‘एभरेष्ट कार्निभल’ हुँदै, १८ वटा स्टलमा २५ हजार बढीले अवलोकन गर्ने
मङ्गलबार, २४ माघ, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरमा रहेको एभरेष्ट एजुकेशन फाउन्डेशनले पहिलो पटक ‘एभरेष्ट कार्निभल’ को आयोजना गर्ने भएको छ । एभरेष्ट कलेज परिसरभित्र माघ २७ देखि २९ गतेसम्म ‘एभरेष्ट कार्निभल’ गर्ने भएको हो ।
एभरेष्ट एजुकेशन फाउन्डेशनले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी एभरेष्ट कानर्भलको तयारी तिव्र रुपमा भएको जानकारी गराएको छ । यस कार्निभलको दौरान दुई दिन अभिभावक दिवस समेत मनाईने एभरेष्ट स्कुलका संस्थापक प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए । उनका अनुसार पहिलो दिन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाको प्रमुख आतिथ्यतामा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थी र तिनका अभिभावकका बिच दिवस मनाइने छ । यस कार्यक्रममा तिनै कक्षाका विद्यार्थीले आ–आफ्ना कला समेत प्रस्तुत गर्नेछन् । यस्तै दोस्रो दिनका कक्षा ६ देखि १२ सम्मका विद्यार्थी र अभिभावकको उपस्थितीमा सामाजिक विकास मन्त्रि बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा अभिभावक दिवस सम्पन्न गरिनेछ ।
यसैगरि कार्निभलको आकर्षणका रुपमा एकैपटक एक सय जनाले अवलोकन गर्न मिल्ने प्लानेटेरियम राखिनेछ । विद्यार्थीहरुद्वारा तयार पारिएका ५० भन्दा बढी विज्ञान, गणीत तथा व्यवस्थापन विषयसँग सम्बन्धित परियोजनाहरु प्रर्दशनीमा राखिनेछ । कलेज परिसरमा १८ वटा स्टलहरु राखिने प्रिन्सिपल पुरीले बताए । ति स्टलहरुमा विभिन्न अन्वेषणात्मक परियोजनाहरुको प्रर्दशनी, कलाप्रदर्शनी, मिनिम्युजियम, पुस्तकप्रदर्शनी, विद्यार्थीहरुद्वारा सञ्चालित खानाका स्टलहरु, फेस पेन्टिङ स्टल, एभरेष्ट एचिभमेन्ट ग्यालरीका साथै नोवल अस्पतालसँगको सहकार्यमानिःशुल्क स्वास्थ्यशिविर समेत रहने भएको छ । कार्निभल हरेक दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालनहुनेछ ।
कार्निभलको दौरानमा विद्यार्थीहरुले नृत्य, गायन तथा अन्य साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुनेछन् । तीन दिवसीय कार्यक्रमको अन्तिमदिन माघ २९ गते विद्यार्थीहरुको सांगितिक प्रस्तुति सँगै ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । गायक कालिप्रसाद बाँस्कोटा, गायिका अस्मिता अधिकारी र अञ्जु गौतमको सांगितिक कन्र्सटको समेत आयोजना रहनेछ । ‘हरेक क्षेत्रमा विद्यार्थीहरुको प्रत्यक्ष सहभागितामा गरिने यस्ता गतिविधिले उनीहरुमा अन्तर निहित क्षमताको प्रस्फुटन गर्न सघाउ पुग्ने निश्चित रहेको छ,’ प्रिन्सिपल पुरीले भने, ‘विद्यार्थीहरुको शैक्षिक, सामाजिक, साँस्कृतिक उन्नयन गर्दै व्यतिmत्व विकास, चारित्रिक निर्माण तथा नेतृत्व कौशललाई मजवुत बनाउन यो कार्निभलम हत्वपूर्ण कोसे ढुङ्गा सावित हुने हामीले विश्वास लिएका छौं ।’
यस कार्निभलमा विद्यार्थी, अभिभावक तथा विराटनगरका बुद्धिजिवी र आम जनसमुदाय गरी करिब २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एभरेष्ट एजुकेशन फाउण्डेसनले विशेष महत्वका साथ आयोजना गर्न लागिरहेको यस कार्निभल भव्य र सभ्य तरिकाले गर्ने उनले बताए ।
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई सरकारले ल्याएका घातक अध्यादेशविरुद्ध एकजुट हुन, संसदभित्र र बाहिर रहेका दलहरू पनि जोडेर मोर्चा बनाउन अग्रसरता लिन आग्रह गरेक छन् । सरकारले ल्याएका अध्यादेशविरुद्ध...
विराटनगर, १३ माघ । फर्जी कर्मचारी देखाएर मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको लाखौं रुपैयाँ अपचलन गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित दुई जना पक्राउ परेका छन् । विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय...
विराटनगर, जेठ ६-धनकुटामामा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो । सोमबार धनकुटा अस्पतालमा...
सप्तरी, २ असोज-सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने २ जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी–७ का १९ वर्षीय रञ्जित मण्डल...
एजेन्सी, जेठ २-बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । विश्वकै ठूलो रोहिंग्या शरणार्थी शिविरमा कोरोना भाइरस प्रवेश गरेपछि त्यसले ठूलो संकट ल्याउन सक्ने चेतावनी दिइएको छ । शरणार्थी शिविरमा...
नेकपाको ओली समूहले प्रदेश १ को प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव अघि बढ्ने भएपछि आइतबार ओली समूहका सांसदहरुले प्रदेशसभा बहिष्कार गर्ने भएका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको...
विराटनगर, २२ फागुन । मोरङको रंगेली नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । सोमबार रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा पुरस्कार वितरण गर्दै प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको उपाधी...
विराटनगर, ५ माघ । सुनसरीको बर्जु महोत्सवमा मंगलबार भएको तोडफोड र आगजनीमा विराटनगरको एस एम साउण्ड सिस्टमको करिब एक करोड मुल्य बराबरको क्षती भएको छ । विराटनगर घोघापुलस्थित एस एम साउण्ड सिस्टमका सञ्चालक जाहिद हुसेनले...