सीएनआई कोशी एक्स्पोमा चार सय स्टल रहने

 न्यूज विराट
सीएनआई कोशी एक्स्पोमा चार सय स्टल रहने

विराटनगर । सीएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर – २ शंकरपुरमा माघ १९ देखि २८ गते सम्म संचालन हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो ।

आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी एक्स्पो तयारी तिब्र भएको बताएको छ । एक्स्पोमा वृहत रुपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य मिल तथा मेसिनरी औजार, अटो, सेवा क्षेत्रलगायत उपभोग्य वस्तुका ४ सय स्टलहरु रहने उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरले बताए । एक्स्पोले चौतर्फी मन्दी छाएको आर्थिक क्षेत्रलाई केही सहयोग पुग्ने उनले बताए । एक्स्पोमा अत्याधुनिक ह्याङ्गर (डोम) हरुमा उत्पादनका क्षेत्रहरु अनुसाल अलग–अलग रुपमा वस्तु तथा सेवाको अवलोकन र खरिद गर्न सकिने अध्यक्ष घिमिरले बताए ।

यस्तै आफ्नो उत्पादनको प्रबद्र्धन गर्न उचित अवसर नपाएका कतिपय स्थानीय तहका उद्यमीहरुलाई पनि एक्स्पोमा स्टल राख्ने अवसर दिइएको छ । ती स्थानीय तहबाट घरेलु, महिला, लघु, साना तथा कृषिक्षेत्रका उद्यमीले निःशुल्क स्टल प्राप्त गर्ने बताइएको छ । त्यसरी स्टल राख्ने उद्यमिका लागि सम्बन्धीत स्थानीय तहले एक्स्पोको प्रबद्र्धनमा सहयोग गर्नेछन् ।
यस्तै एक्स्पोमा वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी लगायतका औद्योगिक क्षेत्रका ठूला उद्योग र उत्पादन ब्राण्डहरु पनि रहने जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष घिमिरेले नेपालका छिमेकी देशहरु भारतको बिहार, जोगवनी, बथनाहा, फारवीसगञ्ज, अररिया, रानीगञ्ज, वीरपुर, भिमनगर, बंगाल सिलगुडीबाट समेत ५० हजार माथि अवलोकनकर्ता एक्स्पोमा आउने लक्ष्य लिएको बताए ।


एक्स्पोलाई रोचक र ज्ञानबद्र्धक बनाउने उद्देश्यले सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि प्लानेटेरिय स्थापना गरिएको छ । विशेष किसिमको कक्षभित्र ३६० डिग्रीमा सौर्यमण्डल अवलोकनको व्यवस्था गराइने, विभिन्न उमेर अनुसारको दर्शकको समूह बनाएर अन्तरिक्षमा भएका ग्रहहरु र तारामण्डलको बनावत र त्यसको चक्रबारे जानकारी गराइने पनि आयोजकले जनाएको छ । ‘यसबाट विशेष गरी विद्यार्थीहरुले हाम्रो सौर्यमण्डलबारे ज्ञान हासिल गरी विज्ञानप्रति विश्वास बढ्ने र उनीहरुलाई त्यसको अध्ययनमा आकर्षण थप्ने विश्वास लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।


एक्स्पोले बिहान ११ बजेदेखि ३ बजेसम्मका लागि प्रतिव्यक्ति १ सय रुपैयाँको टिकट शुल्क र विद्यार्थीको लागि भने ५० रुपैयाँ तोकेको छ । साँझको सांस्कृतिक कार्यक्रमका लागि भने प्रवेश शुल्क २ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । मेलामा ३ करोड बराबरको खर्च हुने आयोजकको भनाइ छ । यस्तै त्यतिनै बराबरको आम्दानी गर्ने आफूहरुको लक्ष्य रहेको अध्यक्ष घिमिरेले बताए । मेलामा देश तथा विदेशका गरी ३ ाख ५० हजार बढी मानिसले अवलोकन गर्ने अनुमान आफूहरुको रहेको आयोजकको दाबी छ ।
एक्स्पोको मुख्य प्रायोजकमा रमपम तयारी चाउचाउ रहेको छ भने प्रायोजकहरुमा केएल दुगडए र म्याजिक जुत्ताचप्पल रहेको छ । यस्तै सहप्रायोजकमा सेन्चुरी स्पाइस एण्ड स्न्याक्स, चौधरी ग्रुप (सिजी), क्लालिटी बिस्कुट, रुस्लान र क्लिन कन्क्रृत नेपाल रहेका छन् ।

एक्स्पोलाई नेपाल सरकारको कृषि, उद्योग, पर्यटनसँग सम्बन्धीत मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड र १ नम्बर प्रदेश सरकारअन्तर्गतका उद्योग, कृषि तथा सहकारी, सामाजिक विकास, पर्यटन वन तथा वातावरण मन्त्रालय, विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, सुनसरीको दुहबी नगरपालिका, मोरङको बुढीगंगा गाउँपालिकाले प्रबद्र्धनमा सहयोग गरेका छन् ।

सम्बन्धित समाचार

अवैध भारतीय मदिरा ‘सिक्कम गोल्डेन’ बरामद

विराटनगर, १० चैत । झापा बुद्धशान्ति गाउँपालिका-४ बर्ने स्थित राजमार्गबाट अबैध रुपमा ल्याएको भारतिय मदिरा बरामद गरिएको छ । सोमबार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा...

मोरङमा ३९८ सहित प्रदेश १ मा ७६३ जना संक्रमित थपिए

विराटनगर, ९ जेठ । प्रदेश १ मा आज ७६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३–३, र भोजपुरमा...

देशैभर पानी पर्ने संभावना, यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौं, कात्तिक १ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर पानी पर्ने जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही...

अब विपन्न संक्रमितको मात्र सरकारले उपचार गर्ने

काठमाडौं, २९ भदौ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब तथा विपन्नको मात्र उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको छ । आइतबार मन्त्री भानुभक्त ढकालसहित बसेको बैठकले गरिब र विपन्नको मात्र उपचार गर्ने निर्णय गरेको हो । 'मन्त्रालयले...

१८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुग्यो, काठमाडौं ल्याउने तयारी

काठमाडौं, १ जेठ । १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त सिलिण्डर नाकासम्म आइपुगेको हो । नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा...

बेपत्ताकाे खाेजीमा खटिएका प्रहरी चढेकाे डुङ्गा दुर्घटना, १ जना घाइते

काठमाडाैं, १ साउन-मेलम्ची खानेपानी आयोजनाको गेट फुटेर हराइरहेकाहरूकाे खाेजीमा खटिएकाे सशस्त्र प्रहरीको डुङ्गा दुर्घटनामा परेकाे छ ।मंगलबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको अम्बाथान अडिटको १७ नम्बर गेट फुटेर निस्किएको पानीले २ जनालाई बेपत्ता पारेकाे थियाे । उनीहरूकाे खाेजीमा विपद्...

भारतले फिर्ता लग्यो काठमाडौंमा रोकिएका आफ्ना नागरिक

काठमाडौं, २२ जेठ-भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ ।विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ । लामो समय जारी रहेको...

मुल पार्टी कुन हो भन्ने आजबाट टुंगो लाग्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुल पार्टी कुन हो भन्ने आजबाट टुंगो लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आफ्नो समूहको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अझै मुल पार्टी कुन हो भन्ने शंका छ र ?...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्