मन्त्री अमनलाल मोदीको पहलमा लोहन्द्रा खोलामा पुल बनेपछि कृषकमा ल्याएको खुसी

 न्यूज विराट
मन्त्री अमनलाल मोदीको पहलमा लोहन्द्रा खोलामा पुल बनेपछि कृषकमा ल्याएको खुसी

विराटनगर । संघीया मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मोरङको बेलबारी नगरपालिका – ५ कसेनीस्थित बाढीले बगाएको लोहन्द्रा खोलामा पक्की पुल र साइफन बनेपछि स्थानीयमा खुसियाली छाएको छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको लोहन्द्रा खोलास्थित साइफन र पुल बाढीले बगाएको ६ वर्षपछि निर्माण पुरा भएर संचालनमा आएपछि स्थानीयमा खुसियाली छाएको हो ।
उक्त पुल र नहर बनेसँगै लोहन्द्रा खोलाबाट पूर्वको १४ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने भएको छ । यसअघि पुल र नहर बगाएसँगै उक्त जमिनमा सिंचाईको समस्या थियो । पुल र नहरको उद्घाटन पछि त्यस क्षेत्रका किसान तथा सर्वसाधरण खुसी भएका छन् ।
लोहन्द्रा खोलामा पक्की पुल निर्माण भएपछि बेलबारी नगरपालिकासहित छिमेकी पालिकाहरु कानेपोखरी र ग्रामथानको कृषी उत्पादन विराटनगरको बजारमा लैजान सजिल्लो भएको बेलबारी – ५ कसेनीका कृषक कृष्ण खवासले बताए ।

२०७४ सालको बाढीले बगाएको लोहन्द्र खोलाको पुल र सुनसरी मोरङ सिंचाई आयोजनाको नहरको उद्घाटन भएको छ । पुल र नहर बगाएको ६ बर्षपछि ३४ करोड ९ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । उक्त पुल र नहरको मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गरे ।


उक्त पुल र नहर बनेसँगै लोहन्द्रा खोलाबाट पूर्वको १४ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने भएको छ । यसअघि पुल र नहर बगाएसँगै उक्त जमिनमा सिंचाईको समस्या थियो । पुल र नहरको उद्घाटन पछि त्यस क्षेत्रका किसान तथा सर्वसाधरण खुसी भएका छन् ।
सुनसरी मोरङ सिंचाई आयोजनाका निर्देशक भिलानन्द यादवका अनुसार १५३ मिटर लम्बाइको पुलमा ६ वटा स्प्यान रहेको छ । १६ मिटर गहिराइबाट उठाएको र १ डायमिटरमा रहेको पुल हाइवे स्टेण्डरमा बनाइएको हो ।
पुल र नहर निर्माणको लागि कूल लागत अनुमान ४७ करोड ३२ लाख थियो । निर्माण सम्झौता निर्माण व्यवसायी आशिष स्वामिनारायण आशिर्वाद जेभी धरान १० सँग २०७६ सालमा भएको हो । पुल निर्माण सम्पन्न गर्नुपर्ने समय २०८० को भदौ अन्तिम समयसम्म थियो । लगभग अढाई तीन महिना अगाडिनै पुल र नहर सम्पन्न भएको निर्देशक यादवले बताए । सम्झौता अवधि अगावै लोहन्द्रा साइफन र पुल निर्माण गरे वापत आयोजनाको तर्फबाट निर्माण व्यवसायी सन्तोषकुमार बस्नेतलाई मन्त्री मोदीले सम्मानसमेत गरेका छन् ।


सुनसरी मोरङ सिंचाई आयोजनाले ६८ हजार हेक्टर (करिब १ लाख विगाहा) क्षेत्रफलमा खेती गर्न सिंचाई सुविधा पुर्याउँदै आएको छ । ५० वर्षभन्दा अगाडि योजना निर्माण सम्पन्न भइसकेको जनाउँदै निर्देशक यादवले पुराना संरचना धेरै जिर्ण भइसकेको बताए । धेरैजसो संरचना इँटाले बनाएको कारण यसको पुनःनिर्माण गर्नुपर्ने अवस्था देखिएको उनले बताए । आजसम्म नेपालमा सिंचाई भइरहेको योजनामध्ये यो आयोजना सबैभन्दा ठूलो हो ।
इन्टेकबाट प्रतिसेकेण्ड ६० क्यूमेक क्षमतामा पानी आउने यादवले बताए । नरहको क्षमता ५२ क्यूमेक प्रतिसेकेण्ड हो । अहिले ५० देखि ५५ क्यूमेकसम्म चलाइरहेको बताउँदै निर्देशक यादवले हिउँदमा ३५ देखि ४० क्यूमेकसम्म चलेको बताए । यद्यपि हिउँदमा पूर्ण क्षमतामा चलाउनका लागि कोशीमा पानीको स्रोतमै कम भइरहेकोले सफल हुन नसकेको उनले बताए । सुनसरी मोरङ सिंचाई आयोजना कोशी सम्झौता अन्तर्गत सन् १९५४ सालबाट निर्माणको काम अगाडि बढेको थियो ।

सम्बन्धित समाचार

नेपालमा पाँचौ कोरोना संक्रमित भेटिए

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत अर्का एक जनाको नमूना परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिएको हो ।

विराटनगर म्यूजिक फेस्टिबल हुने, तयारी भव्य गर्दै

विराटनगर । तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबल हुने भएको छ । कार्तिक १० गते विराटनगरको मनेरोडस्थित जैन भवनमा म्यूजिक फेस्टिबल हुने भएको हो । फेस्टिबलको भव्य तयारी सुरु गरिएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी...

मोरङमा १६७ सहित प्रदेश १ मा आज १ सय ८१ संक्रमित थपिए

विराटनगर, ११ असोज—प्रदेश १ मा पछिल्लो २४ घण्टामाा १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र...

मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर, २३ असोज । झापा अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेउ  स्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका ६...

‘लामो दूरीका यातायात र विद्यालय खोल्ने परिस्थिति बनेको छैन’

काठमाडौं, २२ साउन-सरकारले तत्काल लामो दूरीका यातायातका साधन, विद्यालय तथा हवाई उडान खोल्ने परिस्थिति नबनेको बताएको छ । मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा सरकारले प्रवक्ता डा युवराज खतिवडाले यस्तो बतांएका हुन् । सरकारले पछिल्लो समय बढेको...

पोखराका एक युवामा कोरोना संक्रमण, कास्कीमा २ जना थपिए

पोखरा, ७ असार-पोखरामा थप १ जनामा कोरोना पुष्टि भएको छ । पोखरा महानगरपालिका- १४ भेडीफारमका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।कोरोना अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ९० वर्षीय पुरुषको सम्पर्कमा आएका उनको पीसीआर जाँच...

कोरोना परीक्षण भन्दै झुक्याएर कतारले निष्कासन गर्‍यो कैयौँ कामदार : एम्नेस्टी

काठमाडौं, ४ वैशाख-कोरोना भाइसर (कोभिड–१९ परीक्षण) गर्ने भन्दै झुक्याएर कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । गत फागुन २९ र ३० मा...

मोरङको कानेपोखरीमा डुबेर एक बालिकाको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ । शनिबार बेलुका कानेपोखरी गाउँपालिका – ६ की उषा मगरको घरमा बस्दै आएकी ८ वर्षीय बालिका तुलसा रानामगरको ज्यामिरे भलुवा खोलामा डुबेर मृत्यु भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्