बैंकको चर्को ब्याजदर घटाउनुपर्ने माग राख्दै उद्योगीद्धारा राष्ट्र बैंक अगाडि धर्ना
बिहिबार, ०७ पुष, २०७९,
न्यूज विराट
विराटनगर । बैंकको चर्को ब्याजदर घटाउनुपर्ने माग राख्दै उद्योगी व्यवयासीहरूले विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी धर्ना दिएका छन् ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जन बढी बस्तुगत विभिन्न संघसंस्थाको एकबद्धतामा बिहीबारदेखि राष्ट्र बैंकको कार्यालयमा धर्ना दिएका हुन् ।
राष्ट्र बैंक घेराउ र धर्नाको कार्यक्रम माग पुरा नभएसम्म जारी रहने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । उनीहरूले विहान साढे ९ बजे मोरङ व्यापार संघबाट निस्किएको विरोध ¥यालीले बजार परिक्रमा गर्दै १० बजेदेखि ४ बजेसम्म राष्ट्र बैंकको कार्यालय अगाडी धर्ना दिएर बसेका छन् । उद्योगी व्यवसायीहरूको माग पुरा नभए थप सशक्क्त आन्दोलन अगाडी बढाउने उनीहरूको भनाई छ ।
धर्ना कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राष्ट्र बैंकको मौद्रिक नीतिका कारण नेपालका व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताए । उनले अहिले १६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेडदरलाई ४.४ बाट घटाएर २ प्रतिशतमा नझारेसम्म, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत नबनाएसम्म र चालु पुँजी कर्जा निर्देशिका खारेज नगरिएसम्म आन्दोलन नरोकिने चेतावनी दिए । ‘बन्द हड्तालमा उत्रनु हाम्रो रहर होइन, बाध्यता भयो,’ उनले भने, ‘हाम्रो आवाज सम्बोधन नभएपछि सडकमा जानुपर्ने बाध्यता आइपर्यो । हामी माग पूरा नभएसम्म आन्दोलन जारी राख्नेछौं ।’ नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले राष्ट्र बैंकले खुल्ला अर्थनीतिका नाममा नेपालका वाणिज्य बैंकलाई सामन्त बनाइरहेको आरोप लगाए । अध्यक्ष घिमिरेले राष्ट्र बैंककै आडमा व्यापारिक बैंकहरू चोरी खान पल्किएको टिप्पणी गरे । घिमिरेले अहिलेको विकराल परिस्थिति र व्यापारिक मन्दी ल्याउन सरकार र राष्ट्र बैंक दुवै जिम्मेवार भएको धारणा राखे ।
उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षामा स्प्रेड दर ४ प्रतिशत बनाउने भनिए पनि त्यसलाई किन कार्यान्वयन गरिएन भन्दै आक्रोश व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष मुरारकाले ब्याज घट्न नदिने ठुलो खेलाडी राष्ट्र बैंक नै भएको दाबी गर्दै स्प्रेड दर ४ प्रतिशत बनाउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरे ।
उनले देशैभरका व्यवसायीले चालु पुँजी कर्जा निर्देशिकाको विरोध गरिरहेको उल्लेख गर्दै यस निर्देशिकाले देशको अलिअलि बचेको उद्योग व्यवसायालाई पनि धराशायी बनाउने दाबी गरे ।
मोरङ व्यापार संघका निर्वतमान अध्यक्ष प्रकाश मुन्दडाले चर्को ब्याजदर कायम गरेर राज्यले उद्योगी व्यवसायीहरूको मेरुदण्ड भाच्ने काम गरेको बताए । ‘राज्यले उद्योगी, व्यवसायीहरू चाहिदैन जस्तो गरी हाम्रो मागलाई सुनवाइ गरेको छैन,’ उनले भने, ‘राष्ट्र बैंकको नीतिको कारण अहिले उद्योगधन्दाहरू धरासाही भएको छ ।’ चर्को ब्याजदर तत्काल घटाएर एकल अंकमा नल्याएसम्म आन्दोलन नरोकिने उनले बताए ।
अटोमोवाईल्स एसोसिएशन नेपाल प्रदेश १ का सचिब मनोज विक्रम शाहले उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरुलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताए ।
व्यवसायीले शुक्रबार पनि नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयको प्रवेशद्वारमा धर्ना दिने कार्यक्रम राखेका छन् ।
सुर्खेत, १९ वैशाख-१३१औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभकामना सन्देश दिँदै श्रमजीवि मजदुर वर्गका दैनिक जीविकोपार्जनसँग जोडिएका समस्या सामाधान गर्न आवश्यक कदम चाल्ने बताएका छन् । कोरोना भाइरसका कारणले लकडाउनमा परेका...
काठमाडौं, १७ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको भेलाले ओलीलाई स्थायी कमिटीको बैठकले गरेको निर्णय मान्न निर्देशन दिने निष्कर्ष निकालेको छ । बुधबार दिउँसोबाट सुरु भएको ललितपुरको अगेनो रेष्टुरेन्टमा...
काठमाडौं, १३ वैशाख-कोरोना भाइरसका संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १४ हजार बढी व्यक्ति देशभरका विभिन्न क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न ठाउँमा १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य...
काठमाडौं, ५ कात्तिक-गत २४ घण्टामा नेपालमा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको २० हजार १ सय १८ को पीसीआर गर्दा आज देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना पोजिटिभ...
गुल्मी, २५ जेठ-गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल कोरोनालाई परास्त गरेर शनिबार घर फर्किएका छन् । १२ जेठमा कोरोना सङ्क्रमण पुष्टि भएको उनमा गरिएको परीक्षण रिपोर्टमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको थियो । ८ जेठमा...
काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । जबराविरुद्ध आज संसद सचिवालयमा महाअभियोग माथि ९८ जना सांसदद्धारा हस्ताक्षतिर प्रस्तावदर्ता गरिएको हो । मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध...
विराटनगर । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार ३ खेलमा जित निकाल्दै मोरङ समुह विजेता भएको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा भएको विहिबारको पहिलो खेलमा इलामलाई ८ विकेटले पराजित गर्दै...
विराटनगर । संयूक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब मासिक २५ हजार पुर्याउन माग गर्दै सडक आन्दोलनको कार्यक्रम सुरु गरेको छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था...