श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

 न्यूज विराट
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका(१ बुधवारे बजार स्थितमा करुवा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ बर्षीय रघुनाथ मारुती गोरड रहेका छन ।

आज बिहान ३ बजे गोरडले सामान्य बाद बिवादको क्रममा २६ बर्षीया श्रीमती सपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेका थिए । उनको प्रहारबाट श्रीमतीको घटना स्थलमै मृत्यु भएको थियो । तत्काल घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले करुवा प्रहार गर्ने गोरडलाई घटना स्थलबाट नै पक्राउ गरेको हो ।

पक्राउ परेका गोरडको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोरड भारतको महाराष्ट्र घर भई बुधबारे बजारमा सुन पसल संचालन गरी बस्दै आएका थिए ।

सम्बन्धित समाचार

नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जनाउने, ७८२ जनाको सहभागीता

विराटनगर,२६ साउन । लनमा गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जानाउने भएको छ । बिहिबार १ प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा पत्रकार सम्मेलन गर्दै सो बारे...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २२ साउन । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई पहिलो चरणमा खाद्यान्न वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबीच विराटनगर तीनटोलियास्थित मानव सेवा आश्रममा आश्रित ७८ जनाको...

तेस्रो कचनकवल गोल्डकप सुरु

विराटनगर, माघ २८–नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा सुरु...

नेपाल र रावल एमाले पार्टीबाट निलम्बित

नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । एमालले पार्टीले सोधेको स्पष्टीकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि दुवै पार्टी सदस्यबाट निलम्बन गरेको हो । पार्टी साधारण सदस्यबाट नै...

एमालेका दोस्रो तहका नेताहरूको निष्कर्ष : सहमति उल्लंघन गर्न नदिने, पार्टीको एकतामा दबाब दिने

एमालेको दोस्रो तहका नेताहरूले शीर्ष नेतालाई १० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउन दबाब दिने भएका छन् । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको स्थायी कमिटी सदस्यहरूको अनौपचारिक बैठकले कार्यदलले गरेको १० बुँदे सहमति...

बुटवलमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल,  ८ असोज-बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुर्दशन थापाका अनुसार नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जनाको मृत्यु भएको हो ।  कपिलवस्तु बुद्धभुमि...

जुम्लामा क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु

सुर्खेत, २३ जेठ-जुम्लामा बिहीबार राती क्वारेन्टाइनमा बसेका १ वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ धुपी ढुस्का माध्यमिक विद्यालय तलिउमको क्वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।...

अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषद् बैठक डाकेपछि प्रचण्ड पुगे बालुवाटार

अध्यादेश फिर्ता लिनुअगावै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाकेपछि त्यस विषयम छलफल गर्न अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन् । बुधबार बसेको पार्टी स्थायी कमिटीले अध्यादेश फिर्ता गर्ने पर्ने निर्णय गरे पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्