होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन मेयर कोइरालाको आग्रह

 न्यूज विराट

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने बताएका छन् ।
फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा निजी सचिवालयमार्फत शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले विराटनगरवासीसहित देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगति, सुुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घजीवनको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनु आवश्यक रहेको बताएका छन् । चाडपर्वका नाममा हुने गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा मेयर कोइरालाले जोड दिएका छन् । उनले होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन महानगरवासीलाई आग्रहसमेत गरेका छन् ।
मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको मेयर कोइरालाले उल्लेख गरेका छन् । मेयर कोइरालाको सन्देशमा भनिएको छ, “सांस्कृतिक विविधताले भरिपूर्ण नेपाली समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको र हिमाल, पहाड र तराईमा फरक–फरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्नसमेत मद्दत गरेको छ । साथै जुनसुकै क्षेत्रमा बस्ने नेपालीलाई पनि होली पर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग पुगोस् ।”
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वलाई रंगहरुको पर्वका रुपमा मनाइने गरिन्छ । फागु पर्व परम्परागतरूपमा विभिन्न रंगहरु खेली मनाउने प्राचीन परम्परा छ । फागु पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एक सूत्रमा बाँध्दै आपसी सदभाव, प्रेम र भाइचारा अभिवृद्धि गर्दै आएको मेयर कोइरालाको सन्देशमा उल्लेख छ । पहाडी क्षेत्रमा सोमबार र तराई क्षेत्रमा मंगलबार होली मनाइन्छ ।

सम्बन्धित समाचार

राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता सुरू, कोशी र सुदुरपश्चिमको विजय सुरूवात

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी र सुदुरपश्चिम प्रदेश विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गरेको हो ।टस जितेर पहिले...

पोखरीमा डुबेर तेह्रथुममा तीन बालिकाको मृत्यु

विराटनगर, २८ मंसिर-तेह्रथुमको छथर गाउँपालिकामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । छथर गाउँपालिका-६ सुदापस्थित पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय इन्द्रबहादुर लिम्बुका सात वर्षीया रन्जना र पाँच वर्षीया छोरी रोजनी लिम्बु र देवेन्द्र लिम्बुकी...

देशका अराजकतातिर जाँदैछ: शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् ।नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा...

कृषि विश्वविद्यालयले उत्पादन गर्‍यो तितेपाती स्यानिटाइजर

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तित्तेपाती स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो । तितेपाती प्रयोग गरी बनाइएको...

जुवाखालबाट पक्राउ परेका पूर्व मन्त्री राजभण्डारी धरौटिमा रिहा

विराटनगर । कोशी प्रदेश सांसद एवं पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी १० हजार धरौटीमा छुटेका छन् । उनीसहितका ११ जना नै धरौटीमा छुटेका हुन् ।शनिबार काठमाण्डौं–८ स्थित गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर...

‘पथरीशनिश्चरे नगरपालिका शैक्षिक क्षेत्रमा बैग्लै पहिचान बनाउन सफल छ’

  [caption id="attachment_47283" align="alignnone" width="906"] दुर्गाप्रसाद सिग्देल (वि.नि.) पथरीशनिश्चरे न.पा., मोरङ[/caption] दिनचर्या कसरी बिताइरहनु भएको छ ? म पथरीशनिश्चरे नगरपालिकामा शिक्षा अधिकृतको रुपमा ठ्याक्कै भन्नु पर्दा २०७४ साल कात्र्तिmक २१ गतेबाट हाजिर भएको हो ।...

मन्त्री घिमिरेद्धारा योजनाहरुको अनुगमन

विराटनगर, २७ असार–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार एक दर्जन बढी योजनाहरुको अनुगमन गरेका छन् । मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र मन्त्री घिमिरे मार्फत भौतिक पुर्वाधार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्