राशिफल

लियोको फ्लाई युथ क्याम्प नाम्जेमा

 न्यूज विराट
लियोको फ्लाई युथ क्याम्प नाम्जेमा

विराटनगर । लियो जिल्ला परिषद ३२५ सि ले फ्लाई युथ क्याम्पको आयोजना गरेको छ। लियो क्लवमा आवद्ध युवाहरुमाझ फेलोसिपको माध्यमद्वारा नेतृत्वको विकास गर्ने उद्देश्यले फ्लाइ युथ क्याम्प आयोजना गरेको हो ।

क्याम्पको उद्घाटन सत्र धरान स्थित बिजयपुर क्लब हाउसमा भएको थियो । क्याम्पसको सभापति लियो जिल्ला परिषद ३२५ सि का अध्यक्ष सिद्धार्थ शाह,लायन्स जिल्ला ३२५ सि का प्रथम गभर्नर धिरज गुरुङ साथमा प्रथम महिला रेखा गुरुङको प्रमुख आतिथिमा भएको थियो ।

उक्त क्याम्प सागुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित थुम्की सामुदायिक होम स्टेमा रहेर विभिन्न कार्यक्रमहरुको आयोजना गरी सम्पन्न भएको छ ।

क्याम्पमा लियो ट्रेजर हण्ट, लियो ट्यालेण्ट हण्ट, ग्रामीण जनता मा बि का बिद्यार्थिहरुलाई खेलकुद साथै स्टेसनरीका सामाग्रीहरु बितरण, युथ अवेरनेस सेसन, चाइल्डहुड केन्सर अवेरनेस सेसन, सेल्फ डिफेन्स सेसन, थुम्कीका स्थानीयबासिहरुका लागि दन्त शिविर, आँखा शिविरको पनि आयोजना गरिएको थियो । साथै स्टेशनरी सामाग्री पनि बितरण गरिएकको थियो । सेल्फ डिफेन्स सम्बन्धि तालिम मनिषा विश्वकर्माले दिएकी थिइन् भने दन्त शिविर बराहा डेन्टल तथा आँखा शिविर एक्यू अपटिकलको सहकार्य आयोजना गरिएको थियो । जसमा स्थानीयहरुले खुशी साथ शिविरमा उपस्थिति जनाएका क्याम्पका कोअर्डिनेटर मनिल दहालले जानकारी दिए।

आफुहरुले यस क्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि समेत सहयोग पुर्याउने उद्देश्यका साथ होम स्टे जाने बाटोमा स्वागत बोर्ड समेत राखेको क्याम्प सचिव प्रेसिका निरौलाले जानकारी दिइन् ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...