उद्योगी व्यवसायीको आन्दोलन तत्काल स्थगित, अर्थमन्त्रीले बोलाए बार्तामा

 न्यूज विराट
उद्योगी व्यवसायीको आन्दोलन तत्काल स्थगित, अर्थमन्त्रीले बोलाए बार्तामा

विराटनगर । बैंकको चर्को ब्याजदर विरुद्ध निरन्तर आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीहरूले तत्काल आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् ।

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले ब्याज दर वृद्धिविरुद्ध आन्दोलनमा रहेका विराटनगरका व्यवसायीलाई वार्ताका लागि बोलाएपछि तत्कालको लागि आन्दोलन स्थगित गरेका हुन् ।
मन्त्रीको निम्तोपछि मोरङका तीन मुख्य व्यावसायिक संस्थाले ब्याजवृद्धि विरूद्धको आन्दोलनलाई स्थगित गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआईको प्रदेश नम्बर १ समिति गत बिहीबारदेखि आन्दोलनरत थिए ।
चर्को ब्याज वृद्धिका साथै राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गनिर्देशनको विपक्षमा व्यवसायी थिए । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या राखिसकेको छ ।
अर्थतन्त्र निक्कै कमजोर रहेको र त्यसलाई सुधार गर्नुपर्ने पौडेलले मन्त्री हुनुअघि नै एक कार्यक्रममा बताएका थिए । मन्त्री भएलगत्तै उनले व्यवसायीसँग वार्ताको पहल गरेका हुन् ।

आन्दोलनमा उत्रिएका व्यवसायीले बिहीबार र शुक्रबार नेपाल राष्ट्र बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको मुख्य प्रवेशद्वारमा प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरूले सोमबार बिहानैदेखि सोही प्रवेशद्वारमा धर्ना दिएर कर्मचारीलाई प्रवेश गर्न दिएका थिएनन् । फलतः सोमबार कार्यालयको काम ठप्प भएको थियो ।
व्यापार संघका अध्यक्ष नवीन रिजालले मन्त्री पौडेलले वार्तामा बोलाएपछि आन्दोलनको कार्यक्रम तत्कालको लागि स्थगित गरेको बताए । ‘उहाँले सपथग्रहण गरेको केही समयमै मसित उहाँको टेलिफोन–वार्ता भयो,’ अध्यक्ष रिजालले भने, ‘मन्त्रीज्यूले हामीलाई आन्दोलन स्थगित गरेर वार्तामा आउनूस् भन्ने आह्वान गर्नुभयो । हामी तीन वटै संस्थाका प्रतिनिधि आजै साँझ काठमाडौं पुग्दैछौं ।’
रिजालले वार्तामा बोलाइएका कारण तत्कालका लागि प्रदर्शनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
‘सरकार र राष्ट्र बैंकसित हाम्रो वार्ताको बटम लाइन एकल अंकको ब्याजदर हुनेछ,’ उनले भने, ‘बैंकहरूले जथाभावी रूपमा असुल गरिरहेको नवीकरण शुल्क घटाउने पनि हाम्रो मुख्य माग हुनेछ ।’
नयाँ सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले पनि ‘वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने’ निर्णय गरेको थियो ।
रिजालले बैंकको ब्याजलाई एकल अंकमा ल्याउने टुल्सहरू भएको उल्लेख गर्दै यसका लागि संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत कायम गरिनुपर्ने बताए ।

त्यस्तै स्प्रेडदर घटाउने तथा बैंकर र व्यवसायीलाई अलग–अलग गर्नुपर्ने माग पनि जोडदार ढंगले उठाइने उनले सुनाए ।
रिजालले मन्त्री पौडेलसित स्वदेशी बजारको प्रवर्द्धनका लागि देशभरि मौलाएको अवैध–आधातको नियन्त्रणका लागि सशक्त आग्रह गरिने स्पष्ट पारे ।

सम्बन्धित समाचार

पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ घट्यो

विराटनगर । नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच घटाउने भएको हो । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा...

झापाको दमकका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि

झापा,  २० असोज-झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा...

लकडाउन थप प्रभावकारी बनाइने

सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणविरुद्ध घोषणा गरेको लकडाउन प्रतिकार्य अभियान प्रभावकारी बनाउँदै लैजाने तयारी भएको छ । नागरिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई लकडाउनलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको हो । कोरोना सङ्क्रमित थप अर्को व्यक्ति...

कोशी प्रदेश सरकारको १०० दिनको उपलब्धी सार्वजानिक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उनले आफूले सय दिनभित्र गरेका ६० काम सार्वजनिक गरेका...

कोशीको मेसुमा पुन : डाक्टर रविराज सिंह, झाको सरुवा नारयणी अस्पताल

विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा सह प्राडा. रविराज सिंहले पुन : नियुक्ति भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कोशी अस्पतालको मेसु डा. चन्द्रभाल झालाई हटाएर...

शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने माधव पक्षको निर्णय

काठमाडौं, १७ असार । नेकपा एमालेको माधव नेपाल समूह शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ । एमाले केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा सहभागी हुन पार्टीले माधव नेपाल समूहका नेताहरुलाई २०७५ जेठ २ कै...

नेकपा स्थायी कमिटी : एमसीसीसहित ४ विषयमा हुँदैछ छलफल

काठमाडाैं, १० असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहित ४ वटा एजेन्डामा छलफल हुने भएको छ । कोभिड–१९ उपचार, रोकथाम तथा नियन्त्रण, उपचारसहित, नेपालको सीमा समस्या र...

तत्काल संसद् बैठक बोलाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ३० मंसिरमा जारी अध्यादेश संविधानको मर्म र भावनाविपरीत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्