मोरङमा ११ जनाको उम्मेदवारी फिर्ता , संघ र प्रदेशमा २ सय १४ जनाको उम्मेदवारी कायम 

 न्यूज विराट

विराटनगर ।  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा २ सय २७ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रतिनिधिसभा सदस्यतर्फ तीन जना र प्रदेशसभा सदस्यतर्फ ८ जना गरी ११ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । 

मुख्य निर्वाचन कार्यालय मोरङका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० राजु मण्डल राजवंशीले मोरङ क्षेत्र नं. ६ को प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।  उनले काँग्रेस उम्मेदवार डा शेखर कोइरालालाई सघाउने भएका छन् ।

यसै गरी सुजता  थापाले मोरङ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यीयमा दिएको उम्मेदवारी फिर्ता लिएकी छिन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दिएकी थिइन् । यसै गरी मोरङ क्षेत्र नं। ४ बाट गोकुल प्रसाद पोखरेलले दिएको स्वतन्त्र उम्मेदवारी पनि फिर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । 
एकीकृत समाजवादी पार्टीबाट दुईले उम्मेदवारी फिर्ता लिएका छन् । एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्यीय महेश रेग्मीले मोरङ क्षेत्र नं। ४ (२) र एकीकृत समाजवादी मोरङका प्रवक्ता वसिम आलमले मोरङ क्षेत्र नं. ६ (२) मा दिएको उम्मेदवारी उम्मेदवारी फिर्ता लिएका छन् । यस निर्वाचन क्षेत्रमा गठबन्धनबाट काँग्रेसका केन्द्रीय सदस्यीय तथा विराटनगर महानगरपालिका पूर्व मेयर भीम पराजुलीले मोरङ क्षेत्र नं ४(२) र प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की  मोरङ क्षेत्र नं। ६ (२) बाट उठेका छन् । 
यसै गरी मोरङ क्षेत्र नं. १ (२) मा उम्मेदवारी दिएका डिल्लीराम शर्मा अधिकारी, मोरङ क्षेत्र नं. ३ (२) तिलक प्रसाद राई, सोही निर्वाचन क्षेत्रबाट कञ्चन कुमार बुढाथोकी, मोरङ क्षेत्र नं. ५(२) बाट भुराज राई, मोरङ क्षेत्र नं। ६(२) बाट जीवन कुमार गुप्ता र सुरेश कुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरू सबै जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
सङ्घ तर्फ ६ र प्रदेश तर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ११ जनाले उम्मेदवारी फिर्ता लिएपछि आधिकारी उम्मेदवारको सङ्ख्या २ सय १४ जना रहेको १ नं। प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कास्यव अधिकारीले जानकारी दिए । उनका अनुसार सङ्घतर्फ १ सय ५ र प्रदेशमा १ सय ९ जनाको अन्तिम नामावली बुधवार प्रकाशित गरिएको बताए । 

मोरङमा दुई जनाको उम्मेदवारी खारेज
मोरङमा सङ्घ र प्रदेशतर्फ २ सय २७ जनाको उम्मेदवारी दर्ता गराएको मध्ये दुई जनाको उम्मेदवारी खारेज भएको छ ।
मोरङ क्षेत्र नं. १ (१) मा स्वतन्त्रबाट उम्मेदवारी दिएका प्रेम बर्देवाको र मोरङ क्षेत्र नं २(१) बाट जनमत पार्टीबाट उम्मेदवारी दिएका दीपेन्द्र कुमार चौधरीको उम्मेदवारी खारेज भएको हो । 

बेर्दवा कालो सूचीमा परेको र चौधरीले स्थानीय तहमा उठेको बेला खर्च विवरण निर्वाचन आयोगमा नबुझाएको कारणले उनीहरूको उम्मेदवारी खारेज भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

मोरङमा कोभिड –१९ विरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ २६ चैतबाट लगाइने

विराटनगर । मोरङमा कोभिड–१९ बिरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ लगाउने भएको छ । चैत २६ गते देखि २८ गते सम्म मोरङ जिल्लाको १७ वटै स्थानीय तहको स्वास्थ्य केन्द्रहरूबाट फाइजर बाईभ्यालेन्ट खोप लगाउने भएको हो । पछिल्लो...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो ‘छाता’

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सडक छेउमा व्यापार गर्नेहरुलाई छाता वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच सडक छेउमा व्यापार गरि गुजारा गर्नेहरुलाई घाम र पानीबाट बच्नका लागि छाता वितरण गरेको हो ।‘रोटरी...

संघीय सांसदका ६९२ जनाको स्वाब संकलन, ५४ जनाको बाँकी

काठमाडौं, २६ वैशाख-आजदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका २७५ जना सांसदको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । हिजो र आज गरि २७५ जना सांसदसहित कूल ६९२ जनाको स्वाब...

न्यूरोद्धारा छारेरोग सम्बन्धी निवन्ध प्रतियोगिता, प्रथम भए श्रेय

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वल्र्ड पर्पल डे’ को अवसर पारेर छारेरोग सम्बन्धी निवन्ध प्रतियोगिता आयोजना गरेको छ ।उक्त प्रतियोगितामा प्रथम विराटनगरको आर्दश स्कुल कक्षा ९ का श्रेय शर्मा, द्धितीय दिल्ली पब्लिक स्कल कक्षा ९...

पोलियो दिवसको अवसरमा विराटनगरमा र्याली

विराटनगर । विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित विभिन्न पाँच वटा क्लबको संयुक्त आयोजनामा विराटनगरमा र्याली निकालिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको अगुवाईमा विराटनगरका पाँच वटा क्लबहरुसँग समन्वय गरि र्याली...

नगर बस सञ्चालनका लागि मेयर कोइरालाको नेतृत्वमा दोस्रो पटक रुट परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याउन लागेको नगर बसका लागि दोस्रो पटक रुप परीक्षण (ट्रायल) गरिएको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा आज बिहीबार रुट परीक्षण गरिएको हो । कम्पनीकै गाडीमार्फत रुट परीक्षण गरिएको...

विराटनगरस्थित अर्किड स्कुलमा सचेतनामुलक कार्यक्रम

विराटनगर, १० मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित अर्किड पब्लिक स्कुलमा सचेतनामुलक कार्यक्रम गरेको छ । स्कुलमा अध्ययनरत छात्राहरुका लागि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो । क्लबले महिनावारी स्वच्छता सचेतना कार्यक्रम तथा महिनावारी...

कैदी फरार प्रकरण : दुई जना प्रहरीलाई निलम्बन गरेर मुद्दा

विराटनगर । अस्पतालबाट उपचारको क्रममा कैदी फरार भएपछि दुई जना प्रहरीलाई निलम्बन गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।डियुटिमा खटिएका जिल्ला कारागार मोरङमा कार्यरत प्रहरी सहायक हल्लदार राजिव भण्डारी र प्रहरी जवान ज्ञानेन्द्र कटुवाललाई निलम्बन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्