सकियो मोर्डन एराको अभिभावक दिवस, चार विद्यार्थी भए ‘मोर्डन एरा लिटल च्याम्स’
आइतबार, ०७ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगर – ३ आयल निगम पुर्व रहेको मोर्डन ऐरा स्कुलले भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो ।
स्कुलले शनिबार र आइतबार दिनभरी विभिन्न कार्यक्रम गरी अभिभावक दिवस मनाएको थियो । आइतबार अभिभावक दिवस सम्पन्न भयो ।अभिभावक दिवसको समापन कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल ईन्द्र राईले सिप, संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले मोर्डन एराबाट उत्पादन भएको विद्यार्थीहरु राष्ट्रको विभिन्न ओदामा पुग्न सफल भएको बताए । उनले गुणस्तरीय शिक्षा प्रदान गर्न स्कुलले कुनै पनि सम्झौता नगरेको बताए । सिप, संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न कठिबद्ध भएर लागि परेको बताए । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण पनि बढेको उनले सुनाए । प्रिन्सिपल राईका अनुसार हाल कक्षा १२ सम्म मोर्डन ऐरामा १ हजार ३ सय ११ जना विद्यार्थी अध्ययरत रहेको जानकारी गराए ।
कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल ईन्द्र राई
मोर्डन ऐरा स्कुलले अभिभावक दिवसमा दिुई दिनसम्म कार्यक्रम गरी मनाएको हो । शनिबार पहिलो दिन पिजिदेखि कक्षा २ सम्म अध्ययरत विद्यार्थीहरूले नृत्य, गायन, स्पिजलगायतका प्रतिभा देखाए । आइतबार ३ देखि कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरी दिनभरी रमाइलो गरे ।
हिमानी, युनिका, प्रजिना र भुमिका भइन् मोर्डन एरा लिटल च्याम्स
आयोजना गरेको ‘मोर्डन एरा लिटल च्याम्स’ चार जना विद्यार्थी च्याम्पियन भएका छन् । अभिभाव दिवसको अवसर पारेर आयोजना गरीएको उक्त प्रतियोगिता अन्र्तगत गायन विद्या तर्फको मोर्डन एरा लिटल च्याम्स हिमानी घिमिरे, नृत्य जुनियरतर्फमा युनिका घिमिरे, सिनियर तर्फ प्रजिना राई र मोडलिङ तर्फ भुमिका थापा मगर घोषित भएकी हुन् । यस्तै मोडलिङ तर्फ रक्षा ओझा फस्ट रनरअप र निर्जला आचार्य सेकेन्ड रनरअप भइन् । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्नका लागी मोर्डन एरा लिटल च्याम्सको आयोजना गरेको हो ।
मोर्डन एरा लिटल च्याम्स स्कुलमा अध्ययनरत ५४३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । पहिलो शृङखलामा २०२ विद्यार्थीहरु छनोट भएका थिए । कार्यक्रम पहिलो, दोस्रो, तेस्रो र फाइनल गरि चार चरणमा सम्पन्न गरिएको हो । फाइनलमा ३० जना विद्यार्थी पुगेका थिए ।
विद्यार्थीहरुलाइ विभिन्न क्षेत्रमा अग्रसर गराउन साथै उनिहरुका प्रतिभा प्रस्फुटन गराउनका लागि मोर्डन एराले यस्ताखाले कार्यक्रमको आयोजना गर्दै आइरहेको प्रिन्सिपल इन्द्र राइले बताए । मोर्डन एरा लिटल च्याम्सले मोर्डन एरा विद्यालयका विद्यार्थीहरुलाइ हरेक क्षेत्रमा अव्बल रहन सहयोग गर्ने समेत राइले बताए । गुणस्तरिय शिक्षा संगै अतिरिक्त क्रियाकलापहरुमा प्राइभेट विद्यालयहरु संधै अगाडी रहेको र मोर्डन एरा विद्यालयले प्रदेश १ को शिक्षाका क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको उनले बताए ।
विराटनगर—असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साहित पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । शुक्रबार स्वास्थ्य लाइभले विराटनगरमा आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको...
विराटनगर, २१ वैशाख । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताका आधारमा अहिलेको पाँचदलिय सत्ता गठबन्धन बनेको बताएका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो...
विराटनगर । मोरङको पथरी बजारबाट हराएको पिकअप भेन विराटनगरमा भेटिएको छ । साउन २७ गते बेलुका पथरीस्थित सिटिजन बैंक अगाडि पार्किङ गरी राखेको टाटा पिकअप भेन हराएको थियो । हराएको पिकअप भेन खोजबिन गर्ने क्रममा...
चितवन, ४ असार-चितवनको नारायणगढ-मुग्लिन सडकमा बुधबारदेखि लगातार यात्रुले ठूलो सास्ती खेपेर आवतजावत गरिरहेका छन् । एक त पटकपटक पहिरो खसेर सास्ती ब्यहोरेका यात्रुले आवश्यक ट्राफिक व्यवस्थापन कमजोर हुँदा थप सास्ती खेपेका थिए । एकतर्फी सञ्चालन...
विराटनगर, जेठ ७–प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुखझाले...
विराटनगर । राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाई क्युआरबाट भुक्तानी गर्ने भएको छ । आयोजक मोरङ जिल्ला क्रिकेट संघ र एनआइसी एशिया बैंक बीच प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीहरुलाई...
नेकपा ओली समूहले आज (शुक्रबार) काठमाडौं शक्ति प्रदर्शन गर्ने भएको छ । त्यसका लागि विभिन्न १६ स्थानबाट जुलुस निकाल्ने तयारी भइरहेको छ । जुलुसपछि नारायणहिटीअगाडि सभा हुनेछ । उक्त सभामा प्रधानमन्त्री ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम...
विराटनगर । इलका प्रहरी कार्यालय पथरीले पुरानो एउटा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका–३ विकास टोलका ३२ वर्षीय राजकुमार तुम्वापो आइतबार साझ पक्राउ परेका हुन्। इप्रका पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार घरमा...