खानपिन र व्यायाममा ध्यान दिए मुटुमा मात्र होइन् धेरै रोगबाट बच्न सकिन्छ

 न्यूज विराट
खानपिन र व्यायाममा ध्यान दिए मुटुमा मात्र होइन् धेरै रोगबाट बच्न सकिन्छ

नेपालको चिकित्सा क्षेत्रमा मुटुको उपचारमा कहलिएका चिकित्सकको रूपमा चिरपरिचत रहेका छन्, डा. निकेशराज श्रेष्ठ । उनी विराटनगरस्थित न्यूरो हस्पिटलको कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट हुन् । डा. श्रेष्ठले धेरै नेपाली नागरिकलाई नयाँ जिवन प्रदान गरिसकेका छन् । विश्व मुटु दिवसको सन्दर्भ पारेर नेपालको मुटु रोगको अवस्था, उपचार, मुटु रोगसम्बन्धी समस्या, राज्य र नागरिकले ध्यान दिनुपर्ने लगायतका विषयमा कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. श्रेष्ठसँग गरेको कुराकानी :

मुुटुका कस्ता विरामी बढी आउने गरेका छन् ?

– मुटुमा पाँच वटा रोग हुने गरेको छ । एउटा मुटुको रगत नलीको समस्या हुने गर्दछ । त्यसलाई हृदयघात भन्ने गरिन्छ । पेसरको कारणले गर्दा मुटुमा समस्या देखिने गर्दछ । अहिले सबै खालका मुटुका विरामीहरु आउने गरेका छन् । खासगरी बढी आउने भनेको मुटुको रक्तनलीको समस्या भएर आउनेहरु छन् । हृदयाघात भएका पनि आउने गरेका छन् । अहिले हृदयाघात धेरै बढेको छ । मुटुको समस्या भएर बच्चाहरु पनि आउने गरेका छन् । कतिपयको मुटुमा गएर पानी जमेको पनि समस्या देखा परेको छ । टिबीले गर्दा मुटुमा पानी जम्ने गर्दछ । यसरी बच्चाको मुटुमा प्वाल भएको पनि हामीले भेट्ने गरेका छौं । यसरी अहिले सबै प्रकारका मुटुको समस्या भएका विरामी अस्पताल आउने गरेका छन् ।

मुटुलाई कसरी स्वस्थ राख्न सकिन्छ ?
– मुटु शरीरको सबैभन्दा संवेदनशील अंग हो । आमाको पेटमा जब बच्चा १० हप्ताको हुन्छ, त्यसबेलादेखि मुटु चल्न थालेको हुन्छ । आमाको गर्भदेखि चलेको मुटु मृत्यु हुने बेलासम्म चल्ने गर्दछ । शरीरका ब्रेन, आँखा, पेटले ‘रेस्ट’ लिन्छ । तर, मुटु भन्ने चिज यस्तो हो, यसले कहिले पनि आराम लिँदैन । त्यही भए मुटुलाई हामीले बचाएर राख्नु पर्ने हुन्छ । मुटुको मुख्य रोग भनेको हृदयाघात हुनसक्छ । मुटु बेलुन जस्तो पनि फुल्ने गर्दछ । यस्तै मुटुको ढोकाको समस्या पनि हुने गरेको छ । मुटुमा प्वाल हुने, मुटुको जुन ठाउँदेखि रगतको नली निस्किनु पर्ने हो त्यो ठाउँदेखि नहुँदा मुटुमा समस्या हुने गर्दछ । यो समस्या बच्चाहरूमा बढी देखिन्छ । उच्च रक्तचाप हुँदा पनि मुटुमा समस्या हुने गरेको छ ।
जति उमेर बढ्दै गयो त्यही धेरै हृदयाघात हुने सम्भवना बढेर जान्छ । यसर्थ हामीले धुम्रपान पूर्ण रुपमा रोक्नु पर्ने हुन्छ । मुटुको लागि धुम्रपान एकदमै हानीकारक हो । मधुमेहले पनि मुुटुलाई असर गर्दछ । त्यसका लागि शारिरीक अभ्यास एकदमै गर्नुपर्ने हुन्छ । हामीले जीवनशैली पनि परिवर्तन गरिनुपर्ने हुन्छ । यस्तै उच्च रक्तचाप भएका मानिसलाई पनि हृदयाघात हुने सम्भवना बढी हुन्छ । यसलाई हामीले कन्ट्रोल गर्नैपर्छ । कोलेष्ट्रोल उच्च हुँदा मुटुलाई समस्या गर्दछ । कोलेष्ट्रोलले मुटु रोगीलाई धेरै समस्या गर्दछ । यसमा बोसो रक्तनलीमा गएर जम्ने गर्दछ । त्यसले मानिसलाई हृदयाघात हुन्छ । मुटुलाई स्वास्थ राख्न शारिरीक अभ्यास एकदमै जरुरी छ ।

नेपालमा मुटुसम्बन्धी सबै प्रकारको उपचार सम्भव छ भन्न सक्ने अवस्था छ कि छैन ?

– पहिलेभन्दा अहिले धेरै विकास भइसकेको छ । नेपालमा ८० देखि ९० प्रतिशत मुटुको उपचार नेपालमै सम्भव छ । अहिले धेरै मुटु रोग विशेषज्ञ डाक्टरहरु छन् । नेपालमा नहुने भनेको ‘हार्ट ट्रान्सप्लान्ट’ हो । त्यसबाहेक अहिले मुटुसम्बन्धी सम्पूर्ण उपचार स्वदेशमै सम्भव छ । मान्छेको मुटु नै फेर्ने प्रविधि नेपालमा छैन । अन्य सबै मुटुसम्बन्धी उपचारहरु नेपालमै हुँदै आइरहेका छन् । किनभने एउटा कृत्रिम मुटुको कम्तीमा पनि ३० देखि ४० लाख पर्छ । अहिलेसम्म नेपालमा मुटुको प्रत्यारोपणबारे कानुनी प्रावधानहरु पनि स्पष्ट रुपमा आइसकेका छैनन् ।

मुटुको उपचारमा चुनौतिहरू के–के छन् ?
– विकसित देशहरू भन्दा मुटुको उपचारमा नेपाल निक्कै पछाडी रहेको छ । मुटुको उपचार खर्चिलो पनि रहेको छ । तर, राज्यले स्वास्थ्यको क्षेत्रमा राम्रो नीति बनाउन सकेको छैन । हस्पिटल आउनेहरू विपन्न सामुदायका विरामीहरू धेरै आउने गर्दछन् । उनीहरूको उचपचारमा राज्यले ध्यान दिएको छैन । स्वास्थ्य सचेतनाको लागि राज्यले ध्यान दिएको छैन । मुटु स्वास्थ्य राख्न सचेतना जोगाउन जरुरी रहेको छ ।

मुटुमा समस्या देखिने कारणहरु के–के हुन् ?
– मुटुमा समस्या देखिने धेरै कारण छन् । एउटा वंशाणुगत कारण मुख्य हो । वंशाणुगत भन्नाले कुनै पनि परिवारमा मुटु रोग लागेको थियो, त्यो परिवारबाट जन्मिने बच्चाहरुमा मुटुमा प्वाल पर्ने, मुटुको नशाहरु उल्टो बस्ने, कडा भन्दा कडा खालका मुटुरोग लाग्न सक्ने सम्भावना हुन्छ ।
गर्भवती महिलालाई कुनै ठूलो रोग लाग्यो, कडा औषधि सेवन गर्नुप¥यो, गर्भावस्थामा सन्तुलित भोजनको कमी, धुम्रपान, मध्यपान गर्ने आमाहरुबाट जन्मने बच्चाहरुमा जन्मजात मुटुको समस्या देखिनसक्छ । ३५ वर्ष उमेरभन्दा माथिका महिलाहरुले बच्चा जन्माएको खण्डमा डाउन सिन्ड्रोम भएको बच्चा जन्मन सक्ने सम्भावना रहन्छ । मुटु हाम्रो शरीरमा एउटा मात्रै भएको अंग हो जसमा हाम्रो जीवन निर्भर छ । मुटु स्वस्थ नभएसम्म जिन्दगी स्वस्थ र खुशी हुन सक्दैन । त्यसैले त्यो कुरा पाउनको लागि नियमित व्यायम गर्ने, मोटोपन घटाउने, ३५ वर्षभन्दा माथिको मान्छेले नियमित मुटुरोग विशेषज्ञसँग सल्लाह लिनुभयो भने तपाईको मुटु स्वस्थ रहन्छ ।

मुटु रोगको उपचारमा के—के चुनौतीहरु देख्नुहुन्छ ? तपाईं आफैले जिम्मेवारी सम्हाल्नुभएको क्षेत्रमा कस्ता समस्या भोग्नुभएको छ ?

– मुटु उपचारको क्षेत्रमा चुनौतीहरु नभएका होइनन्, छन् । तर, सरकारले मुटु रोगको उपचारमा धेरै सुविधा पनि दिएको छ । मुटु रोगले गर्दा मुटुको भल्व बिग्रिएर उपचार गराउँदा त्यो निःशुल्क छ । सँगै त्यो समूहभित्र नपर्ने विपन्न नागरिकलाई सरकारले १ लाख रुपैयाँ अनुदान पनि प्रदान गरेको छ । जब म विदेशबाट टे«निङ गरेर नेपाल आएँ, त्यसबेलामा मुटुको लागि आवश्यक पर्ने ‘क्याथल्याब’ सन् २०११ मा सुरू गरेका हौं । त्यसबेला म विपी प्रतिष्ठानमा थिएँ । त्यसबेलाको चुनौती म बिर्सन सक्दिन । त्यसबेला हामीले विरामीको लागि एकदमै ठूलो चुनौती लिएर काम गरेका थियौं । चार वर्ष विपीमा काम गरेँ । त्यसपछि म विराटनगरस्थित न्यूरो हस्पिटलमा आए । यहाँ आएपछि क्याथल्याब न्यूरोमा संचालन गरँे । अहिले पनि काम गर्ने क्रममा चुनौतीहरु छन् ।

डा. निकेशराज श्रेष्ठ
कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट
न्यूरो हस्पिटल, विराटनगर

मुटु स्वास्थ्यबारे सर्वसाधारणको चेतना कस्तो पाउनुहुन्छ ?

– मुटु रोगको सवालमा नागरिकको पनि चेतना बढेको देखिन्छ । अहिले हामीले न्यूरो हस्पिटलबाट चेतनामुलक कार्यक्रम पनि संचालन गर्दै आएका छौं । मुटु सम्बन्धी सचेतनामुलक अभियान सुरु गरेको २२ वर्ष पूरा भइसक्यो । यस वर्षपनि न्यूरोले विश्व मुटु दिवसमा सचेतना कार्यक्रम गर्नेछ । धेरै नागरिकलाई मुटु कता हुन्छ भन्ने नै थाहा हुँदैन । पेटमा देखाएर मुटु दुख्यो भन्नुहुन्छ । मुटु त छातीको देब्रेतिर हुन्छ । नागरिकलाई यो कुरा जानकारी गराउनुपर्छ । अहिले रेडियो, टेलिभिजनलगायतका सञ्चारमाध्यम धेरै हुँदा पनि मुटु रोग सम्बन्धी चेतना त फैलिएको छ । तर, राज्यको स्तरबाट गर्नुपर्ने धेरै कामहरु बाँकी छन् । जनचेतना फैलाउने, शिविर सञ्चालन गर्ने कुरा हामी जस्ता व्यक्ति र संघ, संस्थाले पनि गर्न सकौँला । तर, एउटा मुटु सेन्टर नै सञ्चालन गर्ने र त्यसलाई पूरा प्रविधियुक्त बनाएर सबै नागरिकको पहुँचमा पु¥याउने काम त राज्यले गर्नुप¥यो । यो कुरा अझै पनि टड्कारो रुपमा खड्केको विषय हो ।

विश्व मुटु दिवसमा आम नागरिकका लागि तपाइँको सुझाव के हुन्छ ?

– समग्रमा हाम्रो समाजको संरचना कस्तो भयो भने हामी शारीरिक व्यायामप्रति एकदम कन्जुस छौँ । व्यायम भनेको बिहान मात्रै गर्नुपर्छ भन्ने छैन । जतिबेला तपाईसँग समय खाली छ त्यो समयमा गर्न सकिन्छ । जिम गर्ने, व्यायम गर्ने, खेल्ने जस्ता सबैलाई फरक—फरक समयमा गर्न सकिन्छ । दैनिक गर्न सक्नुहुन्न भने पनि एक दिनको फरकमा कमसेकम आधा घण्टा अनिवार्य गर्नुपर्छ । यसो गर्नुभयो भने धेरै हदसम्म मुटुरोगबाट बच्न सकिन्छ । अर्काे ३५ वर्षभन्दा माथि उमेरका नागरिकले वर्षमा एकपटक मुटुरोग विशेषज्ञलाई देखाउनुप¥यो । इसिजी मात्रै गर्नुभयो भने, कोलेष्ट्रोल र सुगरको मात्रा ब्लडमा हेर्नुभयो भने पनि ठूलो रोग लाग्ने बारेमा समयमा थाहा हुन्छ । त्यसैले नियमित व्यायम र चेकजाँच र खानपिनमा परिवर्तन आवश्यक छ । त्यो भनेको मासुजन्य, तारेको, भुटेको ,कार्बाेहाईड्रेड धेरै भएको खानेकुराहरु कम खाने , व्यायाममा जोड दिने । यस्ता कुरालाई ध्यान दिनुभयो भने मुटुमा लाग्ने धेरै रोगबाट बच्न सकिन्छ ।

सम्बन्धित समाचार

एमाले अध्यक्ष ओलीको तस्बिर सगरमाथामा फहराइने

पाँचथर, २१ चैत । राष्ट्रिय युवा संघ नेपाल इलामकी सचिवालय सदस्य युवन्तिका तामाङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्विर विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने हुनुभएको छ । इलामको सूर्योदय नगरपालिका वडा नं. १० निवासी...

खुकुलो पार्दै मोरङमा एक साता निषेधाज्ञा लम्बियो

विराटनगर, १० भदौ–जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरलगायत मोरङ जिल्लाभरी केही खुकुलो प्राबधानसहित निषेधाज्ञा एक साता थप गरेको छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाएर...

चाडपर्व लक्षित प्रहरीको सुरक्षा, सीमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी चेकिङ कडा

बिराटनगर । बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०“ अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी...

प्रसूति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि रंगेली तनावग्रस्त

विराटनगर, फागुन ६–प्रसूति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि मोरङको रंगेली तनावग्रस्त बनेको छ । रंगेली अस्पतालमा प्रसूतिका क्रममा रंगेली ९ की २५ वर्षीया रविना सरदार र शिशुको मृत्यु भएपछि आफन्तले रंगेली बजारमा प्रदर्शन...

मलेसियन प्रहरीद्वारा आप्रवासी पक्राउको बचाउ

एजेन्सी, बैशाख २१-मलेसियन प्रहरीले आप्रवासी पक्राउको बचाउ गरेको छ । शुक्रबार मलेसिया प्रहरीले अवैध आप्रवासी कामदारलाई पक्राउ गरेको थियो । मलेसिया प्रहरीले आफ्नो बचाउ गर्दै कोरोना भाइरस नफैलियोस भने पक्राउ गरिएको दाबी गरेको छ ।...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले २५० जनालाई ख्वायो खाना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले २५० जना भन्दा बढीलाई खाना खुवाएको छ । विराटनगरस्थित कोशी अस्पतालमा पुगेर सो क्लबले खाना खुवाएको हो । उपचारका लागि अस्पताल आएका विरामी, कुरुवा र सेवाग्राहीहरुलाई खाना खुवाइएको...

१५३ सांसदको समर्थनसहित वैकल्पिक सरकारमा ओलीको दाबी प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको...

प्रधानमन्त्री महिला कप क्रिकेट प्रतियोगितामा मोरङबाट खेलाडी छनौट

विराटनगर । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि मोरङबाट खेलाडी छनौट भएका छन् ।मोरङ जिल्ला क्रिकेट संघले पुस २९ गतेदेखि हुने क्रिकेट प्रतियोगिताको लागि आइतबार १८ जना खेलाडी छनौट गरेका हो ।यसरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्