टिभिएसको एक्सेन्ज मेलामा विराटनगरका मुरारिले जिते दशलाख

 न्यूज विराट
टिभिएसको एक्सेन्ज मेलामा विराटनगरका मुरारिले जिते दशलाख

विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दशलाख नगद जितेका छन् l

टिभिएसको २ लाख ५६ हजार ९ सयको राइडर बाइक खरिद गर्दा पाण्डेले दशलाख नगद जितेका हुन । एक कार्यक्रमको आयोजना गरि पाण्डेलाइ नगद वितरण गरिने आयोजकले बताएको छ ।

टिभिएसको आधिकारीक विक्रेता केसरीचन्द भवरलाल पिपलचोक सोरुमको आयोजनामा सुरु भएको मेलामा विभिन्न योजनाहरू लागु गरिएको छ जस्मा १० लाख नगद सम्म जित्न सकिने छ । असोज ४ गतेबाट सुरु भएको मेलामा अहिलेसम्म ३ हजार भन्दा बढी ग्राहकले अवलोकन गरिसकेका छन् ।

मेलामा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर समेत साट्न सकिने छ । जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको भ्यालु एडिसन ७ हजार थप गरिने म्यानेजर सन्तोष साहले जानकारी दिए ।

यस्तै नयाँ बाइक तथा स्कुटर खरिद गर्दा न्युनतम २० प्रतिशत डाउनपेमेन्ट गर्न सकिने र न्युनतम मासिक ४ हजार २७७ बुझाउन सकिने छ । साथै नयाँ बाइक तथा स्कुटरको खरिदमा हेलमेट, रेनकोट र बाइक कभर फ्रिमा उपलब्ध गराउने भएको छ । ग्राण्ड एक्स्न्जमा गोलाप्रथामा हरेक दिन एक जनाले एउटा मोवाईल उपहार पाउने साहले जानकारी दिए ।

असोज ४ गते मंगलबाराबाट सुरु भएको मेला असोज १० सम्म संचालन गरिने भनिए पनी ग्राहकहरुको भिडका कारण मेला थपहुन सक्ने साहले जानकारी दिए ।

सम्बन्धित समाचार

पूर्वमन्त्री आलमको घरमा मध्यराती प्रहरीको छापा

जनकपुर, ८ जेठ-पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले खानतलासी गरेको छ । राजपुर बमकाण्डका अभियुक्त रहेका आलम अहिले काठमाडौंस्थित नख्खु कारागारमा रहेका छन् । सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राती...

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

विराटनगर, १ असोर । भोजपुर आमचौक गाऊपालिका १ खाम्ताङ की १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको छ । हिजो दिउसो १२ बजे आमचौक १ र २ को सिमानमा रहेको छेका खोलामा...

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्‍याइएपछि उनलाई पूजा नाम गरेकी महिला र  उनका श्रीमान्ले...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मनायो ‘क्रिसमस डे’

विराटनगर, ११ पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग ‘क्रिसमस डे’ मनाएको छ । विराटनगरस्थित सीपी सेन्टरमा अपाङ्गता भएका बालबालिकाहरुसँग क्लबले ‘क्रिसमस डे’ मनाएको हो । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्रत्येक वर्ष यसरीनै...

रामको जन्मभूमि विवाद : सीता गुफा नजिकको सीमा स्तम्भ उखेलेर फालियो

जनकपुरधाम, ४ साउन-पर्साको ठोरीस्थित सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको छ । प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको सो सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी...

विराटनगरमा कपडाको गोदाममा छापा, तस्करीको दुई गाडी कपडा बरामद

विराटनगर । विराटनगर – ७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको छ । कपडाको व्यापारी साहको गोदाममा शुक्रवार दिउँसो विराटनगर भन्सार कार्यालय र प्रहरीले छापा हानेर ठुलो परिमाणको...

भाइटीकाको उत्तम साइत ११:३७ बजे

काठमाडौं, २३ कात्तिक-नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको...

लकडाउनविरुद्ध बन्दुकसहित प्रदर्शन, समर्थनमा ट्रम्पको ट्विट

एजेन्सी, बैशाख ६-अमेरिकाका विभिन्न राज्यहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले लकडाउनको विरोधमा बन्दुकसहित प्रदर्शन गरेका छन् । विशेषगरी डेमोक्रेट पार्टीको शासन रहेका राज्यहरुमा ट्रम्प पक्षधरले प्रदर्शन गरेका छन् । यो प्रदर्शनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै समर्थन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्