मेयर कोइरालाकै घरमा चल्यो डोजर, विराटनगरमा अवैध संरचना हटाउन थालियो

 न्यूज विराट
मेयर कोइरालाकै घरमा चल्यो डोजर, विराटनगरमा अवैध संरचना हटाउन थालियो

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ ।
अभियानको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको छ ।

विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभियानको सुरु गरिएको हो । नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याकलगायतका अवैध संरचना हटाएको छ । नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । उनले ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बल प्रयोग गरेर हटाउनु परेको प्रस्ट पारे । “परिवर्तन गर्न आफैंबाट सुरु गर्नुपर्छ भन्ने भनाइलाई चरिचार्थ गर्दै मेरै घरमा रहेका पसल सञ्चालकले बनाएका अवैध संरचना हटाएर अभियान सुरु गरेका छौं,” उनले भने, “विराटनगर अब यथास्थितिमा बस्न सक्दैन, विराटनगर प्रदेशको राजधानी पनि हो । यसलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने हाम्रो लक्ष्य छ । विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गर्दछु ।”


महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो । सार्वजनिक सूचना जारी र पटक–पटक माइकिङ गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बाध्य भएर अभियान सञ्चालन गर्नुपरेको मेयर कोइरालाले बताए । अभियानअन्तर्गत मेयर कोइरालाको घरमा सञ्चालित पसलका साथै महानगर कार्यालय अगाडि रहेका पसल, वडा नम्बर ९ को कार्यालय, बुधहाट चोकस्थित वी प्लटमा अवस्थित पसलमा निर्माण गरेका अवैध संरचना हटाइएको छ । अभियानलाई हरेक दिन सञ्चालन गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।

महानगरले यसअघि १९ वटै वडामा सरसफाई विशेष अभियान, सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप लगाउनेलगायतका अभियान सुरु गरिसकेको छ । महानगरले सुरु गरेको अभियानप्रति विराटनगरको नागरिक समाजले समेत खुसी व्यक्त गरेको छ । उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्षसमेत रहनु भएका नागरिक समाजका अगुवा कृष्णप्रसाद भण्डारी मार्सेलीले महानगरले सुरु गरेको अभियान अत्यन्तै सकारात्मक भएको प्रतिक्रिया दिए । उनले भने, “मेयर नागेश कोइरालाले विराटनगरलाई यथास्थितिमा रहन नदिने जुन उद्घोष गर्नु भएको छ त्यो निकै नै राम्रो पक्ष हो । उहाँले बोलेअनुसार काम पनि सुरुवात भइसकेको छ । यसमा हामी सबैले साथ र सहयोग गर्नुपर्छ ।”


अवैध संरचना हटाउने अभियान महानगरका १९ वटै वटामा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । मेयर कोइरालाले जभाभावी फोहोर गर्ने र बजारको सौन्दर्यकरणमा ह्रास आउने काम गर्नेलाई तत्काल कारबाही गर्ने अधिकार सफाई शाखाका प्रमुख पुनम दाहाल र नगर प्रहरीका प्रमुख राजन पौडेललाई अधिकार दिइसकेका छन् । जथाभावी टाँगेका अनावश्यक केवल र नेटका तार हटाउने अभियान पनि सुरु भइसकेको छ । केही दिन अघि केवल प्रदायक संस्थाका प्रतिनिधिहरूलाई बोलाएर मेयर कोइरालाले तारलाई तत्काल व्यवस्थित गर्न दिर्नेशन दिएका थिए ।

सम्बन्धित समाचार

कोशी अस्पतालको पिसिआर मेसिन विग्रियो

विराटनगर, साउन १३–कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेकै समयमा कोशी अस्पताल विराटनगरको पीसीआर मेशिनमा बिग्रिएको छ । मेशिन बिग्रिएपछि त्यसको मर्मतका लागि काठमाण्डौं पठाउने तयारी थालिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले पीसीआर...

नवीन सिलवाललाई कोशी प्रदेश ब्याडमिन्टनको उपाधि

विराटनगर । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाका नवीन सिलवालले जितेका छन् । विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा विराटनगरमा भएको प्रतियोगिताको उपाधि नवीनले उदयपुरका विनय चौधरीलाई २२–२०,...

संसद्‌को हिउँदे अधिवेशन बोलाउने तयारी

काठमाडौं, १२ मंसिर-संसदको हिउँदे अधिवेशन बोलाउने तयारी सुरु भएको छ । संविधानअनुसार अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बसिसक्नुपर्ने हुन्छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले सरकारले अधिवेशन बोलाउन गृहकार्य...

बीपी प्रतिष्ठानमा विर्तामोडकी संक्रमित महिलाको मृत्यु

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । संक्रमणका कारण प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा झापाको विर्तामोड–८ की ४५ वर्षीया महिलाको गएराति १२ बजेर २५ मिनेटमा मृत्यु भएको हो...

‘प्याब्सन विराट कप’ : ग्रेडेड, विराट शिक्षा, सेन्टजोसेफ, देवकोटा र मदरल्याण्ड स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा विराट शिक्षा स्कुलले ओडिसि स्कुललाई ६–० गोलले...

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा झापा र सुनसरी विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा झापा र सुनसरी विजयी भएको छ । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा झापाले इलामलाई ६ विकेटले पराजित गरेको छ...

नेपाल यादव सेवा समिति गठन, सभापतिमा मुगालाल

विराटनगर । नेपाल यादव सेवा समिति गठन मोरङ गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी उक्त समिति गठन गरेको हो । समितिको सभापतिमा मुगालाल यादव, उपसभापतिमारमानन्द यादव, सचिबमा प्रमोद कुमार यादव, सहसचिबमा...

विराटनगरका ६ पत्रकार कोरोनामुक्त

विराटनगर, भदौ ४-विराटनगरका छ जना पत्रकार कोरोना मुक्त भएका छन् । तीन दिन अघि दिएको स्वाब परीक्षणबाट उनीहरु कोरोना मुक्त देखिएका हुन् । कोरोना जित्ने पत्रकारहरुमध्ये पाँच जना स्थानीय उद्घोष दैनिकमा आवद्ध छन् । पत्रकारहरु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्