आज ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण - News Birat

आज ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण

न्यूज विराट
काठमाडौं, ५ कात्तिक-गत २४ घण्टामा नेपालमा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको २० हजार १ सय १८ को पीसीआर गर्दा आज देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

योसहित संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । जसमध्ये ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित हुन् । त्यस्तै, आज २ हजार ९ सय ९६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ । बुधबार २६ जना संक्रमितको मृत्यु भएको छ । योसहित मृतकको संख्या ७ सय ९१ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles