आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक जना वृद्धाको मृत्यु

 न्यूज विराट
आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक जना वृद्धाको मृत्यु

विराटनगर । विराटनगर – १० लालिगुरास चौकमा आगोमा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । ८० वर्षीया देवी यादवको आगो ताप्ने क्रममा जलेर आज विहान साढे ७ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

जाडो बढेपछि वृद्धा महिला आगो बालेर बसेकी थिइन् । तेही क्रममा आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । वृद्धा महिलाको दुई छोरा र बुहारी छिन् । ‘छोरा धिरेन्द्र विहान दुध लिन गएका थिए । बुहारी कोठामा थइन् । वृद्ध आमालाई औषधी दिन जादा आगो सल्केको रहेछ,’ घटनास्थलमा रहेका विराटनगर १० का वडाअध्यक्ष अर्जुन गिरीले भने ।

वृद्धा फलामको मकरमा आगो ताप्ने गरेकी थिइन् । उनले लगाएको कपडाबाट आगो सल्किएको प्रराम्भिक अनुमान रहेको छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपेन्द्र पन्जियारको नेतृत्वमा प्रहरी टोली पुगेको छ । घटनाको अनुसन्धान सुरु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठेले बताए ।

सम्बन्धित समाचार

गण्डकी प्रदेशद्वारा स्वास्थ्य कर्मचारीका सबै बिदा रद्द, राजीनामासमेत स्वीकृत नगर्ने

कोरोना भाइरसको संक्रमण विश्‍वव्यापी रुपमा फैलिएको र नेपालमासमेत बढेको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा  कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल 'कोमविसाप' गठन गरिएको छ । समाजका सबै क्षेत्रका व्यक्तिहरूलाई प्रतिनिधित्व गराइएको समितिले कोरोना महाव्याधीका कारण सिर्जित...

कोरोना कहरकाबीच मजदुरीका लागि भारत जानेको लर्को

सर्लाही, ७ असोज-कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदुरी गर्न फेरि भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरू भारततर्फ जान लागेका हुन् । खुला सीमा...

लिदी पहिरो : विस्थापितलाई सेलाङको बाँसखर्क सारिँदै

सिन्धुपाल्चोक, ६ भदौ-लिदी पहिराका विस्थापितलाई स्थानान्तरण कार्य थालिएको छ । जुगल गाउँपालिका-१ सेलाङको बाँसखर्कमा सार्ने तयारी गरिएको हो । हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । सबै...

संक्रमणमुक्त हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं, २२ भदौ-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । आज थप १ हजार ७ सय ३६ जना संक्रमित डिस्चार्ज भएका घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर फर्किनेको...

कोरोना संक्रमणबाट पूर्वसभामुख महरा पत्नी सीताको निधन

काठमाडौं, १९ कात्तिक-कोरोना संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएको छ । भेन्टिलेटरमा उपचारका क्रममा पत्नी सीता महराको ५९ वर्षमा बुधबार बिहान ६ः१५ मा निधन भएको हो । उनी माइस्थेनिया नामक रोगबाटसमेत विगत १०...

आज सुनचाँदी अहिलेसम्मकै महँगो 

काठमाडौं, ९ साउन -शुक्रबार सुनको मूल्य इतिहासकै महँगो भएको छ । एकैदिन तोालमा १३ सय रुपैयाँले बढेर सुनको मूल्य इतिहासकै महँगो भएको हो । बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला...

मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन

विराटनगर । मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरू भएको छ । विराटनगर २ स्थित शंकरपुर मार्गमा शुक्रबारदेखि एक्स्पो सुरू भएको हो । एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे । पुस १६ गतेसम्म सञ्चालन हुने...

नेकोस कोशी प्रदेशको अध्यक्षमा उद्योगी राठी

विराटनगर । नेकोस राष्ट्रिय आईटीए तेक्वान्दो संघ कोशी प्रदेशको अध्यक्षमा उद्योगी अरुण राठीलाई निर्विरोध निर्वाचित भएका छन् ।नाकोसको विराटनगरमा मंगलबार भएको प्रथम सम्मेलनले राठीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा सन्तोषकुमार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्