विराट नर्सिङ होमको डाईग्नोष्टि ल्याबको संकलन केन्द्र इनरुवामा पनि स्थापना
सोमबार, १९ मंसिर, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनर अस्पताल) भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र स्थापना गरेको छ ।
इनरुवा १ हस्पिटल गेटनिजक रहेको साएमा पोलिक्लिनिकमा सोमबार एक कार्यक्रम आयोजना गरी ल्याबको लागि संकलन केन्द्र स्थापना गरी संचालनमा ल्याएको हो ।
स्थानीय स्थरमा सङ्कलन केन्द्र स्थापना भएपछि अब इनरुवाका बिरामीले रगतबाट हुने परीक्षणको लागि विराट नर्सिङ होमको ल्याबमा आइराख्नुपर्ने बाध्यता केही हदसम्म कम हुनेछ । बिरामीलाई स्थानीय स्थरमा ल्याब सेवा प्रदान गर्ने उद्देश्यले इनरुवामा पनि विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबको लागि सङ्कलन केन्द्र स्थापना गरेको प्रशासन प्रमुख अमित कुसवाहाले जानकारी दिए ।
‘सङ्कलन केन्द्र विराटनगरबाट सुरु भएको छ,’ उनले भने, ‘बिरामीको सहजताको लागि हामीले प्रदेश १ का अन्य सहरहरूमा पनि सङ्कलन केन्द्र सञ्चालन गर्ने तयारीमा जुटेका छौँ ।’
विराटले आइतबार विराटनगर १५ भट्टिमोडस्थित जनता पोलिक्लिनिकमा ल्याब परीक्षणको लागि रगत सङ्कलन केन्द्र स्थापना गरेको थियो । ‘‘विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबले आधिकारिक रूपमा सङ्कलन केन्द्रहरू स्थापना गर्दछ । स्थापना गरेको केन्द्रहरूमा बिरामीले रगत दिएपछि त्यो स्याम्पल कलेक्सन विराटमा आइपुग्छ । यहाँ परीक्षण गरेपछि रिपोर्ट सङ्कलन केन्द्रमा पनि जान्छ,’ उनले भने, ‘बिरामीको सहजताको लागि हामीले रिपोट वाटसप र अनलाइनमा पनि राख्ने गरेका छौँ ।’ सङ्कलन केन्द्रसम्म आउन नसक्ने बिरामीको लागि स्वास्थ्यकर्मी परिचालन गरेर घरमा पुगेर पनि स्याम्पल सङ्कलन गर्ने उनले बताए । सञ्चालनमा आएको अवसरमा विराटले स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट र जनरेल परीक्षणमा ४० प्रतिशत छुट दिने गरेको छ ।
सप्तरी, २९ चैत-लकडाउनका कारण पाकेको गहुँबाली काट्न किसानलाई समस्या भइरहँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले सबैको गहुँबाली काट्ने जिम्मा लिएको छ । झण्डै १ हजार विघामा किसानद्वारा लगाइएको गहुँबाली पाक्न थालेपछि कृषि मजदुरको अभावमा समस्यामा परेका...
काठमाडौं, ५ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले दलको विवरण फेरेकोप्रति अर्का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् । यादवले पक्षले शनिबार विज्ञप्ति जारी गर्दै ठाकुर पक्षले जालसाजी गरेको आरोप लगाएको...
भगवान रामको ससुरालीमा आज रामजन्मोत्सवको कुनै चहल पहल छैन । मन्दिरहरुमा भक्तजनहरुलाई सुरक्षाकर्मीहरुले आउनै दिएका छैनन् । लकडाउनका कारण धेरै मानिस घरबाट बाहिर निस्किएका छैनन् । लकडाउनका बाबजूद जो बाहिर आएका छन्, उनीहरुलाई सुरक्षकर्मीले मन्दिरसम्म...
एजेन्सी, २१ भदौ-चीनमा बनाएइको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक...
काठमाडौं, ८ कात्तिक-नेपालमा आज २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि...
काठमाडौं, २९ चैत-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा काठमाडौंका ३ पसललाई कारवाही गरेको छ ।विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत १ मासु पसल र २ किराना पसललाई जरिमाना गरिएको...
बम तथा विस्फोटक पदार्थ प्रयोग गरेर मानिस मारेको आरोप लागेर पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई थुनामुक्त गराउन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सुष्मालता माथेमा र नहकुल...
काठमाडौं, १४ कात्तिक-नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक...