विविद्य कार्यक्रम गरी विराटनगरमा जेसीज सप्ताह मनाइदै
आइतबार, ३० असोज, २०७९,
न्यूज विराट
अंकित पोखरेल
विराटनगर । विराटनगर जेसीजले ‘जेसीज सप्ताह २०२२’ विविध कार्यक्रम गरी मनाउने भएको छ । विराटनगर जेसीजले विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी विगतका वर्षहरु झै यसपटक पनि जेसीज सप्ताह कार्यक्रम गर्ने जानकारी गराएको हो ।
जेसीज सप्ताह कार्यक्रम अन्तर्गत आगामी कातिक १ गतेदेखी ५ गते सम्म विभिन्न कार्यक्रम मनाउने तयारीमा रहेको जेसीज सप्ताह कार्यक्रमका संयोजक अभिनास थापाले जानकारी दिए । कार्यक्रम अन्र्तगत पहिलो दिन कातिक १ गते उद्घाटन तथा स्लो साईकल रेस गरिने भएको छ । विराटनगरको सहिद रङ्गशालामा भित्र स्लो साईकल रेस गरिने भएको हो । साईकल रेसमा सहभागी भई प्रथम हुनेलाई पुरस्कार पनि राखिएको विराटनगर जेसीजको अध्यक्ष देवचन्द्र घिमिरेले जानकारी दिए ।
त्यसैगरी कातिक २ गते विराटनगर ७ मा रहेको आमाको छात्रवासलाई मायाको राशन, स्कुल व्याग तथा स्टेश्नरी वितरण गरिने भएको छ । सोही दिन सार्वजनिक यातायातका मजुदुरहरुलाई स्वास्थ्य शिविर तथा ब्लड सुगर चेक गरिने भएको छ ।
कातिक ३ गते वहुशाखा अभिमुखिकरण कार्यक्रम, कातिक ४ गते विराटनगरको महेन्द्र चौकमा आगामी नेतृत्वसँग युवा साँझा सवाल र कातिक ५ गते पत्रकार महासंघ र कर्पोरेट हाउस विच मैत्रिपुर्ण फुटसल र अन्तममा जेसीज सम्मान तथा जेसीज रात्री कार्यक्रम रहेको कार्यक्रम संयोजक अभिनास थापाले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न करिब ६ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
मोरङको धनपालथान गाउँपालिकामा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच कडा टक्कर भएको छ । हालसम्म कुल ४०० मत गणना हुदा नेपाली कांग्रेसले झिनो मत अन्तरले अग्रता लिएको हो । नेपाली कांग्रेसबाट अध्यक्ष पदका...
काठमाडौं, २० साउन-लकडाउन अन्त्य गरेको घोषणासँगै फेरि कोरोना संक्रमितको संख्या बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग छलफल गर्ने भएका छन् । केही स्थानमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि अवस्था जटिल हुने भन्दै प्रधानमन्त्री ओलीले आज...
जनकपुर, ८ जेठ-पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले खानतलासी गरेको छ । राजपुर बमकाण्डका अभियुक्त रहेका आलम अहिले काठमाडौंस्थित नख्खु कारागारमा रहेका छन् । सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राती...
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । प्रदेश प्रमुख अधिकारी यही १२ मंसिरमा कोरोना संक्रमित भएर विराटनगरस्थित निवासमा...
विराटनगर, २४ साउन । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाले विराटनगरसहित मोरङका विभिन्न क्षेत्रमा कोरोना भाइरस (कोभिड –१९) संक्रमण बृद्धि भएसँगै औषधी व्यवसायीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अनुहार ढाक्ने फेस शिल्ड वितरण गर्न थालेको...
विराटनगर, २७ भदौ । मस्तिष्क पक्षाघात भएका बालबालिकाहरुका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर आदर्श स्कुलस्थित सिपि डे सेन्टरमा क्लबले शिविर आयोजना गरेको हो । “सेलेब्रल पाल्सी...
पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकमा ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा २१४ महिला र २८८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...
विराटनगर । विराटनगर ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण आर्या न्यूरोमा...