बरिष्ठ न्यूरोलोजिष्ट डाक्टर बिरेन्द्र कुमार विष्ट सम्मानित

 न्यूज विराट
बरिष्ठ न्यूरोलोजिष्ट डाक्टर बिरेन्द्र कुमार विष्ट सम्मानित

विराटनगर । विराटनगरस्थित न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरोलोजिष्ट डा. बिरेन्द्र कुमार बिष्ट सम्मानित भएका छन् ।

नेपाल स्नायु विज्ञान प्रतिष्ठान ( एनएएन) आयोजनामा अन्र्तराष्ट्रिय सम्मेलनमा डा. विष्टलाई न्युरोलोजीको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई न्यूरोलोजीको धरोहर मान्दै सम्मान गरिएको हो ।

नेपालमा न्युरोलोजी विधाको शुरुवात तथा चौतर्फी विकासको निम्ती शुरुका दिनहरु देखि हालसम्म अमुल्य योगदान पुर्याएको भन्दै उक्त संस्थाले सम्मान गरेको छ ।
वरिष्ठ न्यूरोलोजिष्ट डा. विष्टलाई कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति राम सहाय यादबले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
बेलायतबाट आफनो अध्ययनपुरा गर्नु भएकाडा. बिष्टले सन् २००० मा नेपालमै पहिलो पटक विराटनगरमा १० शैय्याको न्युरो डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टरबाट सुरु गरिएको हस्पिटल हाल न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलको रुपमा बिकसित भएको छ । अहिले न्यूरो सुपरस्पेशियालटी हस्पिटलको रुपमा स्थापित भइसकेकोे छ ।

सम्मान कार्यक्रममा बोल्दै डा. बिष्टले दत्त चित्त भएर निरन्तर सेवागर्दे जादा समाजले, राष्ट्रले अवश्य पनि मुल्याकंन गर्दो रहेछ भन्ने कुरा महसुष भएको बताए । उनले सम्मान पश्चात थप जिम्मेवारी बोध भएको बताए । उनले बेलायतबाट फर्केर आफु जन्मेकै ठाउँ विराटनगर फर्केर न्युरोलोजी सेवा सुरु गरेको बताए । शुरुवाती दिनको मात्र नभई स्वास्थ्य क्षेत्रमा कार्य गर्दा हरेक पाइलामा जोखिम तथा कठिनाईहरु भएता पनि सेवा भावसहित कार्य गर्दा आत्म सन्तुष्टी पाइने उनको भनाई छ ।
बिराटनगरमा न्युरोलोजीको सेवा प्रदान गर्दै गर्दा धेरै बिरामीहरु न्युरो सर्जरीको लागी, एउटा एमआरआइ जाँचको लागी काठमाण्डौं त्यसैगरि भारतको सिलुगुडी लगायतका ठाउँहरुमा जानु पर्ने बाध्यता थियो । डा. विष्टले यो बाध्यताको अन्त्यगर्ने निर्णय गर्दै सन् २०१० मा आफनै अस्पतालमा न्युरो सर्जरी सेवाको शुरुवात गरे । दुई बर्ष पछि एमआरआइ जाँच सेवाको पनि शुरुवात गरेका छन् ।
यसअघि विष्ट सुप्रबल जनसेवाश्री बाट पनि बिभुषित भइ सकेका छन् । त्यसको साथै बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्मानहरुबाट पनि सम्मानित भएका छन् ।

सम्बन्धित समाचार

शिक्षामन्त्री भन्छन् : एसईईबारे एक साताभित्र निर्णय हुन्छ 

काठमाडौं, २२ जेठ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना...

छाङ्गरुमा बीओपी राख्न सशस्त्र प्रहरीको टोली दार्चुला पुग्यो

दार्चुला, बैशाख ३१-दार्चुलाको कालापानी क्षेत्रका लागि हिँडेकाे सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुला पुगेको छ । कालापानी क्षेत्रका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोली काठमाडौंबाट बिहान ११ बजे दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा अवतरण गरेकाे...

आज गाई, गोरु, हली तिहार मनाइँदै

काठमाडौं, ३० कात्तिक-यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा...

बरगाछी स्मारिकाको लोकार्पण

विराटनगर । गुराँस पुस्तकालय विराटनगरको ५४ औं स्थापना दिवसका अवसरमा पुस्तकालयद्वारा प्रकाशित बरगाछी स्मारिकाको लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मंगलबार बरगाछीको १७ औं अंक विमोचन गरेका हुन् । बरगाछी स्मारिका...

नारायणीको सतहले पार गर्‍याे खतराको विन्दु

चितवन, ८ असोज-तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ ।  देवघाटमा रहेको नारायणी बेसिन...

नवीन सिलवाललाई कोशी प्रदेश ब्याडमिन्टनको उपाधि

विराटनगर । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाका नवीन सिलवालले जितेका छन् । विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा विराटनगरमा भएको प्रतियोगिताको उपाधि नवीनले उदयपुरका विनय चौधरीलाई २२–२०,...

हजुरआमाको हत्या गरेको आरोपमा नाती पक्राउ

विराटनगर, १२ जेठ । उदयपुरको कटारी नगरपालिका-७ रिस्कुकी ७० बर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ बर्षीय नाती रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ६ बजे हजुरआमा र नाती बिच जग्गा अंश...

ओली समूहको शक्ति प्रदर्शन आज, १६ स्थानबाट जुलुस निस्कँदै

नेकपा ओली समूहले आज (शुक्रबार) काठमाडौं शक्ति प्रदर्शन गर्ने भएको छ । त्यसका लागि विभिन्न १६ स्थानबाट जुलुस निकाल्ने तयारी भइरहेको छ । जुलुसपछि नारायणहिटीअगाडि सभा हुनेछ । उक्त सभामा प्रधानमन्त्री ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्