बाबा उद्योगमा मैदा तस्करी प्रकरण : तस्करको नाइकेसहित पाँच जना २१ लाख ८६ हजार धरौटीमा रिहा

 न्यूज विराट
बाबा उद्योगमा मैदा तस्करी प्रकरण : तस्करको नाइकेसहित पाँच जना २१ लाख ८६ हजार धरौटीमा रिहा

      

विराटनगर । भारतदेखि तस्करी गरी सुनसरीको सानापुरमा रहेको बाबा उद्योगमा क्या रिङ गरेर मैदा तस्करी गर्ने गिरोहका मुख्य नाइकेसहित पाँच जना सवारी चालक धरौटी रकम बुझाएर रिहा भएका छन् ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाको इजालशले पक्राउ परेका पाँच जना प्रतिवादीहरूको हकमा २१ लाख ८६ हजार ५ सय रुपैयाँ धरौटीमा छोड्न बुधवार साँझ आदेश गरेको हो ।

भन्सारले गरेको आदेश बराबरको धरौटी रकम बुझाएर पक्राउ परेका प्रतिवादीहरू रिहा भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंङगनाले जानकारी दिए । भन्सारले पक्राउ परेका पाँच जनाको हकमा कसुरको मात्र हेरेर धरौटी खुलाएको छ ।

जसमा भारतको विहार राज्य नगरपतगञ्जको मोहम्मद रिजवानलाइ २ लाख ४४ हजार, सुनसरीको हरिनगरा गाउँपालिका वडा नं। ७ का वर्ष ३७ का जमसेद आलम ६ लाख ४४ हजार २ सय ५० रुपैयाँ, सोही ठाउँका २२ वर्षीय नाजिर खान ४ लाख ३१ हजार ४ सय, १८ वर्षीय असरफ अलि ४ लाख ७० हजार, २३ वर्षीय फिरोज मियाँले ३ लाख ९६ हजार ५ सय रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएका भन्सार कार्यालयले जनाएको छ ।

पक्राउ परेका मध्ये तस्करीको मुख्य गिरोह जमसेर आलम र भारतीय नागरिक रिजवान हुन् । उनीहरूले भारतदेखि तस्करी गरी ल्याएको मैदा विराटनगरका उद्योगी सुरेश राठीले सञ्चालन गरेको बाबा उद्योगमा ल्याउने क्रममा विराटनगर भन्सार कार्यालयले बरामद गरेको थियो ।
भन्सार कार्यालयको गस्ती टोलीले दुई वटा ट्याक्टर र २ वटा मिनी ट्याक्टरमा लोड गरिएको १५ लाख मूल्यको ५ सय ५ बोरा मैदासहित पाँच जनालाई मङ्गलवार राती पक्राउ गरेको थियो ।

पक्राउ परेका रिजवानले नेपाल भारत सीमा क्षेत्रमा २४ सै घण्टा तैनाथ हुने सशस्त्र प्रहरीसँग सेटिङ्ग मिलाएर तस्करीको मैदा उद्योगसम्म स्किटिङ्ग गरेर पु¥याउने गरेको खुलेको छ । तस्करीको मैदा गन्तव्यसम्म पु¥याउन उनी चढेको डब्लु बी ०२ भी २३४० नम्बरको कारसहित मैदा बोकेको चार वटा गाडी भन्सारले नियन्त्रणलाई लिएको छ । भन्सारले फैसला नभएसम्म सवारी साधन पनि नियन्त्रणमा लिनेछ ।

सूचना अधिकारी ढुङ्गानाका अनुसार चोरी पैठारीका १ करोडसम्म बिगो भएका मुद्दा हेर्ने अधिकार भन्सार कार्यालयमै हुन्छ । सो बिगोभन्दा माथिका मुद्दा मात्र जिल्ला अदालतमा दर्ता गर्नुपर्छ ।

सम्बन्धित समाचार

मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए:मुख्यमन्त्री राई

नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताएका छन् । शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे...

राप्रपाको चुनावी प्रक्रिया आज, अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दै

काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहीबारबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्र...

लियोको फ्लाई युथ क्याम्प नाम्जेमा

विराटनगर । लियो जिल्ला परिषद ३२५ सि ले फ्लाई युथ क्याम्पको आयोजना गरेको छ। लियो क्लवमा आवद्ध युवाहरुमाझ फेलोसिपको माध्यमद्वारा नेतृत्वको विकास गर्ने उद्देश्यले फ्लाइ युथ क्याम्प आयोजना गरेको हो । क्याम्पको उद्घाटन सत्र धरान...

विराटनगरमा व्यवसायीलाई धम्कि दिँदै रकम अशुली गर्ने दुई जना पक्राउ

विराटनगर, २० असोज । विराटनगरका विभिन्न व्यवसायीलाई धम्कि दिएर रकम अशुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका स्थित स्थानिय व्यवसायीलाई धाकधम्की दिई रकम माग गर्ने दुई जनालाई प्रहरीले विराटनगर बसपार्कबाट पक्राउ...

५० रुपैयाँ दिएर किशोरी बलात्कार गर्ने वृद्ध पक्राउ

धनगढी, २७ वैशाख-कञ्चनपुरमा १५ वर्षीया किशोरी बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-११ भुजेलाका ६८ वर्षीय तारा ओझाले आफन्त पर्ने किशोरीलाई ५० रुपैयाँ दिएर बलात्कार गरेको सूचना पाएसँगै उनलाई पक्राउ गरी अनुसन्धान...

मिस कोशीको फाइनल शनिबार, कसको शिरमा पहिरेला ताज ?

विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा शनिबार साझबाट सुरू हुने भएको छ । सुनसरीको इटहरीस्थित लायन्स क्लबको भवनमा साझ साढे पाँच बजेबाट प्रतियोगिता सुरू हुने भएको हो । मिस कोशीको फाइनलमा २६ जना...

नेप्से परिसूचकमा १४.५८ अंकको गिरावट

काठमाडौं, २० माघ । शेयर बजार मापक नेप्से परिसूचकमा साताको अन्तिम कारोबारका दिन बिहीबार सामान्य अंकले गिरावट आएको छ ।बुधबार सार्वजनिक बिदा परेकाले बन्द रहेको नेप्से सूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ बिन्दुमा झरेको...

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

विराटनगर, १६ कात्तिक-प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार भीम आचार्यले प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्