विराटनगर, १७ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले साक्षरता अभियान सुरु गरेको छ । महिला एवम् युवतीहरुका लागि क्लबले साक्षरता अभियान सञ्चालन गरेको हो ।
क्लबले सेप्टेम्बर महिनाभरी आधारभूत शिक्षा र साक्षरता महिनाका रुपमा अभियान सञ्चालन गर्ने योजना बनाएको छ । सोही अभियान अन्तर्गत शुक्रबार क्लबले विराटनगरस्थित खार्जी कोहवारा गाउँका महिला र युवयीहरुका लागि साक्षरता कक्षा सञ्चालन गरेको छ ।
कार्यक्रममा ५० जना निरक्षर महिला र युवतीहरुको सहभागिता रहेको क्लबकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् । महिला र युवतीहरुलाई सक्षार बनाउका लागि कक्षा सञ्चालन गरिएको क्लबकी सचिव नमिता टिवडेवालले बताइन् । सो अबसरमा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।