विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा सह प्राडा. रविराज सिंहले पुन : नियुक्ति भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कोशी अस्पतालको मेसु डा. चन्द्रभाल झालाई हटाएर सिंहलाई बुधबार जिम्मेवारी दिएका हुन् ।
सर्जन डा. सिंह यसअघि पनि कोशी अस्पतालको मेसुको जिम्मेवारी समालेका थिए । उनले चार महिना बढी कोशीको जिम्मेवारी समालेपछि सिंहको ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रभाल झालाई १८ असार, २०८० मा मेसुको जिम्मेवारी दिएको थियो । झाको कार्यकाल एक वर्ष पूरा भएपछि मेसु परिवर्तन गरेको हो । यसअघि सिंह गत फागुन २ गते कोशीको निमिक्त मेसु भएर कार्यभार समालेका थिए । उनको कार्यकालमा न्यूरो सर्जरीका जटिल प्रकारको शल्यक्रिया भएर विरामीको सफल उपचार भएको थियो । सिंहलाई मेसुमा नियुक्ति भएसँगै झाको सरुवा वीरगन्जको नारयणी अस्पतालमा भएको छ ।
संघीय सरकार परिवर्तन भएर स्वास्थ्य तथा जनसंख्या मन्त्री आएसँगै अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन हुने कोशीको पुरानै रोग रहेको छ । स्वास्थ्य मन्त्री परिवर्तन भएपिच्छे मेसु र अस्पताल विकास समिति परिवर्तन हुने गरेको हो ।
विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन स्कुलमा आमा – बुवा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर स्कुल परिसरमा बुधबार आमा बुवा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।...
काठमाडौं, असोज २३ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका जेठान गजेन्द्र हमाल मन्त्री बनेपछि कानुन व्यवसायीहरु न्यायपालिका स्वतन्त्र नरहने निश्कर्षमा पुगेका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विस्तार गरेको मन्त्रिमण्डलमा हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त...
विराटनगर, साउन १७–अस्पताल, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै नेपाल मेडिकल एशोसिएसन कोशीले आकस्मिक बाहेक सबै सेवा बन्द गरी घरबाटै सेवा दिन आग्रह गरेको छ । एशोसिएसनका अध्यक्ष फरवार्ड सिलवालले शनिबार प्रेस विज्ञप्ति...
काठमाडौं, २१ मंसिर-नेकपा अध्यक्ष तथा प्रधानमन्त्री धुम्बाराहीमा बसिरहेको स्थायी कमिटी बैठकमा नआउने भएका छन् । कोरोना भाइरसको संक्रमणको डर रहेको भन्दै प्रधानमन्त्री ओली बैठकमा नआएका हुन् । आजको स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली...
विराटनगर । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको ९५५ क्युफिट काठ घोटला गरेको आरोप लागेको वनका अध्यक्ष छत्रबहादुर लिम्बु विरुद्ध मुद्दा दायर हुने भएको छ । डिभिजन वन कार्यालय मोरङले अध्यक्ष लिम्बु...
जनकपुरधाम, ९ भदौ-देशका अधिकांश स्थानमा पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो र मातहतका १६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्ज क्षेत्रीय डिपोमा कार्यरत चालकसहित १६ जना संक्रमित...
विराटनगर, २९ असार–२ सय ७ औं भानु जयन्तीका अवसरमा प्रदेश १ सरकारले एक दर्जनबढी श्रष्टाहरुलाई सम्मान गरेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा...
जनकपुरधाम, १४ जेठ-प्रदेश २ मा आज ४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये ३८ जनाको स्वाब...