सीएनआई कोसी एक्स्पोमा अल्लो र ढाका कपडाको ‘ब्राण्डिङ’
बुधबार, २५ माघ, २०७९,
न्यूज विराट
विराटनगर । कोभिड १९ को महामारीले अप्ठेरो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई (आठपहरिया) ले अहिलेले युरोपसहित छिमेकी मुलक चीनमा पनि अल्लो, खाँडी र ढाकाका कपडा र तयारी पोषाकहरु निर्यात गरिरहेकी हुन्थिन् । धनकुटामा जन्मिएर हुर्किएकी सीता १० बर्षअघिसम्म पनि त्यहिंकै विभिन्न सामाजिक संघसंस्था, रेडियोको आरजे र इन्स्योरेन्स कम्पनीहरुको अभिकर्ता भएर काम गर्थिन् । तर विवाहपछि उनले आफ्नो ठाउँ पनि छाड्नुपरेका कारण नयाँ योजनाका साथ व्यापार व्यवसाय गर्ने सोच बनाइन् । उनको विवाह संखुवासभामा भएको थियो । पछि विराटचोकमा झरेपछि व्यापार व्यवसाय गर्ने सोचलाई अघि बढाइन् । उनले रेडिमेड कपडाको व्यापार थालिन् । रेडिमेडको व्यापार राम्रै गरी चलेको पनि उनले सुनाइन् । तर विराटचोकका स्थानीय व्यापारी र घरधनीहरुबीच एउटा पसलमा बिक्री हुने कुनैपनि सरसामान अर्को पसलमा राख्न नपाइने भन्ने नियमले उनी बाँधिन पुगिन् । त्यसपछि रेडिमेड पसलपछि छाडेर नयाँ खालको वस्तु सामग्री के बिक्री गर्न सकिन्छ भनेर श्रीमान्सँग पनि सल्लाह गरिन् । अनि उनीहरुबीच ढाका र अल्लोका कपडा र तयारी पोषाक बनाउने र विक्री गर्ने सोच बनाएर त्यसको व्यापारमा लागिन् । ‘अल्लो, खाँडी र ढाकाको कपडाबारे अलिअलि सुनेको थिएँ, यो चैं गर्न सकिन्छ कि भनेर सुरुमा जिल्ला जिल्ला घुमें’ सीताले भनिन्, ‘घुम्दा नै मेरो झण्डै १२ लाख रुपैयाँ जति सकियो, तर बजारको हिसावले राम्रो सम्भावना रहेको भन्ने कुरा चैं थाहा पाएँ ।’ त्यसपछि अघि बढेकी सीताले पछाडि फर्किएर हेरिनन् । उनले आफ्नो उत्पादनलाई कोभिड १९ को महामारी सुरु हुनु अघिसम्म पनि अष्ट्रेलिया, अमेरिका लगायतका युरोपियन मुलुक र हङकङ, भारतको दार्जिलिङमा अर्डर अनुसार पठाइरहेको बताइन् । उनले संचालन गरेको लुमा घरेलु अल्लो कपडा उद्योग एण्ड टे«निङ सेन्टरले अल्लो, खाँडी र ढाकाका कपडाहरु हातैले बुन्ने र त्यसबाट महिला र पुरुष दुवैले लगाउन मिल्ने कोट, जवारी कोट, टोपी, जुत्ता, लगायतका पोषाकहरु बनाउँदै आएको छ । ‘थालेको कामलाई व्यवसायिक रुपमा अघि बढाउनुपर्छ भन्ने सोच थियो, अनि झण्डै सात बर्षदेखि उद्योग नै खोलेर झण्डै ५० जनालाई रोजगारी दिंदै आएको थिएँ’ उनले सुनाइन्, ‘अहिले कोभिडले गर्दा उत्पादन र विक्री पनि घटेको छ, २० जना जतिले मात्रै काम गरिरहेका छन् ।’ सीताले कपडाका लागि चाहिले अल्लोको कच्चा पदार्थ (बोक्रा) संखुवासभा र पाँचथर लगायतका पहाडि जिल्लाबाटै मगाउने गरेको बताइन् । सुरुमा उत्पादनको मार्केटिङ गर्न कठिन भएपनि अहिले सवै कुरा बुझिसकेको उनले बताइन् । उनले आफैं मालिक बनेर उद्योग चलाउने आँटलाई कायम राखेको सुनाइन् । कोभिड १९ को महामारीकै कारण आफ्नो उत्पादनको बजारीकरण गर्न चीन जाने योजना स्थगित गर्नुपरेको बताइन् । अहिले उद्योगमा करीव डेढ करोडको लगानी गरिसकेको जानकारी दिइन् । ‘अहिले अलिक क्राइसिस छ’ सीताले भनिन्, ‘आफुमात्रै उद्यमशिल भएर हुँदैन भन्ने पनि मलाई लागेको छ, त्यहि भएर १२० जना जतिलाई निःशुल्क रुपमा तालिम पनि दिइसकेको छु ।’ सीताले आफ्नो उत्पादनको प्रवद्र्धनका लागि प्रदेश १ मा लाग्दै आएका अघिकांश मेला, महोत्सव र एक्स्पोहरुमा सहभागीता जनाउँदै आएकी छन् । माघ १९ देखि सुरु भएको सीएनआई कोसी एक्स्पोमा पनि उनले स्टल राखेकी छन् । स्टलमा ९ हजार ५०० रुपैयाँसम्म पर्ने अल्लोका कोट, तीन हजार रुपैयाँसम्मका जुत्ता (लेडिज÷जेन्स), एक हजार रुपैयाँसम्मका टोपीहरु बिक्रीका लागि राखेकी छन् । मुलुकभरकै आर्थिक मन्दीको असर व्यापार व्यवसायमा प्रत्यक्ष रुपमा देखिएको भएपनि आफ्ना उत्पादनको अहिलेसम्म सन्तोषजनक रुपमा बिक्री वितरण भइरहेको सुनाइन् । आफ्नो उद्योगको उत्पादन भनेर बजारमा भारतबाट ल्याएको डुब्लिकेट कपडाहरु पनि बिक्री भइरहेको फेला पारेको सीताले बताइन् ।
काठमाडौं, फागुन २२–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र असन्तुष्ट नेता रामचन्द्र पौडेल १ वर्षपछि हुने भनिएको पार्टीको १४औँ महाधिवेशन आफ्नो पक्षलाई बलियो रूपमा उभ्याउन आआफ्नो रणनीति र योजनामा लागेका छन् । पार्टीमा देखिएको गुटगतरसमूहगत विवाद...
विराटनगर । इलाका प्रहरी कार्यालय भाण्टाबारी, सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक दुर्गा बहादुर पोमु लिम्बु उत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लिम्बुलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।प्रहरी...
विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन हुने भएको छ । आउँदो शनिबार विराटनगरको सेन्टर मल र इटहरीमा अडिसन हुने भएको हो । विराटनगरमा दिउँसो १ बजेदेखि...
जनकपुरधाम, २९ चैत-करोना भाइरसको संक्रमणसम्बन्धी परीक्षण गर्नका लागि प्रदेश २ मा हालसम्म कुल ३ सय ६३ जनाको नमुना संकलन गरिएको छ ।अहिलेसम्म कुल ३६३ जनाको स्वाब संकलन गरिएकोमा १ सय ३२ जनाको रिपाेर्ट नेगेटिभ आएको...
विराटनगर । मोरङको बेलबारी नगरपालिका २ किस्तीपुलमा टिफरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गमा बेलबारीबाट बिराटचोक तर्फ जादै गरेको को १ क ३४१७ नम्बरको टिपरले बिपरित दिशाबाट आउदै गरेको को २८...
एजेन्सी, १ कात्तिक ।सन्यासीको भेषमा अपराध लुकाउँदै आएका भारतीय 'बाबा' रामसहित सिंहलाई जन्मकैदको सजाय भएको छ । सोमबार भारतको पञ्चकुल विशेष अदालतले उनीसहित पाँच जनालाई जन्मकैदको सजाय सुनाएको हो । यी पाँचजनाले रञ्जित सिंहको हत्याको गरेको...
बुटवल, २७ वैशाख-दाङमा क्वारेन्टाईनमा बसेकी १ महिलाले जुम्ल्याहा शिशु जन्माएकी छिन् । तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा अनिता यादवले जुम्ल्याहा शिशु जन्माएकी हुन् । २ दिनदेखि क्वारेन्टाइनमा बसेकी यादवले शुक्रबार जुम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन्...
काठमाडौं, २२ असार-सोमबार कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । देशभर १८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्यष मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालमा गरिएको परीक्षणमा...