अवैध भारतीय मदिरा ‘सिक्कम गोल्डेन’ बरामद

 न्यूज विराट
अवैध भारतीय मदिरा ‘सिक्कम गोल्डेन’ बरामद

विराटनगर, १० चैत । झापा बुद्धशान्ति गाउँपालिका-४ बर्ने स्थित राजमार्गबाट अबैध रुपमा ल्याएको भारतिय मदिरा बरामद गरिएको छ । सोमबार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा लिई चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई राखेर ल्याएको भारतिय मदिरा SIKKIM GOLDEN नामक ८४ बोतल र फायरबल ११ बोतल फेलापारी बरामद गरेको हो ।

बरामद गरिएको मदिरा, भेन र भेन चालक ईलाम सुर्योद्धय-२ का २८ बर्षीय प्रकाश खड्कालाई आवश्यक कारबाहीका लागी श्री आन्तरिक राजश्‍व कार्यालय चन्द्रगढी झापामा बुझाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो

चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी ९घोल० भित्र गैँडा मृत भेटिएको हो । भाले गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ...

अयोध्याका विषयमा थप अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २४ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा अध्ययन गर्न आग्रह गरेका छन् । उनले शुक्रबार माडी नगरपालिका-९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीको भनाइ...

प्याब्सन स्पोर्ट्स मिटको उपाधि एभरेष्ट र पूर्वाञ्चल ऐकेडेमीलाई

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैचा नगरपालिका ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमीले जितेको छ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आइतबार राती सम्पन्न प्रतियोगितामा...

चुच्चे नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गरी प्रकाशकमाथि कडा कार्वाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, जेठ २६ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चुच्चे नक्साको ठाउँमा पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिनुभएको छ । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा...

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

विराटनगर, ९ पुस-धनकुटामा बसको ठक्रबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । धनकुटा नगरपालिका–९ रुद्रबारी पाँखा टोल बस्ने ५० बर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको हो । बिहिबार बिहान धनकुटा–७ जिरो प्वाईन्टमा को...

प्रदेश १ बाट एकै दिन ३० जनाले जिते कोरोना

विराटनगर, जेठ २२–प्रदेश १ बाट बिहिबार ३० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ मा उपचाररत ३ जना डिस्चार्ज भएको...

विराटनगरमा १५ सहित प्रदेश १ मा २०१ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

विराटनगर, २७ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण भएको छ । ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा संक्रमण देखिएको सामाजिक विकास...

लकडाउन ७ दिन थप्ने उच्चस्तरीय समितिको निर्णय, आज ४ बजेको मन्त्रिपरिषद्ले अनुमोदन गर्दै

‘लकडाउन’को अवधि आगामी ३ वैशाखसम्म लम्बिने भएको छ । आइतबार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले ‘लकडाउन’ अवधि थप ७ दिनलाई थप्नको लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे । सोही निर्णय अनुमोदनसहित अन्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्