राशिफल

प्रदेश १ मा सत्ता गठबन्धनबाट नेकपा (एस) की जयन्ती राई विजयी

 न्यूज विराट
प्रदेश १ मा सत्ता गठबन्धनबाट नेकपा (एस) की जयन्ती राई विजयी

विराटनगर, १२ माघ । बुधबार भएको राष्ट्रियसभा निर्वाचनममा प्रदेश १ मा सत्ता जगठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा (एस) की नेतृ जयन्ती राई विजयी भएकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीलाई पराजित गरेकी हुन् ।

मत परिणामअनुसार निर्वाचित राईले ५२ जना प्रदेशसभा सदस्य र १२२ स्थानीय तहका प्रमुख उपप्रमुखको मत प्राप्त गरेकी छिन् । उनले कुल ४ हजार ६ सय ९२ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए ।

सत्ता गठबन्धनसँग ५० जना प्रदेशसभा सदस्य रहे पनि राईले अतिरिक्त दुई जना प्रदेशसभा सदस्यको मत पनि प्राप्त गरेको देखिएको छ । प्रदेशसभामा सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा (एस) को १०, जनता समाजवादीको ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक गरी कुल ५० सिट छ । तर, राईले त्यसभन्दा बढी थप २ जना प्रदेशसभा सदस्यको मत पनि प्राप्त गरेकी छिन् ।

एमालेबाट उम्मेदवार बनेकी राईकी निकटतम प्रतिद्वन्द्वी सुमित्रा भण्डारीले ३८ जना प्रदेशसभा सदस्य र १४१ स्थानीय तहका प्रमुख/उपप्रमुखको मत प्राप्त गरिन् । उनले प्राप्त गरेको कुल मतभार ४ हजार ३ सय ६२ छ ।

प्रदेश १ मा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५२४ मतभार थियो । तर, भण्डारीले त्यसभन्दा कम मत प्राप्त गरिन् । प्रदेशसभामा एमालेका ४१ सांसद रहे पनि भण्डारीले ३८ जनाको मात्र मत प्राप्त गरिन् । अदालतबाट सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भई प्रहरीको फरार सूचीमा रहेकी एमाले सांसद गुलेफन खातुन अनुपस्थित भइन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रञ्जु प्याकुरेलले चार स्थानीय तहका प्रमुख/उपप्रमुखको ७२ मतभार प्राप्त गरिन् । तीन मत बदर भएको निर्वाचन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...