विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा पुगेका ४३ जनाप्रतियोगिहरूले प्रतिभा प्रस्तुत गरेका छन् । विराटनगरमा शनिबार आयोजना गरिएको ट्यालेन्ट शोमा उनीहरूले आ–आफ्नो रोजाइ अनुसारको प्रतिभा प्रस्तुत गरेका हुन् । उनीहरूले नृत्य, गायन, चित्रकला, नाटकल गायतका विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।
जय मिडिया म्यानेजमेन्ट प्रालिले बालबालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रत्येक वर्ष मिस्टर एण्ड मिस लिटल कोशीप्रतियोगिता गर्दै आएको छ । ट्यालेन्ट शो को निर्णायकहरूमा गायक तथा संगीत प्रशिक्षक बिश्वजीत चक्रवती, मिस कोशी २०२१ को फस्टरनरअप तथा मिस टेलेन्ट आयुषा आचार्य, जय मिडिया मेनेजमेन्टका चेयरम्यान तथा कलाकार जय राज राय रहेका थिए । प्रतियोगिताको फाइनलमा खोटाङकी रीता परियार, रंगेलीकी स्मारीका यादव, इटहरीकी अविज्ञा पोखरेल, मोरङको रतुवामाइकी अयुषा बस्नेत, इनरुवाकी अन्तरा सुब्बा, साक्षी यादव,अनिसा कुमारी मेहता, रिसिका रिजाल, एलिसा रौनियार पुगेका छन् । यस्तै विराटनगरकी परी नेवटीया, स्वर्निमा भट्टराई, आयुना राई, माही भगत, आर्यता झा, अनिसा राजवंशी, प्रतिक्षा श्रेष्ठ, स्वच्छ श्रेष्ठ, आरवी खड्का, जेनी राजवंशी, प्रियकां कोइराला, सायरा थापा, आर्यन साह, केशव झा, रोहित कुमार साह, आदर्श रौनियार, आरोन राजश्रेष्ठ, आरुष दाहाल, समरुद्ध यादव, प्रसुन तामाङ, बिबेक नेवटीया, मारुती कुमार मण्डल, अभियान श्रेष्ठ, परिस्कृत आचाय, भविष्य चौधरी फाइनलमा पुगेका छन् । यसैगरी पथरीका सार्थक भट्टराइ, राजबिराजका आरज्ञा मंडल, भोजपुरबाट कटरीना सुबेदी, सुवासना श्रेष्ठ, कटहरीकी हिमानी राजवंशी, उदयपुरका आलिया शाही ठकुरी, सोलुखुम्बुबाट रिहाना राउत, बुढीगंगा मेघा कुमारी शर्मा, जहदाबाट श्रेया राजवंशी र झोराहाटकी स्नेहा साहफाइनलमा पुगेका छन् । प्रतियोगिताको फाइनल कार्तिक २६ गते विराटनगरमा हुनेछ ।
विराटनगर, ५ भदौ–विराटनगरस्थित कोशी अस्पतालका आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ । कारोनासँग मिल्दो लक्षण भएका एक जना बेवारिसे पुरूषका मृत्यु भएको छ । धनकुटाको भेरी गाउँपालिका–३ घर बताउने ५० वर्षीय पुरूषको शुक्रबार अस्पतालको आइसोलेसनमा...
विराटनगर, जेठ ३२–इटहरी क्षेत्रमा बसोबास गर्ने सुनचाँदी कालिगढ मजदुरहरुलाई राहत वितरण गरिएको छ । दलित जनअधिकार मञ्च र साथी फाउण्डेसनले अखिल नेपाल सुनचाँदी कालीगढ संघ इटहरीसँगको सहकार्यमा सो क्षेत्रमा बसोबास गर्ने १ सय ९ सुनचाँदी...
विराटनगर–रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बाल दिवसको अवसरमा निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होमसँगको सहकार्यमा डाउनटाउनले निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा २ देखि १४ वर्षसम्मका...
विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट हुने भएको हो । प्याब्सनले मंगलबार पत्रकार सम्मेलन गरी...
प्रदेश १ लगायतका प्रदेशका पहाडी भू-भागका केही स्थानमा आज अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी तथा मध्यपहाडी तथा तराईका केही भागमा हल्का तुवाँलो लाग्न सक्ने सम्भावना...
विराटनगर, असार १२-विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० पुगेको छ । संक्रमितमध्ये ४ जना उपचारपछि घर फर्किएका छन् । विराटनगर–६ का ३१ वर्र्षीय पुरुष र विराटनगर६ कै २१ वर्षीया महिलामा कोरोना...
विराटनगर । ध्रुवतारा स्पोर्टिङ्ग क्लब झापा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेस यूवा क्लब सिराहालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै धु्रवतारा...
विराटनगर । विराटनगरमा रहेको सम्राट स्पोर्टिङ क्लबले यस बर्षको मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडीलाई सम्मान गरेको छ । विराटनगर ३ क्लवको भवनमा शनिबार विहान एक कार्यक्रम बिच खेलाडीहरुलाई सम्मान गरेको हो ।...