अनैतिक सम्बन्धको आशङ्कामा तीन जना सहयोगी लिएर यसरी गरे रमेशले श्रीमतिको हत्या
मङ्गलबार, ०९ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । श्रीमतिको अनैतिक सम्बन्ध रहेको आशंका गर्दै आफ्नै श्रीमानले तीन जना सहयोगी लिएर हत्या गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।
विराटनगर – १९ घर भएकी २८ वर्षीय प्रियङ्का सुनार साहको हत्या आफ्नै श्रीमान २९ वर्षीय रमेश साहसहित थप तीन जना सहयोगीसँग मिलेर हत्या गरेको मोरङ प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको हो ।
प्रहरीले हत्या आरोपमा श्रीमान साहसहित मोरङ कटहरी गाउँपालिका ५ का ६२ वर्षीय रमानन्द राम, सोही ठाउँका ३५ वर्षीय उमेश सरदार र विराटनगर ७ का ५३ वर्षीय श्रीराम चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पारिवारी सम्बन्धमा आएका खटपटको कारणले हत्या भएको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिएको एसपी पोखरेलले बताए । ‘अहिले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ,’ एसपी पोखरेलले भने, ‘विस्तृतमा जानकारी थप अनुसन्धानपछि खुल्नेछ ।’ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिने उनले बताए ।
हत्या गरी बोरामा पोको पारेर फालेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा प्रियंकाको शव सोमबार दिउँसो १२ बजेतिर फेला परेको थियो ।
घरको आँगन जोडिएको ग्वालीमा शव भेटिएपछि नरसिंहमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ । घाँटी र कानमा चोटपटक रहेका कारण हत्यापछि प्रियंकाको शव बोरामा पोको पारेर फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार नरसिंहको घरभित्र हत्या गरेर शव ग्वालीमा फालेको आशंका छ ।
हत्या गरेर बोरामा पोको पारी फालेको अवस्थामा महिलाको शव रहेको जानकारी पाउनसाथे घटनाको अनुसन्धानका लागि डीएसपी रञ्जन कुमार दाहालको नेतृत्वमा टोली परिचालन गरेका थिए । दाहाल नेतृत्वको टोलीले शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल पठाएर घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
यसरी भयो हत्या प्रिंयकाको घर विराटनगर १९ मिलन चोकमा रहेको छ । माइती भारत हो । उनको बिवाह स्थानीय रमेश साहसँग भएको थियो । उनीहरूको ८ वर्षीय छोरा र ६ वर्षीया छोरी रहेको छ । केही समयदेखि उनीहरूको सम्बन्धनमा खटपट आएको थियो । एकअर्कालाई आशंका गर्दै झगडा स्थानीय प्रहरीचौकीसम्म पुगेको स्थानीय बताउँछन् । आइतबार घुम्ने बहनामा रमेशले श्रीमति प्रियंकालाई लिएर बुढीगंगा गाउँपालिका २ अमाहीस्थित नर्सिङ चौधरीको घरमा मोटसाइकलमा पुगेका थिए । उनका साथमा थिए रमानन्द राम र उमेश सरदार । रमानन्दको दाजुको साथी हुन् घरधनी नर्सिङ । रमानन्दको माध्यमबाट रमेशले श्रीमतिलाई लिएर अमाही पुगेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । अमाहीमा ६० वर्षीय चौधरी र श्रीमति र २४ वर्षीय छोरा मात्र बसोवास गर्दै आएका छन् । आइतबार दिउँसो करिब २ बजेतिर घरमा नर्सिङ मात्र रहेका थिए । तेही बेलामा रमेशले श्रीमति र अन्य दुई जाना लिएर पुगेका थिए । ‘चौधरीको घरमा पुगेपछि रमानन्दले नर्सिङलाई हावा खाना भन्दै गाउँतिर पढाइदिए । घरभित्रको कोठामा रमेश र प्रियंका बसे । त्यही बिचमा उनीहरूबिच बिवाद सृजना भयो । घाटीमा लडाएर तन्नाले घाँटी थिचेर हत्या गरेको आरोपीले स्वाकार गरेका छन्,’ अनुसन्धानमा सलग्न एक अधिकृतले भने, ‘हत्या गरेपछि शव प्लाष्टिकको ठूलो बोरामा हालेर ग्वालीमा लुकाए ।’ मृतक सुनवारलाई त्यहाँ भएका दुईजनासँग छोडेर पु¥याउन जाने र घरधनी समेत बाहिर निस्केको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरु हिडेपछि दुईजनाले हत्या गरेर बोरामा पोको पारेर ग्वालीमा राखेर हिडेका थिए । घटनाको विषयमा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार योजनावद्ध रुपमा महिलाको हत्या भएको देखिन्छ ।
शव व्यवस्थापनको लागि एम्बुलेन्स खोज्दा हत्या आरोपी पक्राउ आइतबार राती ११ बजे कोसी अस्पताल विराटनगरमा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम गाडी खोजिरहेका थिए । उनले अस्पताल परिसरमा भएका गाडीलाई लास बोक्नुपर्ने भन्दै भाडा सोधिरहेका थिए । गाडी चालकहरुले पनि कोसी अस्पताल भित्रै निधन भएको व्यक्ति बोक्ने होला भन्ने ठाने । तर, लास अस्पताल भन्दा बाहिर बुढीगंगा गाँउपालिका–२ को एउटा घरमा रहेको भनेपछि उक्त सुचना प्रहरीसम्म पुग्यो । प्रहरीले रामलाई राती नै नियन्त्रणमा लियो । उनले सुरुमा ढाँटे । मानसिक रुपमा कमजोर जस्ता देखिएका रामले जब बुढीगंगा–२ मा एउटा लास व्यवस्थापन गर्नुपर्ने भने त्यसपछि प्रहरीले महिलाको हत्या भएको सुचना पायो । विराटनगर–१९ की प्रियंका सुनारको बुढीगंगा–२ स्थित नरसिंह चौधरीको घरमा दिउँसो हत्या गरिएको थियो । त्यहि लासलाई व्यवस्थान गर्ने जिम्मा कटहरीका ६२ वर्षीय रामलाई दिइएकोले उनी गाडी खोजिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै घर र कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । जर्मन चान्सलर एन्जेला मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस संक्रमण भएको पाइएपछि उनी पनि क्वारेन्टाइन अर्थात्...
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा...
काठमाडौं, २९ जेठ-पूर्व प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) रमेशचन्द ठकुरी आज रिहा हुने भएका छन् । सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि जेल सजाय भोगिरहेका ठकुरी एक वर्ष कैद सजाय भुक्तानी गरी डील्लीबजार कारागारबाट छुट्न लागेका...
काठमाडौं, ३१ वैशाख-काठमाडौं र भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका संक्रमितमा लक्षण नदेखिएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि टेकु अस्पतालको आइसोलेसनमा रहेका उनीहरूमा लक्षण नदेखिएको अस्पतालले जनाएको हो । ‘भक्तपुर र काठमाडौंमा भेटिएका...
रूपन्देहीमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुतला दहन गरिएको छ । बुधबार साँझ एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बुटवलको ट्राफिकचोकमा नेता माधव नेपालको पुतला दहन गरेको हो । प्रतिपक्ष दललाई साथ दिएर आफ्नै पार्टीको सरकार ढालेको...
एजेन्सी, १६ फागुन । म्यानमारमा सैनिक 'कु'को विरोध गरिरहेकामाथि सेनाले गोली चलाउँदा १८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको कार्यालयले आजको दिनलाई सैनिक 'कु'को विरोधमा भइरहेको र्यालीको सबैभन्दा घातक दिन भनेको छ ।...
जनकपुर, १८ जेठ-कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि प्रदेश २ सरकारले स्थापना गरेको कोषबाट प्रदेशका विभिन्न अस्पताललाई हालसम्म ८ करोड २३ लाख २५ हजार रूपैयाँ रकम हस्तान्तरण गरिएको छ । प्रदेश सरकारले पछिल्लो चरणमा मात्र...
काठमाडौं, ४ बैशाख-महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएससपी) उमेल लम्साललाई तान्ने तयारी भएको छ । महाराजगञ्ज प्रहरीले दबंग शैलीमा उत्रिएर डाक्टरमाथिनै लाठी चार्ज गरेको विषय सार्वजनिक भएपछि उनलाई कारबाही स्वरुप महानगरीय प्रहरी...