विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका सुवाल सोमबार अध्यक्षमा चयन भएका हुन् । नवनियुक्त अध्यक्ष सुवालले सोमबार प्याब्सन मोरङको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण प्यब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दासले गराएका थिए । २०७८ पुस ४ गते विराटनगरमा सम्पन्न भएको प्याब्सन मोरङको १५ औं जिल्ला अधिवेशनबाट सीतला सुब्बा अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । त्यसबेला सुब्बा र सुवालबीच आधा÷आधा कार्यकाल अध्यक्षको नेतृत्व गर्ने भद्र सहमति भएको थियो । सोही सहमति अनुसार सुवाल अध्यक्षमा चयन भएका हुन् । सुवालको कार्यकाल ढेड वर्ष रहनेछ ।
सुवाल प्याब्सन मोरङको विभिन्न पदहरुमा रहेर काम गरेका उनीसँग अनुभव रहेको छ । अध्यक्षमा चयन भएका सुवाल विराटनगरस्थित ग्रेडेड स्कुलका प्रिन्सिपल पनि हुन् । नवनियुक्त अध्यक्ष सुवालले निजी विद्यालयको हकहितमा लागि पर्ने बताए । निजी विद्यालयहरूको संस्थागत विकास र हकहितमा सधै क्रियाशिल भएर लागि पर्ने उनको भनाई छ ।
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले प्रहरीलाई साइकल र प्राविधिक सामाग्री वितरण गरेको छ । कटहरी गाउँपालिका परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी मोरङ प्रहरी र ट्राफिक प्रहरीलाई १० थान साइकल, १ थान कम्प्युटर, १ थान...
काठमाडौं, २९ साउन-आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई कमानसिंह लामासँग आर्थिक कारोबारमा जोडेर गरेको प्रचारप्रति आपत्ति जनाएका छन् । उनले प्रवक्ता श्रेष्ठनको नाम कमानसिंह लामा र हाइड्रोपावरको...
सरकारले सम्भव भएसम्म निजी क्षेत्रका कार्यालयहरू बन्द गर्नका लागि आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै विद्युतीय माध्यमको प्रयोग गर्दा हुने कार्यालयहरू बन्द गर्नका लागि आह्वान गरेका हुन् । तर, ...
विराटनगर । विराटनगरमा लामो समयपछि पुल पार्टी हुने भएको छ । चर्चित डिजे कडीको साथमा विराटनगरको हाटखोलास्थित आरके सिटी सेन्टरको सातौँ तलामा रहेको ‘स्काइ लन्च’ रेस्टुरेन्टमा पुल पार्टी शनिवार दिउँसो २ बजेबाट सुरु हुने भएको...
विराटनगर, ११ वैशाख । विश्व साहित्यमा नेपाली सहभागिताको अनुभव संगोष्ठी आज विराटनगरमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज प्रदेश–१ ले एलिट क्लबको सभाहलमा आयोजना गरेको कार्यक्रममा अनुभव संगोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा...
विराटनगर, २५ जेठ-खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आज बिहान स्थानीय ३६ वर्षीय शुभराज राईले सोही ठाउँका ६५ वर्षीय डिल्लीराज राई र उनकी...
विराटनगर । संघीया मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मोरङको बेलबारी नगरपालिका – ५ कसेनीस्थित बाढीले बगाएको लोहन्द्रा खोलामा पक्की पुल र साइफन बनेपछि स्थानीयमा खुसियाली छाएको छ ।...