज एग्रोमा ६ करोड, तुलसी मोटर पम्पमा ३२ करोड, झापाको गौरादहस्थित तुलसी राईस तथा चिउरा मिलमा ३५ करोड, तुलसी अनुसन्धान केन्द्र १० करोड लगानी गरेको भएपनि संस्थाको लेखा परीक्षण रिपोर्टमा ४० लाख मात्रै लगानी रहेको देखाइएको स्रोतको दाबी छ ।

शिखर अर्गनाइजेसन ग्रुपका अध्यक्ष पनि शर्मा नै हुन् । उक्त ग्रुपले विभिन्न ३२ वटा कम्पनी खोलेको छ । ग्रुपका उपाध्यक्ष शर्माकै छोरा काल्स शर्मा छन् ।

यो ग्रुपले तुलसी मोटर पम्प, तुलसी राइस एण्ड च्यूरा प्लान्ट, तुलसी कृषि अनुसन्धान केन्द्र, गाइघाट खाबु, गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, गाइघाट, दमक र लेटाङ, नटराज एग्रो प्रा.लि., गोरर्खा टि एण्ड कफी इ.प्रा.लि., तुलसी तथा उपकार ब्राण्डका विभिन्न खाद्य सामाग्री उत्पादन र बिक्री गर्दछ ।

अडिट रिपोर्टमा यी उद्योगमा जम्मा लगानी ४० लाख मात्र भएको देखाइएको छ । अरु लगानी बैंकको ऋण भनिएको छ । तर सबै सर्वसाधरणको बचत त्यहाँ लगानी भएको स्रोतको दाबी छ । सहकारीकै स्वामित्वमा भने पानी उद्योग र राइस तथा चिउरा मिल मात्रै हो । अरु उद्योग अध्यक्ष शर्माको एकल हो । अन्य उद्योगमा गैरकानूनी तरिकाले गरेको लगानी फिर्ता नआएपछि सहकारी आर्थिक संकटमा परेको स्रोतको भनाई छ ।

सचिव सविना न्यौपानेले सहकारीकै रकम आफना भाई सागर न्यौपानेलाई दिएर विर्तामोडमा एसमार्ट खोलेको र त्यसपछि थप ८ लाख ऋण प्रवाह गरेको स्रोतको दाबी छ । एसमार्टले उक्त रकम अहिले सम्म फिर्ता नगरेको स्रोतले बतायो ।

यो सहकारीको विराटनगर शाखाको २०७८ असारको लेखा परीक्षण विवरणमा त्यसबेला सहकारीमा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात ३३ करोड २४ लाख ६७ हजार १४४ रुपैयाँ तथा नगद र सामान ३ करोड ७४ लाख १० हजार ८६ रुपैयाँ रहेको उल्लेख छ ।

संस्थाको कुल सम्पत्ति तथा दायित्व १ अर्ब ४६ करोड ५ लाख १९ हजार ५ सय ७० रुपैयाँ रहेको र नाफा मात्रै संस्थाको ७३ लाख १० हजार ९६९ रहेको देखाइएको छ ।
लगानी भने विभिन्न चारवटा संस्थामा ४० लाख ११ हजार रुपैयाँ मात्रै रहेको उल्लेख छ भने कर्जा तथा सापटी रकम ३१ करोड २३ लाख ६० हजार १८० रुपैयाँ रहेको उक्त लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । संस्थाको स्थिर सम्पत्ति भने ४ करोड १३ लाख ६३ हजार १ सय ५७ रुपैयाँ रहेको छ ।

ठगी मुद्दामा पक्राउ परेका तुलसी सहकारीका प्रबन्धकसहित तीन जनालाई प्रहरीले सार्वजानिक गर्दै ।
मोरङ प्रहरीमा तुलसी सहकारीविरुद्ध ठगी मुद्दामा उजुरी दिने बचतकर्ताहरुको भिड ।


सम्बन्धित समाचार

पीडितको बयानमा पनि जनप्रतिनिधिको बार्गेनिङ : सांसद देव

काठमाडौं, २३ जेठ-राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनताले एकैपटक स्वास्थ्य र आर्थिक महामारीको सामना गरिरहेको भन्दै त्यसतर्फ सरकारको समयमै ध्यान जान जरुरी रहेको बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भोकमरीका कारण जनताको मृत्यु...

नेपाल एयरलाइन्सद्वारा हङकङमा एकै दिन ३ चार्टर्ड उडान, फर्किए ५ सय ८२ यात्रु  

काठमाडौं, २० जेठ-नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा ३ चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका २ न्यारोबडी ए-३२० तथा एक वाइडबडी ए-३३० जहाजमार्फत् गएराती ५ सय ८२ यात्रु हङकङ फर्किएका छन्...

सुनसरीका पत्रकारको नेबेलले ५० प्रतिशत छुटमा उपचार गर्ने

विराटनगर, जेठ २२–इटहरी रसुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो। प्रेस युनियन सुनसरीका सभापति...

बालुवाटारबिरुद्ध खुमलटारमा बन्यो यस्तो योजना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनु भएको बैठकमा सहभागी हुनुअद्धि गठबन्धनमा आवद्ध अन्य दुई दलका शीर्ष नेतासँग छट्टै बैठक गर्नुभएको छ । यथास्थितिमा एमसीसी पारित गर्न...

दुईतिहाइको सरकारले दुई कौडीको काम गरेन : राजेन्द्र महतो

 काठमाडौं, २६ वैशाख-नवगठित जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले शक्तिशाली सरकारबाट जनताले केही नपाएको गुनासो गरेका छन् । शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनमा सम्बोधन गर्दै महतोले भने, 'दुईतिहाइको सरकारले दुई कौडीको पनि काम गर्न सकेन...

कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा उड्डयन प्राधिकरणको ५१ लाख

विराटनगर, चैत १९–सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ५१ लाख रुपैयाँ जम्मा गरेको छ । प्राधिकरणले तहअनुसारका कर्मचारीहरुको चैत महिनाको तलबबाट उक्त कोषमा ५१ लाख ७...

सुम्निमा स्कुलका २५ जना विद्यार्थी दिक्षित, दिनभरी मनोञ्जन कार्यक्रम

विराटनगर । विराटनगर – ११ मा रहेको सुम्निमा बोर्डिङ स्कुलमा अध्ययरत २५ जना विद्यार्थी दिक्षित भएका छन् ।स्कुलले शनिबार एक भव्य कार्यक्रम आयोजना गरी प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई दिक्षित गरेको...

बजेट अधिवेशन सुरु हुनुअघि नेकपाका नेताहरूको बालुवाटार छलफलमा

 काठमाडौं, २६ वैशाख-सत्तारूढ दल नेकपाका नेताहरू बालुवाटारमा छलफल गरेका छन् । बजेट अधिवेशन सुरु हुनुभन्दा पहिला संसदीय दलको बैठक बस्ने चलन छ । तर, अहिले त्यस्तो बैठक बस्न सम्भव नभएकाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड',...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्