विराटनगर । विराटनगर महानगरपालिका ७ मा रहेको मेरिल्याण्ड कलेजले २२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
कलेज परिसरमा आज विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमको आयोजना गरी कलेजले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
प्रमुख अतिथि कोइरालाले मेरिल्याण्ड कलेज विराटनगरको ऐतिहासिक कलेज बताए । व्यवस्थापन संकायमा कोशी प्रदेशकै उत्कृष्ट रहेको कलेजमा पछिल्लो समय विद्यार्थीहरूको आकर्षक उत्तिकै बढेको कोइरालाको भनाइ छ ।
वार्षिकोत्सवको अवसर कलेजले विभिन्न सालमा कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी र बिबिएस तहमा बोर्ड प्रथम तथा द्वितीय हुने छात्रछात्रालाई पुरस्कृतसमेत गरेको थियो ।
यसैगरी, कलेजको आन्तरिक परीक्षामा अब्बल अंक ल्याउने तथा आन्तरिक खेलकुद कार्यक्रमका विजेता विद्यार्थीहरू सम्मानित भएका थिए । कलेजमा १५ वर्षभन्दा बढी कार्य गर्ने शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेमा दिपेशकुमार भगत, मदन खतिवडा, महेन्द्रनारायण कर्ण, नवजीत प्रधान, शशीभूषण कर्ण, श्यामकुमार झा, विजयकुमार दाहाल, लेखनाथ निरौला, मुक्तिनारायण गच्छदार, विनोद भट्टराई र देवकी मरिक रहेका छन् । उनीहरूलाई दोसल्ला ओढाएर प्रमुख अतिथि तथा विराटनगरका मेयर नागेश कोइराला, कलेजका प्रिन्सिपल लक्ष्मण ढकाललगायतले सम्मानपत्रका साथ सम्मान गरेका थिए ।
कलेजका प्रिन्सिपल ढकालले पठनपाठनसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल साबित भएको कलेज देशभरिकै उत्कृष्ट सातमा पर्न सफल भएको स्मरण गराए । २०५९ सालमा स्थापना भएको कलेजले आगामी शैक्षिकसत्रदेखि विज्ञान संकायमा पनि पठनपाठन थाल्ने उनले जानकारी दिए ।
कलेजका अध्यक्ष गुणराज ढुंगेल, उपाध्यक्ष पिके झा, हिसानका केन्द्रीय उपाध्यक्ष तथा कलेजका निर्देशक भेषराज पोखरेललगायतले मन्तव्य राखेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले नृत्य नाटक गरेर उपस्थित अतिथि, अभिभावकलाई मनोरञ्जन दिएका थिए ।
म्याग्दी, २८ जेठ-म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ रायखोरमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । ५० वर्षीया हमाया शेरपुञ्जा र ४ वर्षीया सिम्रन छन्त्यालको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी...
विराटनगर भृकुटी चोकमा सञ्चालित रुबी इन्टरप्राइजेजले बिजुलीको आपूर्तीबाट सञ्चालन हुने समानहरू तथा घरायसी प्रयोगका विभिन्न सामानमा शंकास्पद कारोबार गरिरहेको स्थानीयले आरोप लगाएका छन् । सामानको रकम दिएको १८ दिनमा ५० प्रतिशत छुटमा विभिन्न सामान उपलब्ध...
विराटनगर, १८ भदौ–सुनसरीमा बिहीबार११ सैनिकसहित थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका १९ जना, बर्जु गाउँपालिकामा २ जना, इटहरी उपमहानगरपालिकामा २ जना र भोक्राहा गाउँपालिकामा १ जनामा कोरोना देखिएको जिल्ला...
विराटनगर, । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्टाफ नर्स र प्रसुती वार्डका विरामीलाई सहयोग गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले सो अस्पतालमा कार्यरत स्टाप नर्सलाई ३२ थान महिनावारीको समयमा लगाउने कप र सुत्केरी...
विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...
विराटनगर, भदौ १२-वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका-३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका-५ निवासी ५६ वर्षीया महिला हुन् ।...
विराटनगर, साउन १५–विराटनगररनेपाल पत्रकार महासंघ मोरङ शाखाले यस वर्षको ‘खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार कमल पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । मकालु टेलिभिजनका समाचार सम्पादक पौडेललाई १५ हजार राशिको उक्त पुरस्कार दिने निर्णय बिहीबार...
विराटनगर । नेपाल पूर्व प्रहरी संगठन परिवार विराटनगरको अध्यक्षमा पूर्व डिएपी कविन्द्र कुमार कार्की चयन भएका छन् । विराटनगरमा शनिबार भएको प्रथम नगर साधरणसभाबाट कार्की सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा पूर्व प्रहरी निरीक्षक मोहन...