कांग्रेस केन्द्रीय समितिको बैठक आज, यी विषयमा हुनेछ छलफल

 न्यूज विराट
कांग्रेस केन्द्रीय समितिको बैठक आज, यी विषयमा हुनेछ छलफल

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सेनपामा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

यसअघि २०७७ चैत ३० गते बैठक बोलाइएको थियो । तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएपछि रोकिएको बैठक आज बस्न लागेको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित सदस्यलाई उपस्थित हुन भनिएको छ ।

आजको बैठकमा १४औँ महाधिवेशनको तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरण एवं समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।

कांग्रेसले यसअघि कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत दिएको थियो । त्यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई हटाउन पनि कांग्रेसले अग्रसरता लिएको छ । उता लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तन गर्न तयारी भइरहँदा बस्न लागेको कांग्रेसको बैठकलाई महत्त्वका साथ हेरिएको छ । प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा राखेको सर्वदलीय बैठकको भोलिपल्ट कांग्रेसको केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

सम्बन्धित समाचार

कोशी क्रिकेट महोत्सव २०२५ विराटनगरमा सम्पन्न

विराटनगर । कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा एमसिसि फाउण्डेशन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न भएको छ । विराटनगर...

मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार दुईमध्ये एक जना थुनुवा पक्राउ

विराटनगर, १२ फागुन । मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार भएका दुई जनामध्ये एक जना थुनुवा पक्राउ परेका छन् । मोरङ अदालतमा पाँच दिनको म्याद थप भएपछि खाजा खाने बहाना बनाएर प्रहरीलाई झुक्याएर अदालत परिसरदेखि फरार...

आइसोलेसनबाट फरार महिला प्रहरीको नियन्त्रणमा

जनकपुरधाम, २५ चैत-प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । भारत बिहारको झंझारबाट आएकी सिरहाको नरहा गाउँपालिका ३ निवासी ५५ वर्षीया शैला खातुनलाई कोरोना भाइरसको लक्षण देखिएपछि प्रादेशिक अस्पताल...

अब फेरी त्यो असार १५ कहिले आउँछ होला ?

आमा– ए नानी हो आज स्कुलवाट न अल्मलिकन सरासर घर आउनु ।  हामि– किन ? आमा– असार १५ आयो, थापा दाईलाई ढिकि कुट्ने वन्दोवस्त गरेकी छु । चिउरा  भिजाउनु पर्छ, खोलेको भाँडो माझेर पानि तताउनु...

आज यी चार प्रदेशमा धेरै भारी वर्षा हुन सक्ने, सतर्क रहन महाशाखाको अनुरोध

आग बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित धेरै भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । आज राति पनि...

अर्थमन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीलाई कांग्रेस नेताहरूकाे चर्काे दबाब

सत्ताघटक नेपाली कांग्रेसका नेताहरूले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइराला, गुरुराज घिमिरे, गोविन्द पोखरेल लगायतले अर्थमन्त्रीबाट शर्मालाई हटाउन  प्रधानमन्त्री देउवालाई चर्काे...

विदेशबाट फर्केकाको परिवार पनि क्वारेन्टाइनमा

कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ । सो गाउँपालिकामा १ चैत यता ९ जना विदेशबाट फर्केकाहरु सम्पर्कमा आएका थिए । सङ्क्रमणको जोखिम...

इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि विराटनगरलाई

विराटनगर । इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (विसिसिए) ले जितेको छ ।३ खेलको टि–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई सोमबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्