औद्योगिक क्षेत्रका समस्या समाधान गर्न राष्ट्रिपतिको आग्रह

 न्यूज विराट
औद्योगिक क्षेत्रका समस्या समाधान गर्न राष्ट्रिपतिको आग्रह

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छन् ।
विराटनगरमा बिहीबारबाट सुरू भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताएकी छन् । उनले आगामी दिनमा औद्यौगीकरणका लागि विराटनगरले देशलाई नै सन्देश दिन अग्रसर हुने विश्वास व्यक्त गरिन् ।

विराटनगरमा आर्थिक तथा औद्योगिक विकासको धेरै सम्भावना रहेको बताउँदै उनले रानी–किमाथांका सडकले विराटनगर भारत र चीनसँग सोझै जोड्ने बताइन् । उनले औद्योगिक कच्चा पदार्थका लागि आयातमै निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गरी स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरू स्थापना गर्नु आवश्यक रहेको उनले बताइन् । राष्ट्रपति भण्डारीले उद्योगलाई चाहिने कच्चा पदार्थ देशभित्रै उत्पादन गर्न किसान र उद्योगीबीच समन्वय आवश्यक रहेको बताइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुक विगतमा भन्दा फरक खालको आर्थिक मन्दीबाट गुज्री रहेको बताए । उनले विगतमा भूकम्प, कोरोना र नाकाबन्दीले अर्थतन्त्रमा बाहिरबाट समस्या देखिएको भए पनि यतिबेला सरकार र राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्रभित्रै समस्या देखिएको बताए ।


उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले देशका लागि निर्यात वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योग चाहिएको बताएका छन् । प्याकुरेलले कोभिडपछिको मन्दीले सबै उद्योग प्रभावित भएकाले समग्र अर्थतन्त्रमा नै समस्या देखिन थालेको स्पष्ट पारे । प्याकुरेलले विराटनगर–बथनाहा रेल्वे तयार भए पनि सञ्चालनमा सरकारले बेवास्था गरेको गुनासो गरे । जसका कारण सडक मार्गबाट सामान आयात गर्नु परिरहेकाले औद्योगिक कच्चा पदार्थको ढुवानीमा मात्रै ३० प्रतिशतभन्दा बढी लागत बढी लागी रहेको उनको भनाई छ । उनले यथाशीघ्र विराटनगरसम्म निर्माण भइसकेको रेलमार्ग सञ्चालनमा ल्याउन सरकारसँग माग गरे ।


कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री राजेन्द्र राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायतले एक्स्पोको सफलताको शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै...

अध्यक्षद्वयकाे प्रस्तावमाथि छलफल जारी

काठमाडौं, २६ भदौ-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा केहीबेर बसेर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । झण्डै डेढ महिनाअघि स्थगित बैठक अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बिहिबार...

कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कारबाट बुढाथोकी पुरस्कृत

विराटनगर, फागुन १८–कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिएकोे छ । प्रेस संगठन नेपाल, मोरङले आयोजना गरेको सपथ ग्रहण एवं पुरस्कार वितरण कार्यक्रममा आज पत्रकार बुढाथोकीलाई पुरस्कार प्रदान गरिएको हो । अन्नपूर्ण...

‘जुु’मा थुन्ने गृहमन्त्रीको अभिव्यक्ति निरंकुश बन्ने दु:स्वप्न : भीम रावल

ओली समूहले नारायणहिटी अगाडि गरिको बृहतसभामा सम्बोधनका क्रममा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तिलाई लिएर नेकपाका प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले प्रतिक्रिया जनाएका छन् । गृहमन्त्री थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही बन्ने दु:स्वप्ना देखिरहेको...

प्रधानन्यायाधीशमाथि शीघ्र छानबिन गर्न नागरिक समूहको अपिल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि शीघ्र छानबिन गरी स्वतन्त्र न्यायपालिका कायमको माग राख्दै नागरिक अपिल जारी भएको छ । सोमबार अर्चना थापा, अञ्जना शाक्य, अनिता थपलियालगायतले नागरिक अपिल जारी गर्दै प्रधानन्यायधीशको अविश्वसनीय गतिविधि, कार्यसम्पादन तथा न्यायिक...

नागरिकता विधेयक दोस्रोपटक निर्णयार्थ प्रस्तुत

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता सम्वन्धी विधेयक दोस्रोपटक जस्ताको तस्तै पारित गर्न संसदमा प्रस्ताव पेश गरेका छन् । तर, प्रतिपक्षी दल एमालेले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएका सुझावहरु सम्वोधन नगरेको भन्दै विरोध जनाएको छ ।...

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि

सिराहा, ६ भदौ-मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ दिनअघि गत ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य...

पारिवारिक ‘रिसिइबी’मा दाजुभाइ मिलेर झापामा किसानको हत्या

विराटनगर । झापाको मेचीनगर नगरपालिका – ८ मुनियाँटोलका ३५ वर्षीय सुन्दरीलाल किसानको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुनियाँटोलका ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसान छन्। उनीहरू...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्