विराटनगर । ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ब्राउन सुगरसहित आज शनिबार विराटनगर १५ स्थित १ नम्बर ढाटबाट दुई जना युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरि ईटहरि नगरपालिका २ का ३२ वर्षीय लेखनाथ ढुंगाना र बराहक्षेत्र नरपालिका ३ का ३३ वर्षीय अजित कुमार धामि पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
भारतको जोगवनीबाट नेपाल तर्फ आउदै गरेको को २४ प ४४५१ नम्बरको स्कुटीमा सवार चालक ढुंगनाको साथबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने पदार्थ ३३.८८ ग्राम सहित फेला पारी स्कुटि र पक्राउ परेका दुबैजनालाई आवश्यक कारवाहीको लागि इलका प्रहरी कार्यालय रानी विराटनगरलाई बुझाएको छ ।