कोशी अस्पतलामा क्यान्सरको उपचार सेवा विस्तार, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक आउने
बिहिबार, १३ भदौ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा कोशी अस्पतालमा क्यान्सर रोगीहरुको उपचारको लागि थप सेवा विस्तार गरिएको हो ।
सेवा विस्तार कार्यक्रममा दुई पक्षीय सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, सचिव डा.रोशन पोखरेलको उपस्थितिमा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक ठा.उज्ज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रबिनराज सिंहबीच सेवा विस्तार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकसहितको टोलिले कोशी अस्पतालमा महिनाको एक दिन सेवा दिनेछन् । त्यस वापतको यातायात तथा खाजा खर्चको व्यवस्थापन कोशी अस्पतालले गर्नुपर्नेछ । बहिरङ्ग, अन्तररङ्ग एवं उपचार सेवा बिरामीले पाउने छन् । जसका लागि कोशीमा क्यान्सर रोगको उपचार सेवाका लागि आवश्यक वातावरण तयार पार्ने, सेवाग्राहीलाई सेवा बारे जानकारी गराउने, कोशीको पूर्वाधार, औजार, उपकरण र जनशक्ति परिचालन गरिने उल्लेख छ । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक चालिसेका अनुसार कोशीमा बिरामी चापको आवश्यकता हेरेर सेवामा सहजीकरण गरिने बताए । उनका अनुसार क्यान्सरमा एकै विधाका चिकित्सकले सबै कुरा हेर्न नसक्ने भएकोले बिरामीको अवस्था र आवश्यकता अनुसार चिकित्सकहरु आउने बताएका छन् । अहिले भक्तपुर क्यान्स अस्पतालका चिकित्सकहरु महिनामा एक पटक कोशीमा आएर विरामीलाई सेवा प्रदान गर्ने उनले बताए ।
‘अहिले महिनामा एक पटक चिकित्सकको टोली आउने भनिएको छ । आवश्यकता पर्यो भने तेही अनुसार पनि आइन्छ,’ उनले भने, ‘अहिले सुरुवाती चरणमा ६ जना क्यान्सरका विशेषज्ञ चिकित्सकको टोली आएको छ ।’ यहाँका चिकित्सकसँग गरेर विरामीको आवश्यकत अनुसार क्यान्सरका विशेषज्ञ चिकित्सकको टोली आउने उनले बताए । कोशी अस्पतालमा यसअघि पनि क्यान्सरको ओपीडि सेवा मात्रै सुरु भएको थियो । कोशी अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. रवि कटेथले क्यान्सरका विरामीलाई सेवा दिदै आएका थिए । कार्यक्रममा मन्त्री पौडेलले क्यान्सर रोगमा सरकारले गर्ने सहयोगलाई व्यापक बनाउने तयारी स्वरुप पाँचलाखको स्वास्थ्य बीमा कार्यक्रम कार्यन्वयनमा ल्याउन चाहेको बताए । उनले त्यसका लागि स्वास्थ्य सेवा कर लाग्ने क्षेत्रबाट निश्चित रकम जम्मा गर्न लगाउने बताए । यसैगरी स्वास्थ्य सेवालाई जसरी पनि नागरिकको पहुँचयोग्य बनाउनका लागि सरकारले तत्काल गर्नसक्ने कार्यक्रमहरु कार्यन्वयनमा ल्याउन चाहेको बताए ।
बुटवल, २९ वैशाख-कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोरोना नियन्त्रण एवं परीक्षणलाई प्रभावकारी बनाउन ५ जेठसम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । आज साँझ ५ बजे...
विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा...
विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई...
काठमाडौं, माघ १९। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर बलामीले न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अवहेलनाको मुद्दा...
विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको बिहिबारको तेस्रोे दिनको खेलमा विजयी हुँदै मोरङ समुह विजेता भएको छ । आज भएको लिगको अन्तिम खेलमा मोरङले सिरहालाई १० विकेटले पराजित गरी लिगको तीनै खेलमा जित...
विराटनगर । बागलुङका डा. सनम ढकालले काठमाडौं विश्वविद्यालय (केयु)को वि.संं. २०८० को एमबीबीएस टप गरे । मोरङको बुढीगंगा गाउँपालिका–२ टिंकीसिनवारीस्थित विराट मेडिकल कलेज अध्ययन गरेका उनले ८४ दशमलव २६ प्रतिशत ल्याएर केयुको एमबीबीएस टप गरेका...
काठमाडौं, १७ वैशाख-सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । बजेट अधिवेशन बोलाउने तयारीका लागि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गर्न पुगेका छन् ।...
विराटनगर । कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । यो प्रदेशमा निर्वाचित हुने २ पदका लागि पाँच जना उम्मेदवार चुनावी मैदानमा छन् । तर एमाले उम्मेदवारले राप्रपालाई सहयोग गर्ने भएकाले खासगरी चारजना...