राशिफल

मोरङमा लोकतान्त्रिक समाजवादीको समानान्तर समिति

 न्यूज विराट
मोरङमा लोकतान्त्रिक समाजवादीको समानान्तर समिति

विराटनगर, ३ माघ । लोकतान्त्रिक समाजवादी, नेपालको मोरङमा समन्वय समिति समानान्तर रूपमा गठन भएको छ । समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कार्य सञ्चालन सुरु गरेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा केन्द्रीय संयोजक महन्थ ठाकुरले विधानविपरीत एकलौटी रुपमा मोहम्मद कादिरको संयोजक समिति गठन गरेकामा विरोध गरेका छन् ।

प्रदेश उपाध्यक्ष कामेश्वर रौनियारले बहुमत सदस्यहरूको भेलाबाट इनामुल हक अन्सारीको संयोजकत्वमा गठन गरिएको ३१ सदस्यीय मोरङ कार्यसमितिलाई मान्यता दिनुपर्ने माग गर्दै दबाबमूलक कार्य गर्ने बताए । उनले पार्टीलाई तहसनहस पार्न र मोरङमा रहेको सङ्गठन विस्तारमा अवरोध सिर्जना गर्न केन्द्रले उक्त निर्णय गरेको आरोपसमेत लगाए ।

संयोजक अन्सारीले गएको पुस २४ गते केन्द्रीय सदस्य, प्रदेश सदस्यलगायत १२५ जना अगुवा कार्यकर्ताहरूको भेलाले विधानअनुसार आफूलाई संयोजक घोषणा गरेमा त्यसलाई केन्द्रले मान्यता दिनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा मङ्गलबार पार्टी कार्यालय स्थापना गरी सङ्गठन विस्तार कार्यमा लाग्ने उनले बताए ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...