मोरङको कटहरीमा सोमबार रोजगार मेला, १२ सय बढीले रोजागरी पाउने

 न्यूज विराट
मोरङको कटहरीमा सोमबार रोजगार मेला, १२ सय बढीले रोजागरी पाउने

विराटनगर । मोरङको कटहरी गाउँपालिका १ फलफूल तथा कृषि थोक बजारमा रोजगार मेला हुने भएको छ ।
सोमबार विहान ९ बजेबाट साझ ४ बजेसम्म रोजगार मेला सुरु हुने भएको हो ।

कटहरी गाउँपालिका, उद्योग वाणिज्य महासंघ प्रदेश १ को आयोजना तथा अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ बेलकम होम परियोजनाको सहयोगमा रोजगार मेला आयोजना गरिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । रोजगार मेलामा रोजगारदातासँग रोजगार खोजिरहेका युवाहरुलाई जोड्ने लक्ष्य राखिएको छ । रोजगारको खोजीमा रहेका युवाहरुले यहाँ सहभागी हुँदा रोजगारदातासँग प्रत्यक्ष संवाद गर्न र आफ्नो अनुभव तथा क्षमतामार्फत छनौट हुन पाउने अवसर प्राप्त गर्ने कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले जानकारी दिए ।

रोजगार मेलामा सीप र दक्षता अनुसार वेरोजगार युवाहरूले रोजगार पाउने उनले बताए । एक दिने मेलामा २ हजार ५ सय जनाको सहभागिता रहनेछ । ‘बेरोजगार युवाहरुले विभिन्न उद्योग तथा व्यवसायमा रोजागरी प्राप्त गर्नेछन् । उद्योग तथा व्यवसायीहरुको उपलब्ध जनशक्ति बारे जानकारी पाउनेछन्,’ उनले भने, ‘रोजगार मेलामा तीन दर्जन बढी उद्योगका प्रतिनिधीहरूको प्रत्यक्ष रूपमा सहभागि हुनेछन् । ’ कटहरी गाउँपालिका भित्र मात्र ६५ वटा उद्योग रहेको छ । यहाँ सूचि दर्ता गर्ने १ हजार २ सय भन्दा बढी युवाले रोजगार मेलाबाट रोजगारी पाउने अपेक्षा राखिएको छ ।

सम्बन्धित समाचार

मोरङ ट्राफिकको सचेतना अभियान तिव्र, सिटी सफारीलाई ट्राफिक नियम सिकाउँदै प्रहरी

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि सिटी सफारी चालक र ठेला चालकहरुलाई ट्राफिक सचेतना अभियान सुरु गरेको छ ।पछिल्लो समय सिटी सफारीले ट्राफिक नियमको उल्लङ्घन गरी...

नेकपा स्थायी समिति बैठक बस्दै

काठमाडौं, ३१ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दै छ ।  बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको स्थायी समिति सदस्य मणि थापाले जानकारी दिए । बैठकका लागि...

कोशी प्रदेश टी– १० क्रिकेट : विराटनगर स्पोर्टिङको लागातार तीन जित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङ क्बलले लगातार तीन जित निकाल्दै ६ अंक जोडेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँग ६३...

विराटनगरमा संस्कृत भाषाको प्रशिक्षण हुने , देशभरका ५ सय जनाको सहभागी

विराटनगर । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम हुने भएको छ । विराटनगरको पान्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत भाषा प्रशिक्षण र ४ दिवसीय...

दिवङ्गत आफन्तको सम्झनामा आज गाईजात्रा मनाइँदै

काठमाडौं, २० साउन -भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ ।  आजका दिन १ वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका...

भाेलिदेखि सपिङ मलहरू खाेल्दै व्यवसायी

काठमाडाैं, ३२ जेठ-१ असारदेखि काठमाडौंका सपिङ मलहरू खुल्ने भएका छन् । आरबी कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वल्र्ड ट्रेड सेन्टरलगायतका मलहरू सञ्चालन गर्ने तयारी व्यवसायीले गरेका हुन् । लकडाउन लम्बिदै...

उदयपुरको भुल्केका थप ८ जनामा कोरोना पोजेटिभ, बीपी प्रतिष्ठानमा पुनः परीक्षण हुँदै

विराटनगर, ९ वैशाख-एकसाथ १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउँका थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उदयपुरबाट गत शनिबार संकलन गरी विराटनगर ल्याएको ६९ जनाको...

म्यादी प्रहरीको फेरी भर्ना खुल्दै, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

काठमाडौं, २६ साउन । मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्