म्यानमार : विरोध प्रदर्शनको सबैभन्दा घातक दिन, सेनाले चलाएको गोली लागेर १८ जनाको मृत्यु

 न्यूज विराट
म्यानमार : विरोध प्रदर्शनको सबैभन्दा घातक दिन, सेनाले चलाएको गोली लागेर १८ जनाको मृत्यु

एजेन्सी, १६ फागुन । म्यानमारमा सैनिक ‘कु’को विरोध गरिरहेकामाथि सेनाले गोली चलाउँदा १८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको कार्यालयले आजको दिनलाई सैनिक ‘कु’को विरोधमा भइरहेको र्‍यालीको सबैभन्दा घातक दिन भनेको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गरिरहेको छ ।

सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न माग गर्दै म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनसमेत देशका सबैजसो शहरमा दिनहुँ ठुल्ठूला प्रदर्शन भइरहेका छन् ।

यसै महिनाको सुरुमा सत्ता हत्याएपछि सेना र प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली, अश्रुग्यास र पानीका फोहोरा हान्ने गरेका छन् । जनताको शान्तिपूर्ण आन्दोलनलाई निर्मततापूर्वक दमन गर्न सेनाले व्यापक सैन्य परिचालन र धरपकड गरे पनि सेनाविरुद्धको प्रदर्शन रोकिएको छैन ।

आइतबार बिहानदेखि ठूलो संख्यामा मानिस सडकमा उत्रिएका थिए । यङ्गुन, डावेई र मङ्डालेमा चलेको गोली लागेर प्रदर्शनकारी मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार अघिसम्म कम्तीमा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ । भीड नियन्त्रण गर्नेक्रममा एक प्रहरी अधिकारीको पनि मृत्यु भएको सेनाले जनाएको छ ।

म्यानमारमा सेनाले गत १ फेब्रुअरीमा तत्कालीन राष्ट्रपति र आङ सान सु चीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको थियो । सेनाले राष्ट्रपति र सुकी दुवैलाई नजरबन्दमा राखेको छ भने सत्तारुढ नेसनल लिग फर डेमोक्रेसीका कैयौँ नेतालाई गिरफ्तार गरेको छ । सेनाको उक्त कदमको संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र अरु कैयौँ देशले विरोध गरेका छन् ।

सम्बन्धित समाचार

कुलमानविरुद्ध दायर मुद्दाको सुनुवाइ आज

काठमाडौं, ८ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्धाको सुनुवाइ आज हुँदै छ। प्राधिकरणका पूर्व निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुन लागेको हो।भदौ २ गते सर्वोच्चका न्यायाधीश...

ग्रामीण विकास लघुवित्तद्वारा भव्य वार्षिकोत्सव, उत्कृष्ट महिला सदस्यहरु सम्मानित

विराटनगर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सव विभिन्न प्रदेशहरुमा उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ। श्रावण ३० गते पाँचवटा विकास क्षेत्रका ग्रामीण विकास बैंकहरु एकीकृत भई स्थापना भएको यस संस्थाले आफ्नो स्थापना...

वीपीका पदाधिकारीहरुलाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, ९ भदौ–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीहरुसँग मंगलबार छलफल गरेका छन् । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर...

सुनसरीको थलाहामा टाउको नभएको शव भेटियो

विराटनगर । सुनसरीको गढी गाउँपालिका २ थलाहामा एक जना पुरुषको टाउको को नभएको अवस्थामा शव भेटिएको छ । गढी गाउँपालिका ५० वर्षीय ज्ञानसन ऋषिदेवको ठाउँको नभएको अवस्थामा शव आज विहान भेटिएको हो । ऋषिदेवको हत्या...

देउवालाई सहयोग गर्ने माधव नेपालसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

नेकपा एमालेले नेता माधवकुमारसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बालुवाटारमा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले संसदीय दलका नेता केपी ओलीलाई असहयोग गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गर्ने ११ सांसदलाई स्पष्टीकरण...

थप २ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौं, २० जेठ-नेपालमा थप २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये २ सय ७० जना पुरुष छन् भने १८ जना महिला छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले...

बेलायतले नेपाललाई २० लाख डोज कोरोना खोप पठाउदै

काठमाडौ, ९ जेठ । नेपालमा कोरोना संक्रमणको संख्या दैनिक रुपमा वृद्धि भएसँगै नेपाललाई बेलायतले २० लाख २० लाख डो’ज अस्ट्राजेनेका खोप पठाउने भएको छ । यसअघि नेपाल लगायत दक्षिण एसियका राष्ट्रलाई तत्काल सहयोगको खाँचो रहेको...

प्याब्सन र न्यूरोबीच समझदारी, न्यूरोले सौलियतमा उपचार गर्ने

विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच समझदारी भएको छ । सझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सौलियतमा उपचार गरिदिने भएको हो । सझमदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्