अखाद्यय उत्पादन गर्ने मोरङका ६ उद्योग विरुद्ध मुद्दा

 न्यूज विराट
अखाद्यय उत्पादन गर्ने मोरङका ६ उद्योग विरुद्ध मुद्दा

विराटनगर । न्युन गुणस्तरको बस्तु उत्पादन गरेको पुष्टि भएपछि मोरङका आधा दर्जन उद्योगविरुद्ध मुद्दा दायर भएको छ ।

खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यनु गुणस्तको बस्तु उत्पादन गर्दै बजार पढाउने ६ वटा उद्योगविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

न्यून गुणस्तरको खाद्यबस्तु उत्पादन गरी उपाभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने उद्योगहरू मोरङका रहेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रयोगशालामा उद्योगहरूबाट उत्पादन भएको खाद्यबस्स्तुको नमूना संकलन गरेर ल्याब परीक्षण गर्दा न्यून गुणस्तरको पुष्टि भएपछि मुद्दा दायर गरेको कार्यालय प्रमुख राज कुमार परिजालले जानकारी दिए । खाद्ययले विराटनगर १९ मा रहेको शिखर अर्गनाइजेशन लि. बाट उत्पादन हुने मकै न्युन गुणस्तरको पुष्टि भएपछि ५० हजार रुपैयाँ जरिवना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गर्दै मोरङ अदालातमा साउन ३० गते मुद्दा दायर गरेको उनले बताए ।
यस्तै चौपायको आहार उत्पादन गर्ने मोरङको बुढीगंगा गाउँपालिका २ टंकिस्थित नेपाल बलहोप एग्रप्ी टेक प्रापलिले दूषि दाना पदार्थ उत्पादन गरी बिक्री वितरण गरेको पाइएपपछि ५० हजार रुपैयाँसम्म जरिवना वा १ महिनादेपखि १ वर्षसम्मको कैद सजायको माग दाबी लिएर जिल्ला प्रशासन कार्यालय मोरङमा साउन ३० गाते मुद्दा दायर गरेको छ । यस्तै प्राषोधित पिउने पानीमा लेबल नभएको भेपटिएपछि विराटनगर १३ स्थित रुपसान प्रशोधित खानेपानी उद्योग विरुद्ध ५० हजार जरिवना वा पाँच वर्षसम्म वा दुवै सजायको माग दाबी राखेर मोरङ अदालातमा मुद्दा दायर गरेको छ ।

यस्तै टोमेटो केचप उत्पादन गर्ने बुढीगंगाको दुगढ स्पाइसेस एण्ड फुड प्रोडक्स प्रालिले न्यून गुणस्तरको खाद्य बस्तु उत्पादन गरी बजारमा बिक्रीको पढाउने गरेको पाइएपछि ५० हजार रुपैयाँसम्म जरिवना वा पाँच वर्षसम्मको कैद सजायको माग दाबी लिएर मोरङ अदालातमा कार्तिक ३ गते मुद्दा दायर गरिएको खाद्य कार्यालयले जनाएको छ । खाद्य प्रविधिले दायर गरेकोे मुद्दा बिचारधिनमा रहेको छ । फैसला हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा पनि एक दर्जन उद्योगले उँत्पादन गरेको खाद्यबस्तु कम गुणस्तरको भेपटिएपछि अनुसन्धान सुरु गरिएको कार्यालय प्रमुख रिजालले बताए । कार्यालय प्रमुख रिजालले आथिक वर्ष २०७९÷०८० को दोस्रो त्रैमासिक प्रगति बिवरण सोमबार सार्वजानिक गर्दै हालसम्म १४७ वटा उद्योगहरु अनुगमन गरेको जानकारी गराए । खाद्य दाना उद्योगको अनुज्ञापत्र जारी नवीकरण तथा उद्योग सिफारिस ४ सय ६ वटा गरिएको छ ।

सम्बन्धित समाचार

जेभियर्स स्कुलमा प्रविधिमैत्री प्रर्दशनी

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ ؘसखमाहास्थित जेभियर्स स्कुलमा एक दिने प्रविधिमैत्री प्रर्दशनी आयोजना गरिएको छ ।स्कुल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरि आटिफिसियल ईन्टिलेजन्स र कोडिङ रोबटिक्स प्रर्दशनी आयोजना गरिएको हो ।जेभियर्स स्कुलमा...

विराटनगरमा आदिवासी जनजातीहरुको मौलिक नृत्य (फोटो फिचर)

विराटनगर । विराटनगर महानगरपालीका भित्र बसोबास गर्दै आएका आदिवासी जनजातीहरुले आफ्नो पहिचान सहितको भेषभूषा तथा बाजागाजा सहितको नृत्य प्रस्तुत गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सचिवालय विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको...

बाल गृहका बालवालिकालाई औषधी र खाद्यान्य वितरण

विराटनगर, बैशाख २७–उर्लाबारी नगरपालिका– ७ स्थित महिला विकास तथा बालबालिका चेतना केन्द्र द्वारा सञ्चालित नमूना बाल गृहमा रहेका बालवालिकाहरूको लागि निःशुल्क स्वास्थ्य शिविर तथा खाद्यान्य वितरण गरिएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाको...

ग्रेडेड स्कुलका विद्यार्थीले उडाए ड्रोन (फोटो फिचर)

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरुले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा सोमबार सफल परीक्षण गरेको हो । कक्षा दशमा...

सरकारलाई काभ्रेलीका तर्फबाट ‘डल्लै’ धन्यवाद : गोकुल बाँस्कोटा

काभ्रेपलाञ्चोक, जेठ २५-प्रतिनिधिसभा सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई सम्पूर्ण काभ्रेपलाञ्चोकका जनताले ‘विशेष धन्यवाद’ दिएको बताएका छन् । उनले भर्खरै सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेटले काभ्रेली जनता उत्साहित...

उपराष्ट्रपति पुनको कोरोना परीक्षण

काठमाडौं, ३० वैशाख-संघीय संसद्को छैठौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ । संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार कोभिड–१९ परीक्षणका लागि...

१९ पदक जित्ने कोशीका तेक्वान्दो खेलाडीलाई सम्मान

विराटनगर । कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघले पदक जित्ने तेक्वान्दोका खेलाडीहरुलाई सम्मान गरेको छ ।भारतको हैदरावादमा सम्पन्न भएको ७ औं दीक्षण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा कोशी प्रदेशबाट छनौट भएर पदक ल्याउने खेलाडीहरुलाई सम्मान गरेको हो...

महाअभियोगबारे चोलेन्द्रले खोले मुख

काठमाडौं, फागुन २ । संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्‍याएर आफूलाई हटाउन चुनौती दिनुभएको छ । सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै झन्डावाल गाडी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्