अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष माग गर्ने नेकपा नेताको तयारी - News Birat

अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष माग गर्ने नेकपा नेताको तयारी

न्यूज विराट

प्रधानमन्त्री केपी ओलीको अध्यादेश प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ रहेपछि असन्तुष्ट नेताले अध्यादेश खारेजीको माग राष्ट्रपतिसमक्ष गर्ने भएका छन् ।

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै अध्यादेश जारी प्रकरणको विरोध गर्ने भएका छन् ।

संयुक्त वक्तव्य प्रकाशनलगत्तै अध्यादेश खारेजीको माग गर्न नेताहरू शीतलनिवास जाने तयारी गरेको प्रचण्डनिकट स्रोतले बताएको छ । ‘राष्ट्रपतिलाई भेट गर्दै अध्यादेश खारेजीको माग गर्नेबारे छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।

यसका लागि खुमलटारमा अध्यक्ष प्रचण्डसहित वरिष्ठनेताद्वय खनाल, नेपाल र उपाध्यक्ष गौतमका साथै प्रवक्ता श्रेष्ठबीच छलफल भइरहेको छ । सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles